गुराँस लघुवित्तको आईपीओ सूचिकृत, मंगलबारदेखि कारोबार हुने, रेञ्ज कति पाउला?

  २०७६ जेठ १३ गते १४:३८     विकासन्युज

काठमाडौं । भर्खरै आईपीओ निष्कासनको प्रक्रिया सकाएको गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर सोमबार(आज) नेप्सेमा सूचिकृत भएको छ । संस्थाको ७ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सोमबार नेप्सेमा सूचीकरण भएको यस संस्थाको सेयर मंगलबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । नेप्सेले उक्त सेयरको ओपन रेञ्ज दिई कारोबार शुरु गर्ने छ । यस संस्थाले कारोबारको लागि न्युनतम ९२.७२ रुपैयाँदेखि अधिकतम २७८.१६ रुपैयाँसम्म ओपन रेञ्ज पाउने छ ।

संस्थाले वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । जुन वैशाख २६ गते बाँडफाँड भएको थियो ।