एनआईबिएल सहभागिता फण्डको कारोबार शुरु, पहिलो दिनमै ४३ सय इकाई किनबेच

  २०७६ असोज २७ गते १८:२९     विकासन्युज

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्डको असोज २७ गतेदेखि कारोबार शुरु भएको छ । कारोबारको शुरु कै दिन २८०० इकाई बिक्री तथा १५०० इकाई पुर्न खरीद भएको योजना ब्यवस्थापकले जानकारी दिएको छ ।

खुलामुखी योजनाका इकाईहरु बाँडफाँड भएको ३ महिना पश्चात खरिद बिक्री शुरु हुने व्यवस्था अनुसार उक्त फण्डको आजदेखि कारोबार शुरु भएको हो ।

योजनाका इकाईहरु एनआईबिएल एस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बिराटनगर, बिरगञ्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरवारबाट र नेपाल ईन्भेष्टमेण्ट बैंकका शाखा कार्यालयहरु बिर्तामोड, लालवन्दी, बीरगञ्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगंज, तुलसिपुर, सुर्खेत तथा धनगढीबाट समेत खरिद बिक्री गर्न सकिने छ ।