स्वावलम्बन लघुवित्तको पुस १ गतेदेखि बुक क्लोज, साधारणसभामा जाँदै

  २०७६ मंसिर २० गते १९:०९     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको आगामी पुस १ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज हुने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त २० दिन बुक क्लोज गर्न लागेको हो ।

संस्थाको सभा पुस २० गते बिहान ११ बजे गैह्रीधाराको एलिस रिसेप्सनमा बस्दै छ । सभाले सेयरधनीलाई २६ प्रतिशत बोनस शेयर दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।

हाल संस्थाको चुक्ता पुँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ । २६ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी ७९ करोड २३ लाख रुपैयाँ नाघ्ने छ ।