नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो, एनआइसी एसिया, प्रभु र नेपाल बैंकको कारोबार बढी

  २०७६ असार ४ गते १५:२५     विकासन्युज


काठमाडौँ । साताको चौथो दिनपनि नेप्से परिसूचक घटेको छ । बुधबार ०.२० अंकले नेप्से परिसूचक घटको हो । ०.०२ प्रतिशतले घट्दा परिसूचक १२५८.४६ बिन्दुमा पुगको छ । बुधबार १६९ कम्पनीका ९ लाख ८० हजार ९ सय १९ कित्ता शेयर किनबेच हुँदा ३० करोड ४१ लाख ८९ हजार ६ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ५ वटा समूहमा हरियाली छायो भने ६ वटा सूचक राताम्मे भए । बैंकिङ समूह १.०६, होटल समूह ३.४७, जलविद्युत समूह १.७३, निर्जिवन बीमा समूह ३०.२८, लघुवित्त समूह १.६५, म्याचुअल फण्ड ०.०३ अंकले घटेका छन् । त्यसैगरी विकास बैंक समूह ५.४२, वित्त समूह २.८६, उत्पादनमूलक समूह ७.९१, अन्य समूह २.४२ र जीवन बीमा समूह १४.२४ अंकले बढेका हुन् ।

आज सबैभन्दा धेरै कारोबार हुनेमा एनआइसी एसिया बैंक, प्रभु बैंक र नेपाल बैंक लिमिटेड क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा देखिएका छन् । एनआइसी एसियाको २ करोड १७ लाख ५४ हजार ६ सय ८३, प्रभुको २ करोड ३ लाख ४५ हजार १ सय ४ र नेपाल बैंकको १ करोड ८० लाख ३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसैगरी मल्टिपर्पोज वित्तीय कम्पनी लिमिटेका लगानीकर्ताले सबैभन्दा बढी ९.६९ अंकले सबैभन्दा बढी नाफा कमाएका छन् भने घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३.५७ प्रतिशतले गुमाएका छन् ।