एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद जारी गर्दै, बुक क्लोज कहिले ?

  २०७६ माघ १४ गते १३:२५     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । माघ १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले पछिल्लो विशेष साधारणसभाबाट पारित भएको साधारण सेयरहरुमा १० बराबर ६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

सो प्रयोजनको लागि कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।