पहिलो कारोबारमै ग्लोबल आईएमई बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट

  २०७६ माघ ६ गते १५:४९     विकासन्युज

काठमाडौं । दोहोरो अंकले ओरालो लागेको बजारमा पनि ग्लोबल आईएमई बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साविकको जनता बैंक नेपालसँग मर्जर पश्चात बनेको ग्लोबल आईएमई बैंकको पहिलो कारोबारमै सेयर मूल्य ९.७२ प्रतिशतले बढेर सर्किट लागेको हो ।

मर्ज पश्चात बैंकको सोमबार(माघ ६ गते) देखि दोश्रो बजारमा पहिलो कारोबार भएको हो । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता २७७ रुपैयाँ रहेको छ । जुन नेप्सेले पहिलो कारोबारको लागि तोकेको मूल्यभन्दा प्रतिकित्ता २५ रुपैयाँले बढी हो । नेप्सले बैंकको पहिलो कारोबारको लागि सेयर मूल्य प्रतिकित्ता २५२.४७ रुपैयाँ तोकेको थियो ।

त्यस्तै, सोमबार सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् । उक्त संस्थाका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ९.७७ प्रतिशत बढी अर्थात प्रतिकित्ता १३ रुपैयाँ बढी कमाएका छन् । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४६ रुपैयाँ रहेको छ ।

सोमबार कमाउने र घुमाउने १० उत्कृष्ट कम्पनी: