मार्जिन कारोबार गर्ने ८ वटा ब्रोकर कम्पनीले गरे अनुमतिपत्र नविकरण, कुन कुनले गरे ?

  २०७६ कार्तिक ३ गते १४:१९     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा मार्जिन कारोबार गर्ने ८ वटा दलाल व्यवसायी(ब्रोकर कम्पनी)ले अनुमतिपत्र नविकरण गरेको छन् । उक्त कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ का लागि मार्जिन कारोबार गर्ने अनुमतिपत्र नविकरण गरेका हुन् ।

नेप्सेका अनुसार अघिल्लो आवमा अनुमतिपत्र पाएका मध्ये ८ वटा कम्पनी(क्रिष्टल कन्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज कम्पनी, नेपाल स्टक हाउस, प्राइमो सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी)ले उक्त पत्र नविकरण गरेका हुन् । नविकरण गरेसँगै, अब यी कम्पनीले चालु आव भरिमा कुनैपनि कम्पनी वा सेयरधनीको मार्जिन कारोबारसम्बन्धी काम गर्न सक्ने छन् ।

गत वर्ष २१ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न अनुमतिपत्र लिएका थिए । तर सो मध्ये हालसम्म ८ वटाले मात्र उक्त पत्र नविकरण गरेका नेप्सेले जानकारी दिएको छ ।