सेयर बजार करेक्सनतर्फ, नेप्से ७ अंकले बढ्दा प्रभु र एनआईसी एशियाकाे कराेडाैंकाे काराेबार

  २०७६ कार्तिक ६ गते १५:२१     विकासन्युज

काठमाडौं । सेयर बजार करेक्सनतर्फ लागेको छ । साताको शुरुदेखि ओरालो लागेको बजार मंगलबारदेखि करेक्सनतर्फ लागेको छ । मंगलबार सामान्य अंकले बढेको नेप्से बुधबार ७.७९ प्रतिशतले बढेर ११४२.६० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशतले बढी हो ।

बजारमा नेप्से परिसूचकमा केही सुधार देखिएता पनि कारोबार रकम भने बढ्न सकेको छैन । बुधबार कूल १५३ कम्पनीको १६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी प्रभु बैंकको २ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बुधबार कारोबारमा आएका सबै समूह सूचक हरिया देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ४८ अंकले बढेको छ । त्यस्तै, होटल समूह २१ र हाइड्रो समूह १६ अंकले बढेको छ भने बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् ।
सो दिन सबैभन्दा बढी नेको इन्स्योरेन्सका लगानीकर्ताले ५.९८ प्रतिशत कमाएका छन् ।