Latest News

२०७५ कार्तिक ३० गते ६:०१

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एकदिन इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । कम्पनीले सेयरधनीमाझ ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको सेयर जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ पुगेको छ ।     ...

२०७५ कार्तिक ३० गते ९:४४

काठमाडौँ । नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले मध्यमवर्गीय व्यक्तिहरुकाे कराेडाैं रुपैंया शेयर बजारमा डुबेकाे भन्दै प्रतिपक्षिलार्इ जनताकाे सम्पत्तिकाे रक्षा गर्नेगरी सरकारलार्इ घच्घच्याउन अाग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा अायाेजित काँग्रेसकाे नयाँ अार्थिक एजेन्डा निर्माणका लागि उद्याेगीहरुसँग सुझाव संकलन गर्न अायाेजित कार्यक्रममा बोल्दै  उपाध्यक्ष  गाेल्छाले सरकारी नीति र व्यवहार नै निजी क्षेत्रमैत्री नभएकाे गुनासाे गरेका छन् । यसले गर्दा हाम्रो अर्थतन्त्र झन गरिब हुँदै गएकाे उनकाे भनार्इ थियाे । उनले नेपालमा उद्योग सञ्चालका लागि बैंकमा भएको तरलता, ढुवानी खर्च धेरै र विदेशबाट लगानीभन्दा पनि विकृति आउनुका कारणले नेपालमा उद्योग सञ्चालन र उद्योग स्थापनाका लागि समस्या ...

२०७५ कार्तिक २८ गते ३:०३

काठमाडौं । बुधबारको कारोबारमा सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्जकाे वेवसाइट अनुसार कम्पनीका लगानीकर्ताले एकैदिन ४५.३३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३४.७३ प्रतिशत र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य २९.७२ प्रतिशतले घटेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य एक दिनमा १० प्रतिशतभन्दा बढीले बढ्न अथवा घट्न सक्दैन । तर बुधबार तीन कम्पनीकाे सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले घटेकाे नेप्सेकाे टप लुजरमा देखिएकाे छ । यस्ताे कसरी भयाे ? विकासन्युजकाे प्रश्नले नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदकाे ध्यानाकर्षण भयाे । उनले भने यस्ताे त नहुनु पर्ने, म अार्इटी  डिपार्टमेन्टमा कुरा गर्छु । नेप्सेकाे वेवसाइटमा एभरेष्ट इ...

२०७५ कार्तिक २८ गते २:०२

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको कुल एक करोड ३३ लाख कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै एनएमबी बैंक, सेन्ट्रल फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर सूचिकृत भएको हो । सूचिकृत मध्ये एनएमबी बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर र सेन्ट्रल फाइनान्सको हकप्रद सेयर नेप्सेमा थपिएका छन् । एनएमबी बैंकको एक करोड १४ लाख ४ हजार ९३५ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार ७८५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । उता सेन्ट्रल फाइनान्सको भने २ लाख १६ हजार ५०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।     ...

२०७५ कार्तिक २८ गते १:१३

काठमाडौं । बुधबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद र कन्काई विकास बैंकको बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद पछि मूल्य समायोजन गरेको हो । समायोजन पश्चात एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९५८.१२ रुपैयाँ रहेको थियो । त्यस्तै, नेप्सेले माहुली सामुदायिक लघुवित्तको पनि ५० प्रतिशत हकप्रद सेयर पश्चात सेयर मूल्य समायोजन गराएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १ हजार ५५५ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता १ हजार १४५ रुपैयाँ रहेको थियो । त्यसैगरी, कन्काई विक...

२०७५ कार्तिक २७ गते ३:२७

काठमाडौं । तिहार पछि लगातार ओरालो लागेको बजार मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । साे दिनकाे कारोबार शुरु भए देखिनै सेयर बजार उकालो लागिरहेको थियो । समग्रमा मंगलबारकाे बजार बन्द हुँदा नेप्से परिसूचक १३.९७ अंकले उकालो लागेर १२०७ अंकमा पुगेको छ । बजारमा परिसूचकमा सुधार आएतापनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन । तर सोमबारको तुलनामा मंगलबारको कारोबार रकम ४ करोड रुपैयाँले बढेको छ । मंगलबारको बजारमा कुल १५० कम्पनीको १७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार जम्मा १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबारको जस्तै मंगलबार पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन एक करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको मंगलबारको बजारमा उन्नति माइक्रोफाइनान्सका लगानीक...