मिथिला लघुवित्तको १५% बोनस प्रस्ताव

  २०७६ असोज २७ गते १५:५३     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रामा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, संस्थाले बोनस सेयरको कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव संस्थाको संचालक समितिको बैठकले गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १० करोड ५८ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी बढेर १२ करोड रुपैयाँ नाघ्ने छ ।