२६% लाभांश पारित गर्न सोल्टी होटलले पुस २४ गते एजीएम बोलायो, एक महिना बुक क्लोज

  २०७६ मंसिर ३ गते १३:५३     विकासन्युज

काठमाडौं । सोल्टी होटलले आगामी पुस २७ गते ४५औँ वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । होटलले २६ प्रतिशत लाभांश पारित गर्न सो दिन बिहान ११ बजे कमलादीको नेपाल प्रज्ञा भवन प्रेक्षालयमा एजीएम गर्न लागेको हो ।

होटलले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।

हाल होटलको चुक्ता पुँजी ७३ करोड २६ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस पश्चात होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ पुग्ने छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाले मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म एक महिना बुक क्लोज गर्ने निर्णय गरेको छ ।