Latest News

२०७५ फाल्गुन २७ गते १२:३३

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.५ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचिकृत भएको छ । उक्त ऋणपत्र सूचिकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एसबीएल ऋणपत्र २०८२’ को २१ लाख ६२ हजार ५५९ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्ने भएका छन् । त्यस्तै, नेप्सेमा सानिमा बैंकले जारी गरेको ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ सूचिकृत भएको छ । यससँगै कम्पनीका बोण्डधनीहरुले ‘१० प्रतिशत सानिमा ऋणपत्र २०८५’ को १३ लाख ५४ हजार ७१२ कित्ता धितोपत्र बजारमा कारोबार गर्न सक्नेछन् ।   साथै, यी दुई कम्पनीहरुको गरी कुल ३५ लाख १७ हजार २७१ कित्ता ऋणपत्र सोमबार नेप्सेमा थपिएको हो । ...

२०७५ फाल्गुन १६ गते ६:५१

काठमाडौं । बजारमा नेपाल इन्स्योरेन्स कम्पनी र मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको गरी कुल ७३ करोड ३ लाख ६५ हजार १०० रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ । नेपाल इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ४० लाख १४ हजार ६५१ कित्ता र मेरो माइक्रोफाइनान्सले ३२ लाख ८९ हजार कित्ता गरी सो मात्राको सेयर निष्कासन गर्न लागेका हुन् । नेपाल इन्स्योरेन्सः नेपाल इन्स्योरेन्सले फागुन २१ गतेदेखि ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । इच्छुक सेयरधनीले चैत २५ गतेसम्म आवेदन दिन पाउने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । माघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र इन्स्योरेन्सकाे हकप्रद खरिदका लागि आवेदन दिन सक्ने छन् ।   मेरो माइक्रोफाइनान्सः त्यस्त...

२०७५ फाल्गुन १६ गते १:५५

काठमाडाैं । स्पर्स लघुवित वित्तीय संस्थाको २ लाख ५२ हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन हुँदै छ । संस्थाले फागुन २६ गतेदेखि कुल २ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । उक्त सेयरमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैयाँमै आवेदन दिन सकिनेछ भने अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन दिन सकिन्छ । आईपीओको बिक्री छिटोमा फागुन २९ गते र ढिलोमा चैत २५ गते निष्काशन बन्द हुनेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ ।   संस्थाले २ लाख ६९ हजार ६३० कित्ता मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ४ हजार १४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता सेयर साधारण सेयरहरु सामूहिक लगानी कोषको लागि बाँडफाँड गरेको छ । जसमा बाँकी २ लाख ५२ हजार कित्ता सेयर सर्व...

२०७५ फाल्गुन १५ गते ७:१७

काठमाडौं । जेबिल्स फाइनान्सले सेयरधनीलाई ३.५७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । फाइनान्सले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको हो । संस्थाले आर्थिक वर्ष २०७३।७४ को नाफाबाट सो मात्राको बोनस वितरण गर्न स्वीकृति पाएको हो । लाभांश दिने घोषणा गरेको १ वर्षपछि राष्ट्र बैंकले स्वीकृति दिएको हो । फाइनान्सले यसअघि १०० प्रतिशत र ४० प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ पुर्याएको छ । ३.५७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ८३ करोड ७८ लाख रुपैयाँ पुग्ने छ । साथै, बोनसको कर प्रयोजनको लागि १५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने संस्थाको प्रस्ताव रहेको छ ।     ...

२०७५ फाल्गुन १५ गते २:००

काठमाडौं । बुधबार मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विकास बैंकको १७ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहेको छ ।   ...

२०७५ फाल्गुन १४ गते २:४५

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको आगामी नवौँ वार्षिक साधारणसभा चैत १५ गते बस्ने भएको छ । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले फागुन २९ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्दै छ । उक्त सभाले सेयरधनीलाई गतबर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको ९.३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल संस्थाको चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ रहेका छ ।   बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैयाँ कायम हुनेछ । साथै, उक्त पुँजीको २५ प्रतिशत अर्थात ४ः१ को अनुपातमा हकप्रद जारी गर्ने संचालक समितिको प्रस्तावलाई साधारण सभाले पारित गर्ने भएको छ । संस्थाको सभा चैत १५ गते शुक्रबार बिहान ११ः३० बजे झापाको विर्तामोडमा अवस्थित आदर्श बैंकेटमा बस्दै छ । ...