Latest News


२०७६ मार्ग २ गते ४:२९

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा सेयर बजार परिसूचक नेप्से भने घटेको छ । आइतबार ४ अंकले घटेको धितोपत्र परिसूचक सोमबार आज ०.२४ घटेको छ । नेप्से परिसूचक ०.०२ प्रतिशतले घट्दा ११३१.१२ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १ सय ६० कम्पनीले कारोबार गरेका छन् । ११ लाख ८८ हजार ८ सय ४५ कित्ता सेयर किनबेच हुँदा ३५ करोड ६८ लाख ६१ हजार ८ सय ५७ रुपैयाँको कारोबार भएको छ । बजार घटेपछि नेप्सेका ४ समूह राता भएका छन् । बैक समूह ०.१, ट्रेडिङ समूह ३१.८३, होटल समूह २.१३, विकास बैक समूह ०.०८, वित्तीय समूह २.३९, निर्जीवन बीमा समूह १८.५१, माइक्रो फाइनान्स ०.५३, जीवन बीमा समूह २९.२७ अंकले बढेका छन् । जलविद्युत समूह ५.८९, उत्पादन मूलक समूह ३८.९१, अन्य समूह ०.३४ र म्यूचुअल फण्ड समूह ०.०४ अंकले घटेका छन् । साल्ट ट्रेडिङ कर्पोरे...

२०७६ कार्तिक २९ गते २:१७

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर १८ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) गर्ने भएको छ । संस्थाले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि सो दिनदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको ५० प्रतिशत(२ः१ को अनुपात) हकप्रद सेयर निष्काशन गर्न लागेको हो । संस्थाको तेस्रो वार्षिक साधारणसभा पुस ४ गते दिउँसाे ३ः०० बजे तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जंगल पार्क रिसोर्टमा बस्दैछ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ७ लाख ४५ हजार रहेको छ । ...

२०७६ असोज २६ गते १:१५

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अब यस संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु प्रभु क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौंको कमलादीमा रहेको प्रभु क्यापिटललाई सेयर रजिष्टारमा नियुक्त गरेको हो । अब यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु प्रभु क्यापिटल मार्फत हुने छ । ...

२०७६ आषाढ़ ६ गते ६:२६

काठमाडौं । धितोपत्र बजारमा विभिन्न दुई संस्थाले कूल ५ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई सो मात्राको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरको कूल ५ लाख ३२ हजार ६०० कित्ता सेयर जारी गर्ने छन् । सो मध्ये आँधीखोलाले कूल ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सो मात्रा अर्थात ४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । त्यस्तै, घोडाघोडी लघुवित्तले एक लाख ३२ हजार ६०० कित्ता आईपीओ जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्केटमार्फत एक करोड ३२ हजार ६० हजार रुपैयाँ बराबरको आईपीओ ...

२०७६ आषाढ़ ६ गते ४:५३

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ५६ लाख कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा ५ कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये २ कम्पनीको हकप्रद सेयर, दुई कम्पनीको बोनस र एक कम्पनीको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर थपिएको छ । यी संस्थाको क्रमशः ३२ लाख ८९ हजार र ३ लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै, नबिल बैंकको ९६ लाख ८६ हजार २४४ कित्ता र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १६ लाख एक हजार ६१३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । जेबिल्स फाइनान्सको दुबै बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । संस्थाको क्रमशः ३ लाख ८९ हजार २८१ कित्ता र ३ लाख ४० हजार ९५५ कित्ता बोनस सेयर नेप्सेमा थपि...

२०७६ आषाढ़ ६ गते ४:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” तयार गरी जारी गरेको छ । बोर्डले सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न उक्त निर्देशन लागू गर्न लागेको हो । सोही निर्देशन आगामी साउन १ गतेदेखि लागू हुने भएको छ, जसले साविकको निर्देशिकालाई प्रतिस्थापन गरेको छ । बोर्डले धितोपत्र तथा वस्तु बजार सम्वन्धी व्यवसाय तथा काम कारवाही र कारोवारलाई पारदर्शी बनाउने उद्देश्यले उक्त निर्देशन लागू गर्न लागेको हो । जोखिममा आधारित आन्तरिक नीति, कार्यविधि तथा कार्य, ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने तरिका, उच्चपदस्थ व्यक्तिको पहिचान अवलम्बन गर्नुपर्ने उपाय, वास्तविक धनी पहिचान गर्ने, जोखिम व्यवस्थापन र मूल्याङ्कनको अधार, बृहत्...

२०७६ आषाढ़ ५ गते ७:३८

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ४ कम्पनीको ५९ लाख ५० हजार ७३८ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै जेबिल्स फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जेबिल्स फाइनान्सको ३ लाख ४० हजार ९५५ कित्ता हकप्रद र ३ लाख ८९ हजार २८१ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, मिथिला लघुवित्तको ३ लाख २९ हजार ८८९ कित्ता र मेरो माइक्रोफाइनान्सको ३२ लाख ८९ हजार हकप्रद सेयर सूचिकृत भएको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्सको १६ लाख एक हजार ६१३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । ...

२०७६ ज्येष्ठ ३१ गते ६:०९

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको ८१ लाख ७१ हजार २५० कित्ता सेयर सूचिकृत भएको छ । सातामा चार दिन मात्र खुलेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र यूनियन हाइड्रोपावरको गरी सो मात्राको सेयर सूचिकृत भएको हो । जसमध्ये स्वाभिमान लघुवित्त र यूनियन हाइड्रोको साधारण सेयर(आईपीओ) र नेपाल कम्युनिटीको बोनस सेयर सूचिकृत भएको हो । स्वाभिमान लघुवित्तको ६ लाख १८ हजार ६१० कित्ता र यूनियन हाइड्रोको ७५ लाख कित्ता आईपीओ सूचिकृत भई दोश्रो बजारमा कारोबार समेत भइसकेको छ । स्वाभिमानको स्टक सिम्बोल ‘एसएमएफबीएस’ र यूनियन हाइड्रोको ‘यूएनएचपीएल’ बाट कारोबार भएको छ । त्यस्तै, नेपाल कम्युनिटीको ५२ हजार ६४० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । ...

२०७६ ज्येष्ठ ३० गते ६:४२

काठमाडौं । एनएमबि बैंक लिमिटेड अन्तर्गत सञ्चालित ‘एनएमबि ५०’ले एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले हाल मात्रै संस्थालाई साे मात्राको फण्ड जारी गर्न अनुमति दिएकाे हो । बोर्डको अनुमति पाएसँगै संस्थाले कोष प्रबद्धक एनएमबि क्यापिटलमार्फत अंकित मूल्य १० रुपैयाँको १२ करोड इकाई बिक्री गर्न लागेको हो । ...

२०७६ ज्येष्ठ ३० गते ३:३०

काठमाडौं । साताको अन्तिम दिनको बजारमा कूल ४५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कूल १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ, जसको सेयर मूल्य प्रतिकित्ता १ हजार २७१ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्ट र प्रभु बैंकको क्रमशः २ करोड ४६ लाख र २ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार दुई कम्पनीको सेयरधनीले ५ प्रतिशत बढी कमाएका छन् । आँखु खोला जलविद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ५.२६ र ५.०८ प्रतिशत कमाएका छन् । बिहीबारको नेप्से परिसूचक २.९२ अंकले घटेर १२६९.५५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशत घटी हो । सातामा ४ दिन भएको कार...

२०७६ ज्येष्ठ ३० गते १२:३०

काठमाडौं । बिहीबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सको १५.४८४ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.०७७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७४७.५३८ रुपैयाँ तोकिएको छ । ...