मेरो माइक्रोफाइनान्सको एजीएम कात्तिक २९ गते, ३० प्रतिशत बोनस सेयर पारित गर्ने

  २०७६ कार्तिक ६ गते ९:०१     विकासन्युज


काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा(एजीएम) कात्तिक २९ गते हुने भएको छ । सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले नुवाकोट बट्टारको होटल वाटर टावरको सभाकक्षमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

वित्तीय संस्थाले अन्य इजाजत प्राप्त घ वर्गका लघुवित्तीय संस्थालाई गाभ्न वा प्राप्ति गर्न उपर्युक्त देखिएकामा सो सम्बन्धी सम्पूर्ण कार्य अघि बढाउन सञ्चालन समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव समेत पारित गर्ने जनाइएको छ ।

साथै, साधारण सभा प्रयोजनको लागि कात्तिक २० गतेदेखि २९ गतेसम्मसेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) हुने हुने मेरो माइक्रोफाइनान्सले जनाएको छ ।