बोटलर्स नेपाल(तराई)को साधारणसभा कात्तिक २८ गते, नगद लाभांश दिने प्रस्ताव

  २०७६ कार्तिक ५ गते १९:४२     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल(तराई) को ३३औं वार्षिक साधारणसभा आगामी कात्तिक २८ गते बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे दरबारमार्गस्थित होटल अन्नपूर्णमा बस्न लागेको हो ।

सभामा संस्थाले संचालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँको दरले नगद लाभांश दिने प्रस्ताव लैजाँदै छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ को लागि सो मात्राको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यसका साथै, संस्थाले लेखापरिक्षकमा विजयकुमार अग्रवाललाई पुनः नियुक्त गर्ने भएको छ ।