Latest News

२०७५ मार्ग २८ गते ९:१३

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हालको चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैंया बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ । हाल करिब ५४ करोड चुक्ता पुँजी भएको इन्स्योरेन्सको उक्त हकप्रद जारी गरेपछि चुक्ता पुँजी करिब ९७ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई कम्तीमा १ अर्ब चुक्ता पुँजी पुर्याउन भनेकोमा अपुग बाँकी करिब ३ करोड बराबरको पुँजी बोनस शेयर दिएर पुर्याउनेछ । उक्त हकप्रद शेयरका लागि मंसिर ६ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले आफ्नो खाता रहेको बैंकबाट सीआश्वा मार्फत् आवेदन गर्न पा...

२०७५ मार्ग १३ गते ३:४०

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगातार गिरावट अाएकाे छ । याे साताभरी नै बजार राताे भयाे र  बिहीबार पनि नेप्से १० अंकले  घट्याे । बजारमा निरन्तर गिरावट अाउँदा  लघुवित्त संस्थाका सेयरधनीले बढी गुमाएका छन् । बिहीबारको कारोबारमा पनि धेरै गुमाउनेको अग्रस्थानमा रहेका १० कम्पनी मध्ये सबैभन्दा बढी लघुवित्त संस्था रहेका छन् । सबैभन्दा बढी गुमाउने १० कम्पनीमध्ये लघुवित्त मात्र ५ वटा छन् । सबैभन्दा बढी मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ५.२४७ प्रतिशत गुमाएका छन् । त्यस्तै, डिपरोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.९९, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ४.२३, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ४.०२ र विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.८४ प्रतिशतले घटेको छ । राम्राे लाभांश घाेषणा गरेका संस्थाकाे पनि मूल्...

२०७५ मार्ग ५ गते ९:५७

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ करोड ६१ लाख ३० हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा इन्स्योरेन्सले ४ करोड ४८ लाख ५५ हजार रुपैंया आम्दानी गरी १ करोड ९७ लाख २५ हजार खर्चदा उक्त परिमाणको नाफा आर्जन गरेको हो । एकीकृत आयव्यय हिसाबतर्फ इन्स्योरेन्सले खुद बीमा शुल्क, पुनर्बीमा कमिशन आय र लगानीबाट प्राप्त हुने आय गरी कुल ४४ करोड ५५ लाख ९३ हजार आम्दानी र दाबी भुक्तानी, अभिकर्ता कमिसन, पुनर्बीमा कमिसन, सेवा शुल्क, व्यवस्थापन शुल्कजस्ता शीर्षकहरुमा कुल ४१ करोड ५४ लाख ५६ हजार खर्च गरेको छ । याे खर्च इन्स्याेरेन्सले छुट्याएकाे जाेखिम तथा अन्य व्यवस्थाबाट गरिएकाे हाे । अघिल्लो वर्ष शाखा एवं बजार विस्तारमा आक्रामक नीति लिएको आइएमई जनरल इन्स्योरेन्ससँग हाल २० हजार ३ सय ८७ बीमितहरु बीमालेख कायम छन् । ...

२०७५ मार्ग ३ गते १:१५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले हालै एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर मूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गरेको भन्दै लगानीकर्ताबाट दवाव आएपछि नेप्सेले कम्पनीको उक्त निर्णय फिर्ता लिएको हो । सो निर्णय फिर्तासँगै संस्थाको सोमबार(आज)देखि नियमित कारोबार शुरु भएको छ । कारोबार सेयर समायोजन हुनुभन्दा पहिलेको दिनको मूल्यमा शुरु भएको छ । साथै, कम्पनीको सेयर मूल्य समायोजन पछि भएका कारोबारहरु रद्ध भएको नेप्सेले जनाएको छ । इन्स्योरेन्सले गत कात्तिक २८ गते कम्पनीको १०५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको थियो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको थियो । उक्त निर्णय पछि सोमबार खुलेको कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । प्रतिकित्ता १०...

२०७५ कार्तिक ३० गते ६:०१

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको आगामी मंसिर ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एकदिन इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । कम्पनीले सेयरधनीमाझ ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको सेयर जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ पुगेको छ ।     ...

२०७५ कार्तिक २९ गते ३:१६

काठमाडौं । बिहीबारकाे बजारमा दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन्। सो दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ९.७९ प्रतिशत कमाएका छन् । सम्रगमा बिहीबारको बजार सामान्य अंकले अाेरालाे लागेको छ । दिनभर उतारचढाव दखिएकाे बजारमा नेप्से परिसूचक ३.३१ अंकले घटेर १२०५ अंकमा अडिएको छ । बजारमा कुल १५८ कम्पनीको २३ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । जसको एकैदिन २ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ पुग्ने छ । सो दिन होटल समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक २४ अंकले ओरालो लागे...