Latest News


२०७६ मार्ग २३ गते १:५०

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संसोधन गरेको छ । मंसिर २२ गते बसेको संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांश संसोधन गरेको हो । संसोधन भएसँगै संस्थाले शेयरधनीलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यसअघि संस्थाले शेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद दिने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपने छ । हाल संस्थाको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी २१ करोड ४२ लाख रुपैयाँ पुग्ने छ । ...

२०७६ मार्ग २२ गते ३:३२

काठमाडौं । ओरियन्टल होटल लिमिटेडको ५ लाख ३७ हजार १८५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । संस्थाको आइतबार मात्र सो मात्राको शेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो । काठमाडौंमा रहेको यस होटलको एक अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । हालसम्म एक कम्पनीको करोड १२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भइसकेको छ । ...

२०७६ वैशाख ४ गते ४:००

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.५ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचिकृत भएको छ । उक्त ऋणपत्र सूचिकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ को २१ लाख ६२ हजार ५५९ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्ने भएका छन् । त्यस्तै, नेप्सेमा सानिमा बैंकले जारी गरेको ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ सूचिकृत भएको छ । यससँगै कम्पनीका बोण्डधनीहरुले ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ को १३ लाख ५४ हजार ७१२ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्नेछन् ।   साथै, यी दुई कम्पनीहरुको गरी कुल ३५ लाख १७ हजार २७१ कित्ता ऋणपत्र सोमबार नेप्सेमा थपिएको हो । ...