Latest News

२०७६ पौष १ गते ४:०९

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.०९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले ११.५१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ११.५१ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । ...

२०७६ मार्ग २६ गते २:५०

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । साथै, हाइड्रोले कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हाइड्रोको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई हाइड्रोको आगामी साधारणसभाले पारित गर्ने छ । हाइड्रोको आगामी साधारणसभा पुस २७ गते बस्दै छ । सभामा जाने प्रयोजनको लागि हाइड्रोले आगामी पुस ७ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ । साथै, पुस ६ गतेसम्म नेप्सेमा कारोबार गरी शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी गरेका शेयरधनीहरुले हाइड्रोको उक्त प्रस्तावित लाभांश पाउने छन् । ...

२०७६ मार्ग २६ गते १२:४८

काठमाडौं । मञ्जुश्री फाइनान्सले शेयरधनीलाई ११.५५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ९.८० प्रतिशत नगद लाभांश र १.७५ प्रतिशत बोनस शेयर गरी कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको संचालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । १.७५ प्रतिशत बोनस शेयर पछि फाइनान्सको चुक्ता पुँजीले ८१ करोड ८१ लाख रुपैयाँ नाघ्ने छ । ...

२०७६ मार्ग २५ गते ५:१०

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाको संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ७७ करोड ३४ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांशदर संस्थाले अघिल्लो वर्ष वितरण गरेको भन्दा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिएको थियो । ...

२०७६ मार्ग २५ गते १:२५

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई १५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ । उक्त लाभांश दर अघिल्लो वर्षको भन्दा बढी हो । संस्थाले अघिल्लो वर्ष १७.०७ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो । ...

२०७६ मार्ग २५ गते १२:५८

काठमाडौं । बुधबार सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । होटलको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १८७.८३ रुपैयाँ रहेको छ । हाल होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ । ताहाचलमा रहेको यस होटलको हालसम्म ८ करोड ४२ लाख कित्ता शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । ...

२०७६ मार्ग २५ गते १२:४०

काठमाडौं । एनएमबि बैंकको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको वार्षिक साधारणसभा आगामी पुस २४ गते बिहीबार बिहान १० बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बस्दै छ । सभाले २१ प्रतिशत बोनस र कर प्रयोजन सहित १४ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने छ । सभाले पारित गरेसँगै बैंकका शेयरधनीले हालको चुक्ता पुँजीको सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । ...

२०७६ मार्ग २० गते ४:३३

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २६ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव पारित गरेको हो । २०७६ आषाढ मसान्तमा कम्पनीको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको थियो । १५ प्रतिशत अर्थात ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी पश्चात संस्थाको चुक्ता पुँजी २७ करोड ८३ लाख रुपैयाँ नाघेको छ । सभाले पारित गरेसँगै संस्थाले कर समेत ११.३२ प्रतिशत अर्थात २ करोड ७३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । साधारण सभाले अन्य इजाजत पत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तिया...

२०७६ मार्ग १९ गते १२:४१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई संस्थाको शेयर मूल्य समायोजन भएको छ । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । रिडी हाइड्रोको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ६८.५७ रुपैयाँ रहेको छ । त्यस्तै, गणपति माइक्रोफाइनान्सको ७ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४६२.६२ रुपैयाँ रहेको छ । ...