Latest News

२०७५ पौष १ गते ४:१९

काठमाडौं । आइतबारको सेयर बजारमा कुल १५९ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १४१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । बाँकी १८ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट भएको छ । आइतबार मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । उक्त संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्य प्रतिकित्ता ९९ रुपैयाँले बढेर १०८९ रुपैयाँ पुगेको छ ।   त्यस्तै, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः प्रतिकित्ता ९.९७ र ९.९५ प्रतिशतले बढेको छ । तारागाँउ रिजेन्सी होटलको सेयर मूल्य ८.९४ र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ८.२३ प्रतिशतले बढेको छ । आइतबार गुमाउने १० कम्पनी ...

२०७५ पौष १ गते ३:०५

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको आइतबारको नेप्से परिसूचक १८.८९ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक अघिल्लाे दिनकाे तुलनामा १.६४ प्रतिशतले उकालाे लागेर ११६७.६७ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि सुधार आएको छ । आइतबार कुल १५९ कम्पनीको ४७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंंकको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ५ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन उत्पादनमूलक बाहेक कारोबारमा आएका बाँकी समूह हरिया भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १६७ अंकले बढेको छ । त्यस्तै, जीवन बीमा १३३, माइक्रोफाइनान्स ३७, होटल ३०, बैंकिङ् समूह १७ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूह ८.४३ अंकले ओर...

२०७५ पौष १ गते २:२७

काठमाडौं । सिदार्थ बैंकले लिमिटेडले आगामी पुस २३ गते वार्षिक साधारणसभा डाकेको छ । उक्त सभाले बैंकको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ८.१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ नाघ्ने छ । सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस ९ गते एक दिन बुक क्लोज गर्दै छ ।     ...

२०७५ पौष १ गते २:०२

काठमाडौं । विजया लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । १० प्रतिशत बोनस सेयर पछि आज(आइतबार) मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३१.८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६९२.९१ रुपैयाँ रहेको थियो ।   आइतबार प्रतिकित्ता ६३१ रुपैयाँबाट कारोबार शुरु गरेको संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सो दिन बैंकको सेयर प्रतिकित्ता ६९५ रुपैयाँसम्म कारोबार भएको छ । ...

२०७५ पौष १ गते १:४३

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको आगामी वार्षिक साधारणसभा पुस २० गते बस्ने भएकाे छ । उक्त सभाले १० प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेपछि कम्पनीले चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने बताएको छ । हाल बैंकको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस ६ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज गर्ने छ । साथै, सभाले संस्थापक समूहका सेयरधनीको तर्फबात सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने छ । सञ्चालक समितिमा सवैसाधारण समूहका सेयरधनीहरुको तर्फबाट कम्तिमा एक जना महिला सञ्चालक रहने व्यवस्था कायम गर्ने प्रस्तावलाई उक्त सभाले पारित गर्ने छ । त्यस्तै, सभाले सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैठक भत्ता क्रमशः १५ ह...

२०७५ मार्ग २८ गते १:४०

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १७ देखि भदौ २३ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार बाँडफाँट भएको छ । उक्त आईपीओमा ५६ हजार ७० जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । (क-कसले कति पाए हेर्नको लागि यसमा क्लिक गर्नुहोस्) बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त आईपीओमा कुल २ लाख ७३ हजार १९२ आवदेकले आवेदन दिएका थिए । उक्त आईपीओमा कुल एक करोड ७१ लाख ५३ हजार ७७० कित्ता बराबर एक अर्ब ७१ करोड ५३ हजार ७७० रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये एक करोड ७१ लाख १३ हजार १५० कित्ता सेयरमा रितपूर्वक आवेदन परेको छ । बाँकी ४० हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको छ । लघुवित्तले कुल ६ लाख कित्ता सेयरमध्ये ३० हजार कित्ता म्युचअल फण्ड र ९३०० लघुवित्तका कर्मचारीलाई छुट्टाएको छ । बाँकी ५ लाख ६० हजार ७०० कित्ता भने सर्व...