कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने

  २०७६ मंसिर २४ गते १३:२३     विकासन्युज

काठमाडौं । कषि विकास बैंक लिमिटेडले ३० प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस र करसहित २४ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

मंगलबार बिहान बसेको सञ्चालक समितिको बैंठकले सो  लाभांश दिने निर्णय गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड ५५ लाखभन्दा बढी रहेको छ । ६ प्रतिशत बोनसपश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ६ करोड ९६ लाख नाघ्नेछ ।