सिद्धार्थ बैंकका ग्राहकले सुमेरु सिटी अस्पतालमा १२ प्रतिशत छुट पाउने

विकासन्युज                              २०७५ असोज २४ गते ४:५१

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने भएका छन् । बुधबार दुई संस्थाबीच सो मात्राको छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारजनहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिँदा उक्त छुट पाउने छन् । उतm सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र सुमेरु सिटी अस्पतालका तर्फबाट कम्पनी सचिव विनोद आचार्यले हस्ताक्षर गरेका छन् ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले डेविट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र सिद्धार्थका बैंकका कर्मचारी तथा यूएनओ क्रेडिट कार्डवाहकहरुले विशेष १२ प्रतिशतसम्मको छुट पाउने छन् ।