प्रभु इन्स्योरेन्सले १६ प्रतिशत लाभांश दिने, बोनस शेयरमा भन्दा नगदमा जोड

  २०७६ मंसिर २७ गते १५:५१     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सले शेयरधनीलाई १६.३२ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेसँगै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।