समता लघुवित्तको २०० प्रतिशत हकप्रद खुला, मंसिर १ गतेसम्म आवेदन दिन सकिने

  २०७६ असोज २७ गते १२:२८     विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले सेयरधनीको लागि २०० प्रतिशत (अर्थात १०० बराबर १५ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले असोज २७ गते (सोमबार)देखि एक सय अंकित दरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।

सो मात्राको हकप्रदको लागि गत भदौ ३१ गतेसम्म कायम रहेका सेयरधनीले आगामी मंसिर १ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ । इच्छुक सेयरधनीले काठमाडौंको लाजिम्पाटमा रहेको एनआईबिएल एस क्यापिटलको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने संस्थाले जनाएको छ ।