कञ्चन डेभलपमेन्ट बैंकले १७ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर दिने

  २०७६ मंसिर २० गते ११:५४     विकासन्युज

काठमाडौं । कञ्चन डभेलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट १७ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर दिने भएको छ । संस्थाले शेयरधनीहरुको लागि हालको चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी ५३ करोड १३ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयरपछि संस्थाको चुक्ता पुँजी ५८ करोड ४४ लाख रुपैयाँ नाघ्ने छ ।