जेबिल्स फाइनान्सका सेयरधनीको सेयर आधा भन्दा बढी घट्ने, १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता पाउने

  २०७६ जेठ १३ गते १३:२१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिन लागेको जेबिल्स फाइनान्सका सेयरधनीले आफ्नो सेयर संख्यामा आधा भन्दा बढी अर्थात ६७ प्रतिशत घुमाउने भएका छन् । मर्जपछि जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्टको ३३ कित्ता पाउने भएका छन् ।

दुई संस्था एक आपसमा मर्ज भएपश्चात स्वाप रेसियो जेबिल्सको १०० कित्ता बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता निर्धारण गरिएको छ । जेठ १२ गते बसेको दुबै कम्पनीको संयुक्त मर्जर कमिटिको सिफारिसलाई आधार मान्दा इन्भेष्टमेन्टको भन्दा जेबिल्सको सेयर भ्यालु ६७ प्रतिशत कम देखिएको हो ।

राष्ट्रियस्तरको जेबिल्स फाइनान्सको हाल चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । मर्जर प्रकियामा रहेको जेबिल्स फाइनान्सकाे हाल बुक क्लोज रहेको छ । संस्थाको गत फागुन २७ गतेदेखि नेप्सेमा सेयर कारोबार बन्द भएको हो ।