पञ्चकन्या माई हाइड्रोको सेयर कारोबार खुला, एक करोड १० लाख कित्ता सेयर सूचिकृत

विकासन्युज                              २०७५ असोज २४ गते १२:२१

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको आज(बुधबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १०२.४९ देखि ३०७.४७ रुपैयाँसम्म मूल्य तोकेको छ । जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ ।

पुलचोकमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालै एक करोड १० लाख कित्ता साधारण सेयर सूचिकृत भएको छ । साथै, कम्पनीको स्टक सिम्बोल पीएमएचपीएल रहेको छ ।