निर्धन उत्थान लघुवित्तले ४० प्रतिशत लाभांश दिने, मंसिर ३० गतेदेखि बुक क्लोज

  २०७६ मंसिर १९ गते १३:१९     विकासन्युज

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४०.५३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले १५.५३ प्रतिशत नगद र २५ प्रतिशत बोनस शेयर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी साधारणसभा पुस १३ गते आइतबार बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर ३० गतेदेखि पुस १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब २० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ ।