नेको इन्सुरेन्सको चार लाख कित्ता सेयर लिलामीमा, न्युनतम मूल्य २८५ रुपैयाँ

  २०७६ कार्तिक २४ गते १८:४०     विकासन्युज

काठमाडौं । नेको इन्सुरेन्सले चार लाख १४ हजार ०६२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । उक्त सेयर कम्पनीले न्युनतम २८५ रुपैयाँ तोकी बढाबढ मूल्यमा बिक्रीमा राख्न लागेको हो ।

कम्पनीले मंसिर २ गतेदेखि १८ गतेसम्म उक्त सेयर लिलामीमा बिक्री गर्दै छ ।

इच्छुक लगानीकर्ताले न्युनतम १० हजार कित्ता र अधिकतम सबै अर्थात ४ लाख १४ हजार ०६२ कित्ता सेयरको लागि आवेदन गर्न सक्ने छन् । १० लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र १० लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फाराममा उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

हाल कम्पनीको साधारण सेयर प्रतिकित्ता ३७८ रुपैयामा कारोबार भइरहेको छ ।