२११ कम्पनीमा १२ वटा वाणिज्य बैंकमात्रै राम्रो !

  २०७६ माघ १४ गते १५:४३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत २११ कम्पनी मध्ये १२ वटा वाणिज्य बैंकमात्र अब्बल देखिएका छन् । नेप्सेले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वर्गीकरण गरेको सूची अनुसार १२ वटा वाणिज्य बैंकमात्रै ‘ए’ वर्गमा परेका कारण अन्यभन्दा अब्बल मानिएका हुन् ।

नेप्सेकाे मल्याङ्कनमा बैंक अफ काठमाण्डू, सिटिजञ्स इन्टरनेशनल बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सानिमा बैंक र स्ट्याण्डार्ड चार्टर्ड बैंक राम्रो मानिएका छन् ।

नेप्सेले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार सूचीकृत कम्पनीहरुलाई विभिन्न चार वर्ग(ए, बी, जी र जेड)मा वर्गीकरण गरेको छ । जसअनुसार ‘ए’ वर्गमा जम्मा १२ कम्पनी परेका छन् भने ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेका छैनन् । नेप्सेले तयार पारेको सूचीअनुसार सबैभन्दा धेरै कम्पनी ‘जेड’ वर्गमा परेका छन् ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५’ गत २०७५ साउन १ गतेदेखि कार्यान्वयमा ल्याएको थियो । सोही व्यवस्थाअनुरुप संगठित संस्थाको चुक्तापूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ए, बी, जी र जेड गरी चार वर्गमा वर्गीकरण गरिएको नेप्सेले जनाएको छ ।

सोही अनुसार हाल जम्मा १२ वाणिज्य बैंकमात्र चुक्तापूँजी, प्रतिफल, नियम परिपालना लगायतको क्षेत्रमा अब्बल देखिएको मानिन्छ । यसभन्दा अघिको त्रैमासमा सनराइज बैंकमात्रै अब्बल देखिएको थियो ।

साथै, उक्त वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित वर्गमा पर्नु नपर्ने कारण सहित ३५ दिनको म्याद भित्र दावी सहित निवेदन दिन नेप्सेले आग्रह गरेको छ ।

कुन कम्पनी कुन वर्गमा परेः