Latest News

२०७५ कार्तिक २७ गते १२:१६

काठमाडौं । मंगलबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । संस्थाले ४२.६३ प्रतिशत लाभांश दिने भएपछि माइक्रोफाइनान्सकाे सेयर मूल्य एक्कासी उकालो लागेको हो । संस्थाले आफ्ना सेयरधनीलाई ४०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।   बोनस घोषणा सँगै बजारमा संस्थाको सेयर बेच्नेको भन्दा किन्नेको चाप देखिएको छ । यस अवधिसम्म संस्थाको ४६२९ कित्ता सेयर किन्ने लगानीकर्ताको घुईचो देखिएको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको १२२औँ बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । ४०.५० प्रतिशत बोनस पश्चात ७ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । संस्थाले ...

२०७५ कार्तिक २५ गते ११:१९

काठमाडौं। स्ट्याडर्ड चार्टर्ड बैंकले सेयरधनीलार्इ १७.५ प्रतिशत नगद लाभांसकाे प्रस्ताव गरेको छ। बैंकको ३७६औ संचालक समितिको बैंठकले शनिवार गत आर्थिक वर्षको नाफाबाट नगद लाभांस दिने निर्णय गरेको हो। बैंकले गत आर्थिक वर्षमा दुर्इ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड रुपैयाँ रहेको छ। चुक्ता पूँजीका आधारमा बैंकले एक अर्ब ४० करोड रुपैयाँ नगद लाभांस बाड्ने छ। बैंकले गत आर्थिक वर्ष चुक्ता पूँजी बढाउने क्रममा सत् प्रतिशत बोनस शेयर दिएको थियो। बैंकले गत वर्ष १०० प्रतिशत बाेनस सेयर वितरण गरेकाे थियाे । पुँजी वृद्धि पछि बैंकहरूकाे लाभांश दरमा गिरावट देखिएकाे छ ।     ...

२०७५ कार्तिक २० गते १२:४६

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले ७.५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । सोमबार बसेको संस्थाको १२२औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी १० करोड ९७ लाख रुपैयाँ रहेको छ । ४ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।     ...

२०७५ कार्तिक २० गते १२:३०

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले सेयरधनीलाई सञ्चित नाफाबाट सेयर पुँजीको १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, संस्थाले ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको १९३औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हालै संस्थाको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात फाइनान्सको चुक्ता पुँजी ४६ करोड रुपैयाँ नाघ्ने छ ।     ...

२०७५ कार्तिक १९ गते १:०९

काठमाडौं । कन्काई विकास बैंकको १२औँ वार्षिक साधारणसभा आगामी मंसिर १० गते बस्ने भएको छ । सो प्रयोजनको लागि बैंकको आगामी कात्तिक २८ गते बुक क्लोज हुने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकका अनुसार कम्पनीको साधारणसभा मंसिर १० गते दिउँसो १० बजे झापाको दमकमा रहेको गोरखा डिर्पाटमेन्ट स्टोरको सभाहलमा बस्ने भएको छ । सभाले कम्पनीको विभिन्न विशेष प्रस्तावहरु पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम नगद लाभांश र बोनस सेयरको करसहित ३ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश पारित गर्दै छ । त्यस्तै, विकास बैंकको जारी पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ र चुक्ता पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ पुर्याउने कम्पनीको विशेष प्रस्ताव रहेको छ । सञ्चालक समितिबाट प्रस्ताव गरे अन...

२०७५ कार्तिक १९ गते १०:२९

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रस्तावित २५ प्रतिशत लाभांश पारित गरेको छ । माइक्रोफाइनान्सको कार्तिक १७ शुक्रबार सम्पन्न सातौंैं वार्षिक साधारण सभाले संस्थाको चुक्ता पूँजी रु १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतले हुन आउने कर सहितको नगद लाभांश रकम रु २ करोड ५२ लाख ७२ हजार स्वीकृत गरेको छ । उक्त साधारण सभाले संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा कारोबार गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने तथा सोही अनुरुप प्रबन्ध पत्र एवं नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । त्यस्तै, उक्त सभामा संस्थाले उपयुक्त लघुवित्त संस्था पहिचान गरी प्राप्ती गर्ने वा मर्ज गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृत...