गणपति माइक्रोफाइनान्सको मंसिर १८ देखि बुक क्लोज, हकप्रद सेयर जारी गर्ने

  २०७६ कार्तिक २९ गते १४:१८     विकासन्युज

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर १८ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) गर्ने भएको छ । संस्थाले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि सो दिनदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको ५० प्रतिशत(२ः१ को अनुपात) हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

संस्थाको तेस्रो वार्षिक साधारणसभा पुस ४ गते दिउँसाे ३ः०० बजे तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जंगल पार्क रिसोर्टमा बस्दैछ ।

हाल संस्थाको चुक्ता पुँजी ११ करोड ७ लाख ४५ हजार रहेको छ ।