Latest News


२०७६ माघ ९ गते ३:३६

काठमाडौं । बिहीबार सेयर बजार कारोबार मापक नेप्से परिसचूक १३०० अंकभन्दा तल झरेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक १५.९५ अंकले ओरालो लागेर १२९७ अंकमा झरेको छ । जुन १.२१ प्रतिशत घटी हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार कूल एक अर्ब ३८ करोडको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब २० करोड रुपैयाँ कम हो । अघिल्लो दिन बुधबारको बजारमा एक अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार कूल १७२ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी अर्थात १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको १५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन जीवन बीमा र अन्य समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । जीवन बीमा र अन्य समूह क्रमशः ४०.८८ र १.७...

२०७६ माघ ९ गते १२:५५

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत दुई संस्थाको सेयर कारोबार रोक्का भएको छ । सिर्जना फाइनान्स र महुली लघुवित्त वित्तीय संस्थाको माघ ९ गते बिहीबारदेखि सेयर कारोबार बन्द भएको हो । सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएसँगै सिर्जना फाइनान्सको सेयर कारोबार रोकिएको हो । यी दुई संस्थाबीच माघ ८ गते बुधबार प्राप्ती(एक्विजिशन) गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । अब उक्त प्राप्ती सम्बन्धी प्रकृया नसकेसम्मको लागि सिर्जना फाइनान्सको सेयर कारोबार बन्द हुने नेप्सेले जनाएको छ । त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रयोजनको लागि महुली लघुवित्तको कारोबार रोक्का भएको हो । यी दुई संस्था एक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भइसकेको छ । त्यसैले उक्त मर्जर सम्बन...

२०७६ पौष ८ गते १२:५२

काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारणसभा(एजीएम) पुस २९ गते हुने भएको छ । संस्थाकाे एजीएम साे दिन मंगलबार सिन्धुपाल्चोककाे  बार्हबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभा हलमा बस्न लागेकाे हाे । सभामा जाने प्रयोजनका लागि संस्थाकाे पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुने भएकाे छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बुक क्लाेज र साधारणसभाकाे मिति ताेकेकाे हाे । सभाले शेयरधनीलाई ११.५१ प्रतिशत बोनश शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, कर प्रयोजनको लागि हालको चुक्ता पुँजीको ०.५७५६ प्रतिशत अर्थात २८ लाख ७८ हजार ६३४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने सामान्य प्रस्तावलाई स्वीकृत गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ...

२०७६ मार्ग २६ गते १:५६

काठमाडौं । बिहीबार नेपाल बङ्गलादेश बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता १९५.२४ रुपैयाँ रहेको छ । समायोजन पछि बिहीबार भएको कारोबारमा बैंकको शेयर मूल्य ओरालो लाग्ने क्रममा रहेको छ । करिब २ बजे बैंकको शेयर मूल्य २.२४ रुपैयाँले घटेर प्रतिकित्ता १९३ रुपैयाँमा कारोबार भइरहेको छ । ...

२०७६ मार्ग २५ गते १२:४०

काठमाडौं । एनएमबि बैंकको आगामी पुस ४ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको वार्षिक साधारणसभा आगामी पुस २४ गते बिहीबार बिहान १० बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बस्दै छ । सभाले २१ प्रतिशत बोनस र कर प्रयोजन सहित १४ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्ने छ । सभाले पारित गरेसँगै बैंकका शेयरधनीले हालको चुक्ता पुँजीको सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । ...

२०७६ मार्ग १७ गते १:५२

काठमाडौं । मंगलबार तीन कम्पनीको कूल एक करोड २१ लाख ७९ हजार ३२१ कित्ता शेयर सूचीकृत भएको छ । सो दिन नागरिक लगानी कोष र माछापुच्छ्रे बैंकको बोनस शेयर र मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । नागरिक लगानी कोषको २४ लाख २५ हजार १७४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यसैगरी, मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । ...

२०७६ मार्ग १५ गते १:४७

काठमाडौं । सिभिल बैंकको आगामी मंसिर २३ गतेदेखि बुक क्लोज हुँदै छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि साधारणसभा सम्पन्न नभएसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी वार्षिक साधारणसभा पुस ६ गते हुँदै छ । बैंकको उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको डिल्लीबजार स्थित अमृतभोगमा बस्न लागेको हो । ...

२०७६ ज्येष्ठ २६ गते ६:०८

काठमाडौं । कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंकले लगनखेल स्थित केन्द्रीय कार्यालय रहेको “ग” वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सो सहमतिपत्रमा प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ । साथै, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई छिटो सम्पन्न गर्ने प्राइमले जनाएको छ । ...

२०७६ ज्येष्ठ ९ गते ४:४२

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेठ १० गते (शुक्रबार)देखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । सो मध्ये ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी १२ लाख कित्ता(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले जेठ १० गतेदेखि छिटोमा जेठ १४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म खरिद गर्न सक्ने छन् । केयर रेटिङ नेपालले उक्त ऋणपत्रलाई न्युन कर्जा जोखिम जनाउने “इक्रा एनपी ए एलबीबी प्लस” रेटिङ्ग प्रदान गरेको छ ।बैंकले १० वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याज पाइने छ । साथै, यस ऋणपत्र नेप्सेमा सूचीकृत हुनुका साथै विभिन्न बैंक तथा वित्ती संस्थाहरुबाट धितो र...

२०७६ ज्येष्ठ ७ गते ७:१९

काठमाडौं । लक्ष्मी बैंकको संस्थापक(प्रमोटर) सेयर साधारणमा परिणत भएको छ । बैंकको कुल ९ लाख ५ हजार ५१२ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन भएको हो । २०७६ जेठ २ गतेको निर्णय अनुसार उक्त सेयर मंगलबार(जेठ ७ गते) सर्वसाधारण समूहमा परिणत भई मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सो मात्राको सेयर अब सर्वसाधारण समूह अन्तर्गत दोश्रो बजारमा कारोबार हुनेछ । बैंकको संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहने गरी सर्वसाधारण समूहमा सो मात्राको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकले सेयर स्वामित्व संरचना परिर्वतन गर्न स्वीकृति र कम्पनी रजिष्ट्रारको नियमावलीमा संशोधन भए अनुसार प्रमोटर र सर्वसाधारणको सेयर संरचना गरिएको बैंकले जनाएको छ । ...

२०७६ ज्येष्ठ १ गते १:४४

काठमाडौं । प्राइम कमर्शियल बैंकको आगामी जेठ ९ गतेदेखि १८ दिन बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी जेठ २६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंक आगामी जेठ २३ गते आफ्नो ११औँ वार्षिक साधारणसभा बस्दै छ । उक्त सभा सो दिन बिहान १० बजे कमलादीस्थित नेपाल एकेडेमीमा बस्ने भएको छ । ...