Latest News

२०७७ श्रावण १ गते ३:२०

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७७/७८ वर्ष शुरु भएसँगै सेयर बजारमा हरियाली छाएको छ । नयाँ आव शुरु भएको पहिलो दिन नै बजार ३२.४२ अंकले बढेर १४ सय(अर्थात १३९४.७७) अंक नजिक पुगेको छ । कारोबार खुलेको करिब एक घण्टाको अवधिपछि निरन्तर रुपमा बढेको नेप्से परिसूचक हिजोको तुलनामा २.३८ प्रतिशतले बढेको हो । त्यस्तै, क वर्षको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.८१ अंकले बढेर २ सय ९५ अंक नागेको छ । बिहीबारको बजारमा कूल एक सय ८० कम्पनीको एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी अर्थात ९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह एक सय ३१ अंकले उकालो लागेको छ । त्यस्तै, निजीवन बीमा समूह ७९ अंकले बढेको छ । बिहीबार तीन कम्पनीका लगानी...

२०७७ आषाढ़ ३१ गते ३:२२

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबारको तुलनामा बुधबारको नेप्से परिसूचक १४.९० अंकले बढेर एक हजार ३ सय ६३ अंकमा पुगेको छ । जुन १.११ प्रतिशतले बढी हो । दिनभर केहि उतारचढाव देखिएको बजारमा ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.०६ अंकले बढेर २ सय ८८ अंकमा पुगेको छ । बजारमा एक सय ८९ कम्पनीको कूल एक अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा कूल ३२ लाख १२ हजार ९ सय २४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १० करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ५३ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख र एनएमबी बैंकको ८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यी दुईको ...

२०७७ आषाढ़ ३१ गते ११:१०

काठमाडौं । बुधबार सेयर बजार खुलेको तीन मिनेट नबित्दै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । कम्पनीको सेयरमा खरिद चाप बढे पनि बिक्री गर्ने एकजना पनि नभएपछि सेयर मूल्य ह्वात्तै बढेकाे हो । ११ बजेर ३ मिनेट जाँदा संस्थाको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ३२ रुपैयाँ पुगेकाे छ । जुन अघिल्लो दिनको तुलनामा ४८ रुपैयाँले बढी हाे । सो दिन बजार खुल्दा संस्थाको सेयर मूल्य प्रतिकित्ता ४ सय ८४ रुपैयाँ रहेको थियो । यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा संस्थाको एक लाख ७६ हजार ४ सय ८२  कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने कम्पनीको सेयर बिक्री गर्न चाहने कोहि पनि छैनन् । जसले गर्दा संस्थाको सेयर खरिदमा चाप देखिएको हो । दाेश्राे बजारमा काराेबार शुरू भएपछि संस्थाकाे सेयरमा निरन्तर सकारात्मक सर्किट...

२०७७ आषाढ़ ३१ गते ९:०७

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको २७.११८६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्रै संस्थाको सो मात्रा अर्थात ३२ लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । केन्द्रिय कार्यालय काठमाडौंमा रहेको यस संस्थाको हालसम्म एक करोड ५० लाख एक सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार एक सय १६ रुपैयाँ र बजार पुँजीकरण १६ अर्ब ७४ करोड एक लाख ७८ हजार ५ सय ६० रुपैयाँ रहेको छ । ...

२०७७ आषाढ़ २९ गते १:०८

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयरमा तीन दिनदेखि लगातार पोजेटिभ सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको दिनदेखि सेयर मूल्यमा लगातार उछाल आएपछि तेस्रो दिन पनि पोजेटिभ सर्किट लागेको हो । सोमबार सेयर बजारमा कारोबार सुरु भएको १० मिनेट नबित्दै एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको हो । कम्पनीको सेयरमा खरिद चाप बढे पनि बिक्री गर्ने एकजना पनि नभएपछि पोजिटिभ सर्किट लागेको हो । साेमबार कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत अर्थात ४० रुपैयाँले बढेर प्रतिकित्ता ४ सय ४० रुपैयाँ पुगेको छ । आइतबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ रहेको थियो । यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा संस्थाको ३ लाख ५३ हजार ५ सय २१ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने कम...

२०७७ आषाढ़ २८ गते ३:४४

काठमाडौं । आइतबारको बजारमा नेप्से परिसूचक ९.०२ अंकले उकालो लागेर एक हजार ३ सय ४० अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.६८ प्रतिशत बढी हो । दिनभर उतारचढाव देखिएको बजारमा एक अर्ब ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन कूल १ सय ७९ कम्पनीको २६ लाख ७८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी अर्थात १६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार २ सय ७६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ९ रुपैयाँ रहेको छ । आइतबार ७ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९९ प्रतिशत कमाएका ...

२०७७ आषाढ़ २८ गते १२:४७

काठमाडौं । आइतबार दुई फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मञ्जुश्री फाइनान्स र यूनाईटेड फाइनान्सको गरी कूल ४ लाख ४३ हजार ८ सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये यूनाईटेड फाइनान्सको बढी रहेको छ । फाइनान्सको ३ लाख ३ हजार एक सय ५५ कित्ता अर्थात ३ प्रतिशत बोनस नेप्सेमा थपिएको हो । त्यस्तै, मञ्जुश्री फाइनान्सको १.७५ प्रतिशत अर्थात एक लाख ४० हजार ७ सय १० कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । ...

२०७७ आषाढ़ २८ गते १२:०१

काठमाडौं । आइतबार कारोबार शुरु भएको आधा घण्टा नबित्दै तीन वटा लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सो दिन स्वरोजगार लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको हो । जसमध्ये स्वरोजगार लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ९ सय ३७ रुपैयाँ पुगेको छ । करिब ३० मिनेटमै संस्थाको सेयर मूल्य प्रतिकित्ता ८५ रुपैयाँले बढेको छ । पछिल्लो कारोबार अर्थात गत बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ८ सय ५२ रुपैयाँ थियो । त्यस्तै, दाेश्राे बजारमा काराेबार शुरू भएकाे पहिलाे दिन जस्तै दाेश्राे दिन पनि एनआईसी एशिया लघुवित्तकाे सेयर मूल्यमा सर्किट लागेकाे छ । आइतबार प्रतिकित्ता ३ सय ६४ रुपैयाँदेखि कारोबार शुरु भएको संस्थाको सेयर मूल्य सो अ...

२०७७ आषाढ़ २८ गते ११:३३

काठमाडौं । आइतबार पनि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार शुरु भएको करिब आधा घण्टा नबित्दै कम्पनीको सेयर मूल्य ९.८९ प्रतिशतले बढेर सर्किट लागेको हो । दोश्रो बजारमा कारोबार भएको पहिलो दिन पनि २० मिनेट निबित्दै सेयर मूल्यमा सर्किट ब्रेक लागेको थियो । दोश्रो दिनमा पनि सोहि अवधिमा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । आइतबार प्रतिकित्ता ३ सय ६४ रुपैयाँदेखि कारोबार शुरु भएको संस्थाको सेयर मूल्य सो अवधिसम्म ३६ रुपैयाँले बढेर प्रतिकित्ता ४ सय रुपैयाँ पुगेको छ । बिहीबारजस्तै आइतबार पनि संस्थाको सेयर किन्नेको चाप बढेको छ । सो अवधिसम्म ३ लाख ३८ हजार १ सय ८२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक देखिन्छन् । तर सेयर बेच्न इच्छुक कोहि पनि छैनन् । ...