मर्चेन्ट बचत तथा ऋण सहकारी गत वर्ष १७ करोड ५७ लाखको कारोबार

विकासन्युज                              २०७५ कार्तिक १९ गते ६:०१

काठमाडौं । मर्चेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७४/७५ मा १७ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको हो । सोमबार सम्पन्न संस्थाको छैठौँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष बिजय कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

सो अवसरमा विभिन्न सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरु तथा कान्तिपुरकर्मी लिला श्रेष्ठ लगायत पलिस्व पूखू संरक्षण समितिका संयोजक गणेशमान चक्रधरलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।