एनआईसी एशिया ब्यालेन्स फण्डको ७ करोड ५५ लाख इकाई सूचिकृत

  २०७६ कार्तिक ३ गते १२:४६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया ब्यालेन्स फण्डको ७ करोड ५५ लाख इकाई सूचिकृत भएको छ । हालैमात्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा संस्थाको सो मात्राको फण्ड सूचिकृत भएको हो ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले गत साउन ८ गतेदेखि भदौ ५ गतेसम्म ‘एनआईसी एशिया ब्यालेन्स फण्ड’को १० करोड ६२ लाख इकाई बिक्री गरेको थियो ।