Latest News

२०७७ आषाढ़ २५ गते ३:३९

काठमाडौं । बिहीबारको बजार सामान्य अंकले उकालो लागेको छ । दिनभर उतारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ४.५७ अंकले बढेर १३३१.१० अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.३४ प्रतिशत बढी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४७ अंकले बढेर २८०.४१ अंकमा पुगेको छ । बजारमा कूल एक सय ७८ कम्पनीको ९० करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा २२ लाख २६ हजार २ सय ३ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड १८ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ४ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सामान्य अंकले बढेको बजारमा तीन ...

२०७७ आषाढ़ २४ गते १:४७

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) असार २४ गते(आज) नेप्सेमा सूचीकृत भएको छ । गत शनिबार मात्र बाँडफाँड भएको संस्था सेयर चार दिनमै नेप्सेमा सूचीकृत भएको हो । संस्थाको एक करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै लगानीकर्ताले बिहीबार भोलि(असार २५ गते) देखि संस्थाको एनआईसीएलबीएसएल सिम्बोलबाट दोश्रो बजारमा सेयर कारोबार हुने छ । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले संस्थाको प्रतिकित्ता न्युनतम एक सय १० रुपैयाँ र अधिकतम ३ सय ३१ रुपैयाँ तोकेको छ । ...

२०७७ आषाढ़ २३ गते ३:२०

काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ । साताको शुरुदेखि उकालो लागेको नेप्से परिसूचक मंगलबार पनि ३७.९३ अंकले बढेर एक हजार ३ सय ३६ अंकमा पुगेको छ । जुन सोमबारको तुलनामा २.९२ प्रतिशतले बढी हो । बजारमा एक अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । करिब ४ घण्टा खुलेको बजारमा १ सय ७८ कम्पनीको कूल २८ लाख ८३ हजार ९ सय ४८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ९ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ६० लाख, हिमालयन डिष्टिलरीको ५ करोड ८६ लाख र एनएमबि बैंकको ५ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १९ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले बढेर सकारात्मक सर्किट लागेको छ । जसमध्ये ५ कम्पनीको सेयर ...

२०७७ आषाढ़ २३ गते २:४२

काठमाडौं । मंगलबार एभरेष्ट बैंक सहित दुई लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । एकैदिन एभरेष्ट बैंक, उन्नति लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको गरी कूल ४८ लाख ३४ हजार एक सय ७२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये एभरेष्ट बैंकको ४० लाख ३३ हजार ४ सय ३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, उन्नति लघुवित्तको ३ लाख ४० हजार ७ सय ४१ र स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता बोनस मंगलबार नेप्सेमा सूचीृकत भएको हो । ...

२०७७ आषाढ़ २२ गते ३:१२

काठमाडौं । सोमबारको नेप्से परिसूचक ३३.२७ अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६३ प्रतिशतले बढेर १२९८.७३ अंकमा पुगेको हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३० अंकले बढेर २ सय ७५ अंकमा पुगेको छ । बजारमा कुल एक सय ७६ कम्पनीको ९२ करोड ७८ लाख ४१ हजार ३ सय २९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएको म्युचअल फण्ड समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । बजारमा १२ समूह कारोबारमा आएका थिए । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह २ सय ७४ अंकले बढेको छ । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १४ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४ सय ४० रुपैयाँ रहेको छ । जुन आइतबारको तुलनामा ४० रुपैयाँले बढी हो । साेमबार दुई कम्प...

२०७७ आषाढ़ २२ गते ११:५०

काठमाडौं । नेप्सेले कोभिड-१९ महामारीलाई दृष्टिगत गरी नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) मार्फत अनलाइन कारोबार मात्र गर्न सकिने व्यवस्था गरेको छ । जसमा लगानीकर्ताहरुबाट विभिन्न गुनासा तथा जिज्ञासाहरु आइरहेका छन् । लगानीकर्ताबाट आएका उक्त गुनासा तथा जिज्ञासालाई मेटाउन नेप्सेले १० बुँदे स्पष्टीकरण जारी गरेकाे छ । १. लगानीकर्ताले कारोबारका लागि आदेश प्रविष्ट गर्दा कुनै समस्या भए सर्वप्रथम सम्बन्धित सदस्य दलाललाई सम्पर्क गर्नुपर्छ । सदस्य दलालले लगानीकर्तालाई उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई सञ्चालन तथा व्यवस्थापन गर्ने प्रथम जिम्मेवारी सम्बन्धित सदस्य दलालको भएको सम्बन्धित सबैलाई स्मरण गराउँदै सदस्य दलालहरुबाट समस्या समाधान हुन सक्ने नसक्ने यकिन गरेपछि मात्रै नेप्से सपोर्टमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ । २. सदस्...

२०७७ आषाढ़ १८ गते ३:०२

काठमाडौं । बिहीबार विभिन्न ४ कम्पनीको ४३ लाख ८१ हजार २ सय ७० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । सानिमा माई हाइड्रोपावर, सिन्धु विकास बैंक, आरएसडीसी लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्सको गरी सो मात्राको बोनस नेप्सेमा थपिएको हो । जसमध्ये सानिमा माई हाइड्रोको २३ लाख २१ हजार कित्ता र सिन्धु विकास बैंकको ५ लाख ७४ हजार २ सय ८७ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, आरएसडीसी लघुवित्तको ३ लाख ८० हजार एक सय ७ र सिर्जना फाइनान्सको ११ लाख ५ हजार ८ सय ७६ कित्ता बोनस थपिएको हो । ...

२०७७ आषाढ़ १५ गते १:११

काठमाडौं । आइतबार सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ५ सय ४७ रुपैयाँ तोकिएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार २२ रुपैयाँ रहेको थियो । ...

२०७७ आषाढ़ १४ गते ११:११

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । साथै, सञ्चालक समितिले कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेसँगै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ पुग्ने छ । ...