सेयर बजार उकालो लाग्ने क्रम जारी, २२.६८ अंकले बढ्दा ४७ करोडको कारोबार

  २०७६ असोज १ गते १५:३०     विकासन्युज


काठमाडौ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिसँगै उकालो लागेको सेयर बजार आज पनि बढेको छ । अहिले सेयरमा लगानी गर्ने उपयुक्त समय हो भन्ने अर्थमन्त्री खतिवडाको अभिव्यक्तिसँगै निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार एकाएक झण्डै २७ अंकले बढेको थियो ।

सेयर बजार उकालो लाग्ने क्रममा साताको चौथो दिन आज २२.६८ अंकले बढेको छ । १.९७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११७३.४२ बिन्दुमा पुगेको हो ।

बुधबार सेयर बजारमा १ सय ७१ कम्पनीले कारोबार गरेका छन् । १६ लाख ४५ हजार ८ सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा ४७ करोड ६८ लाख ३३ हजार ८ सय ४७ रुपैयाँको कारोबार भएको छ ।

बैँक समूह १८.७, होटल समूह ६९.४८, विकास बैँक समूह १०.२६, जलविद्युत समूह ११.४९, वित्तीय समूह २.२३, निर्जीवन बीमा समूह १४३.०८, उत्पादनमूलक समूह ७३.८४, अन्य समूह १२.५९, माइक्रोफाइनान्स समूह ३२.५१, जीवन बीमा समूह १७१.९ र म्युचल फण्ड समूह ०.०१ अंकले बढेका छन् ।

आज सिन्धु विकास बैँक लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने कर्णाली डेभलपमेण्ट बँैक लिमिटेडका लगानीकर्ताहरुले ४.५४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।