Latest News


२०७६ मार्ग २९ गते ३:२९

काठमाडौं । शेयर बजार पुनः करेक्सनतर्फ लागेको छ । गत साता निरन्तर उकालो लागेर ११७२ अंकमा पुगेको परिसूचक आइतबार सामान्य अंकले ओरालो लागेको छ । साताको पहिलो दिन उतारचढाव देखिएको बजार अन्तमा ४.७८ अंकले घटेर ११६७.८६ अंकमा अडिएको छ । जुन पछिल्लो दिनको तुलनामा ०.४१ प्रतिशत कम हो । परिसूचकमा जस्तै कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार कूल १७२ कम्पनीको ६८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन कूल ७६ करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनेबेच भएको थियो । आइतबार एनएमबि बैंकको सबैभन्दा बढी अर्थात ६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको ४ करोड ५४ लाखको साधारण शेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको ३ करोड ८५ लाख रुपैयाँको संस्थापक शेयर कारोबार भएको छ ...

२०७६ मार्ग २९ गते ११:५१

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । सो प्रयोजनको लागि संस्थाले पुस ७ गतेदेखि पुस २६ गतेसम्म शेयर कारोबार बन्द(बुक क्लोज) गर्ने भएको हो । संस्थाको वार्षिक साधारणसभा पुस २६ गते धनगढी कैलालीमा बस्दैछ । शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले सो सभा निम्न मिति र स्थानमा सम्पन्न गर्ने निर्णय गरेको हो । ...

२०७६ वैशाख १६ गते १:५६

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कूल १२ लाख ५७ हजार ७७७ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । ...