सिटिजन्स म्युचअल फण्ड-२ को करोडौं इकाई सूचिकृत

  २०७६ कार्तिक ३ गते १४:४७     विकासन्युज

काठमाडौं । आइतबार सिटिजन्स म्युचअल फण्ड-२ को करोडौं इकाई सूचिकृत भएको छ । फण्डको ५ करोड ६० लाख इकाई नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

सिटिजन्स बैंकले सहायक कम्पनी सिबीआईएल क्यापिटलमार्फत एक अर्ब रुपैयाँको उक्त फण्ड निष्कासन गरेको थियो । बैंकले गत जेठ ९ गतेदेखि असार ८ गतेसम्म सो मात्राको फण्ड बिक्री गरेको थियो ।