Latest News

२०७५ कार्तिक ३० गते ८:५९

काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख रूपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार उक्त अवधिमा ८५ अर्ब ८३ करोड कुल निक्षेप संकलन गरी ८२ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह गरेको देखिएको हो । बैंकको उक्त नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैंया २१ पैसा हुन आउँछ । यो अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा २ रुपैंया कम हो । बैंकले गत वर्ष चुक्ता पुँजीमा वृद्धि गर्दा ईपीएस घट्न पुगेको हो । बैंकको पुँजी पर्याप्तता अनुपात १५.२६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.७६ प्रतिशत, पुँजीकोषको लागत ७.३६ प्रतिशत र आधार ब्याजदर १०.६८ प्रतिशत छ ।     ...

२०७५ कार्तिक ३० गते ८:००

काठमाडौं । हिमालयन बैंकले ४७ करोड नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४७ करोड ५८ लाख नाफा आर्जन गरेको हो जुन अघिल्लो आवको सोही अवधीमा ४१ करोड थियो । हिमालयन बैंकले ब्याज आम्दानीमा उल्लेख्य प्रगति गरेको छ । गत आवको असोज मसान्तमा ७७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ३१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४ अर्बले निक्षेप बढाएर १ खर्ब २ अर्ब पुर्याएको छ । त्यस्तै ऋण भने ८ अर्बले वृद्धि गरेको छ । ८ अर्ब ११ करोड चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ६ अर्ब ८९ करोड रहेको छ । हिमालयनको आधार ब्याज दर ९.२२ प्रतिशत छ भने खराब कर्जा १.४६ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी ३२.०२ रुपैंयाँ रहेको छ ।     ...

२०७५ कार्तिक ३० गते २:२८

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा ५ करोडले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३२ करोड नाफा कमाएको बैंक यसपाली सोही अवधीमा भने जम्मा २७ करोड मात्रै कमाउन सफल भएको हो । बैंकको ब्याज आम्दानी गत बर्षको पहिलो त्रैमासिकको तुलनामा १० करोड बढेको छ । गत आवको पहिलो त्रैमासिकमा ९० करोड थियो भने यसपाली १ अर्ब पुर्याएको हो । बैंकको निक्षेप तीन महिनामा ८४ अर्बबाट ९४ अर्ब पुर्याएको छ । बैंकको आधार ब्याजदर १०.४३ प्रतिशत छ भने खराब कर्जा ०.२० प्रतिशत रहेको छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब २८ करोड छ ।  बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ ३५ पैसा रहेको छ ।     ...

२०७५ कार्तिक २८ गते ७:४७

काठमाडौं । नेपाल बैंकले तीन महिनामै ९७ करोड ९१ लाख नाफा कमाएको छ । बैंकले चालु आवको पहिलो त्रैमासिक अवधीमा सो मात्रामा नाफा आर्जन गरेको हो । यद्यपी गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा पनि बैंकको नाफा ९७ करोड ७१ लख थियो । नेपाल बैंकको निक्षेप भने पछिल्लो तीन महिनामा ६ अर्बले घटेको छ । गत आवको असार मसान्तमा ९९ अर्ब निक्षेप संकलन गरेको बैंकले असोज मसान्त अवधीमा भने जम्मा ९३ अर्ब मात्रै निक्षेप संकलन गर्न सफल भएको छ । कर्जा प्रवाह भने असार मसान्तको तुलनामा १ अर्बले वृद्धि गरेको छ । असार मसान्त अवधीमा ७८ अर्ब कर्जा गरेको बैंकले असोज मसान्तमा ७९ अर्ब पुर्याएको हो । ९ अर्ब ८० करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा १९ अर्ब ६० करोड रुपैंयाँ रहेको छ । नेपाल बैंकको खराब कर्जा २.७८ प्रतिशत छ भने आधार ब्याजदर ७.५२ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आ...

२०७५ कार्तिक २८ गते ७:२९

काठमाडौं । एभरेष्ट बैंकको नाफा घटेर ४९ करोडमा सिमित भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ५३ करोड नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने ४९ करोड मात्रै कमाएको हो ।। एनएफआरएस लेखा प्रणाली अनुसार सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरणमा बैंकले ३ महिनामा ४ अर्ब निक्षेप वृद्धि गरेको छ । गत असार मसान्त अवधीमा १ खर्ब १६ अर्ब निक्षेप संकलन गरेको बैंकले असोज मसन्त अवधीमा १२० अर्ब पुर्याएको हो । ४ अर्ब निक्षेप वृद्धि गर्दा कर्जा भने ९ अर्बले विस्तार गरेको छ । असार मसान्तमा ९४ अर्ब कर्जा प्रवाह गरेको एभरेष्टले असोज मसान्तमा १०३ अर्ब पुर्याएको हो । ८ अर्ब १० करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ८३ करोड रुपैंयाँ रहेको छ । एभरेष्ट बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४६ पैसा रहेको छ । बैंकको स्प्रेड दर ४ दशमलब २३ प्रतिशत रहेको छ ...

२०७५ कार्तिक २७ गते ७:५०

काठमाडौं । सेयर कारोबार गर्नको लागि सेयर ब्रोकर कार्यालय जानु नपर्ने भएको छ । कारोबार रकम राफसाफ तथा फस्र्योटको काम पनि घरबाटै गर्न सकिने भएको छ । सेयर खरिदबिक्री आदेश अनलाइनबाट गर्न सकिने व्यवस्था भए लगत्तै सानिमा बैंकले कारोबार रकम राफसाफ पनि अनलाइनबाट नै गर्ने व्यवस्था गरेको हो । बैंकले थ्री इन वान एकाउन्टबाट यस्तो सेवा शुरु गरेको जनाएको छ । ‘ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाइन मार्फत विना कुनै झन्झट सेयर कारोबार गर्न सक्ने छन् । साथै, सेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु पर्ने छैन’ बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए । सानिमा बैंकले सानिमा क्यापिटल सँगको सहकार्यमा यो सेवा प्रदान गरेको र सानिमा क्यापिटलले सेयर ब्रोकर कम्पनीहरुसँग थप सहकार्य गरेको ब...