लाइफ अटोमोबाइलद्धारा ‘पुन्टो प्युअर’ कार नारायणघाटमा सञ्चालनमा

नारायणघाट, १७ असोज । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले ‘पुन्टो प्युअर’लाई नारायणघाटमा सार्वजनिक गरेको छ । ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचब्याक अब स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने छ । कम्पनीको अनुसार पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभल ह्याचब्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कारलाई काठमाडौंमा रुचाइएको छ । उक्त कारमा चार वटा सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ६ हजार आरपीएममा ६८ पीएस उर्जा र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्छ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार पाँच वटा ढोका भएको यो युरोपेली ह्याचब्याकमा अवार्ड–प्राप्त इन्जिन जडान गरिएको छ जसले कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्छ । पुन्टो प्युअरमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन छ । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालिन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिन्छ । पुन्टो प्युअरको इन्टेरियर यसको अघिल्लो संस्करण पुन्टो इभोबाट प्रभावित छ । कम्पनीका अनुसार यसमा पाँच जना मानिस सजिलैसँग यात्रा गर्न सक्नेछन् । कारको बुट स्पेस २८० लिटर छ । पुन्टोको आकार ‘क्लास लिडिङ’ हो । ठूलो आकारका कारण यो कारले सडकमा आफ्नो बलियो उपस्थिति देखाउनेछ । पुन्टो प्युअरमा १४ इन्चको स्टिल ह्विल र कालो रंगको आउटर रियर भ्यु मिरर (ओआरभीएम) जडान गरिएको छ । पुन्टो प्युअरमा ‘फलो मि हेडल्याम्प’ छ जसले इन्जिन बन्द भइसकेपछि पनि केही समयका लागि हेडल्याम्पलाई बालिराख्नेछ । सिटको हेडरेस्टलाई एड्जस्ट गर्न सकिन्छ, पछाडिको सिटमा हेड रिस्टे«न्टसमेत राखिएको छ जसले यात्रालाई आनन्ददायी बनाउँछ । यसको ग्राउन्ड क्लेरेन्स १९५ मिलिमिटर रहेको छ जुन यो क्लासकै सबैभन्दा बढी हो । यसमा फायर प्रिभेन्सन सिस्टम पनि जडान गरिएको छ जसले दुर्घटनाको समयमा इन्धन आपुर्तिलाई काटिदिने कम्पनीको विश्वास छ । उक्त कार चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

नाडा अटोसोमा साढे ३ अर्बको कारोबार, २३ सय सवारी बुकिङ

काठमाडौं २० भदौ । भृकुटीमण्डमा जारी ६ दिने नडा अटोसोले साढे तीन अर्बको कारोबार गरेको छ । आइतबार बेलुका समापन गरिएको यो सोमा लक्ष्यभन्दा बढीको कारोबार गरेको भएको मेलाका संयोजक शम्भुप्रसाद दाहालले जानकारी दिए । यसअघि मेलामा २ सय करोड रुपैयाँको मात्रै कारोबार हुने अनुमान थियो । शोमा लक्ष्यभन्दा १ सय ५० करोड रुपैयाँ बराबरको काारेबार भएको दाहालले बताए । नाडा मोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा गत भदौ १४ गतेदेखि मेला सुरु भएको थियो । शोमा अवलोकनर्ताले ८ सय गाडी बुकिङ गरेका छन् भने १५ सय वटा दुई पांग्रे सवारी पनि कारोबार भएका छन् । गाडी मेलामा ६० हजार दर्शले अवलोकन गरेका छन् । यसअघि मेलामा ५० हजार दर्शक मात्रै आउने अपेक्षा थियो । शोमा डाटसन कम्पनीका ३२५ भन्दा बढी गाडी बुकिङ भएको कम्पनी सिनियर म्यानेजर ज्ञानेन्द्र चनले दावी गरे । महिन्द्रा र हुण्डाईले मेलामा २०० भन्दा बढी गाडी बुकिङ भएको दावी गरेका छन् भने टाटाले पनि मेला अवधिभर स्टलबाट १५० गाडी बुकिङ भएको बताएको छ । निसानले २० र टोयाटाले ५० वटा गाडी बुक भएको जनाएका छन् । मेलामा इन्ट्री लेभलका गाडी बुकिङ गर्ने ग्राहकको संख्या उल्लेख रहेको व्यवसायी बताउँछन् । यसवर्ष बैंकहरुले केही सस्तो व्याजदरमा ऋण उपलब्ध गराएकाले पनि कारोबार बढेको आयोजकले बताएको छ । ६ दिने अटो मेलामा टाटा, मारुती सुजुकी, हुण्डाई, डाट्सन, फियाट, फोर्ड, होण्डा, किया, महिन्द्रा, एमजी, निशान रेनल्ट, स्कोडा, सुजुकी, टाटा टोयोटा, भक्सवागन, स्याङयोेंगलगायत कम्पनीका गाडी राखिएको थियो । त्यस्तै मेलामा बजाज, बेला, बेनली, हिरो, होण्डा केटीएम, महिन्द्रा, रोयल, इन्फील्ड, रनर, सुजुकी, टीभीएस, युएम, भेस्पा, यामाहा लगायतका दुई पांग्रे सवारी साधनका कम्पनीले स्टल राखेका थिए । मेलामै गाडी बुकिङ गर्ने ग्राहकलाई बैंकिङ सेवा दिन बैैंकहरुले पनि स्टल राखेका थिए । त्यस्तै मेलामा टायर, लुब्रिकेन्ट तथा स्पेयरपार्टस्को पनि कारोवार भएको थियो ।

नाडा अटो शो सुरु, नयाँ सवारी साधन सार्वजनिक गर्ने प्रतिष्पर्धा

काठमाडौं, १४ भदौं । राजधानीको भृकुटीमण्डपमा अटो मोबाइलको कुम्भ मेला सुरु भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेको अटो शोमा दर्जनौ कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । १९ गतेसम्म सञ्चालन हुने मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरू रहेका छन् । शोमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भल्कसवागेन र साङयोङ रहेका छन् । यीमध्ये अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरेका छन् । दुई पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा कम्पनी सहभागी छन् । हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । अटो शोमा बिभिन्न वित्तिय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको पनि सहभागिता रहने छ । मेलामा नयाँ सवारीका साथै लुब्रिकेनट, स्पेयर्स तथा वर्कशप, बैंकलगायत सहायक सेवा तथा बस्तुहरुको पनि प्रदर्शनी रहेको छ । ६ दिन सम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने २ अर्बको कारोबार हुने अनुमान गरिएको छ । नाडा अटो शोमा नयाँ सवारी साधन ल्याउने प्रतिष्पर्धा, धमाधम नयाँ गाडी सार्वजनिक हुँदै 

अटो लोनमा बैंकहरुबीच प्रतिष्पर्धा, न्यूनतम व्याजदर ४.५ प्रतिशतसम्म

  काठमाडौं, १४ भदौ । अटो लोनमा बैंकहरुबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । राजधानीमा मंगलबारदेखि सुरु भएको ११ औं नाडा अटो शोमा बैंकहरुले अटो लोनमा तीब्र प्रतिष्पर्धा गरेका हुन् । ग्लोबल आइएमई, एनएमबी, हिमालयन, जनता, सिभिल, माछापुछ्रे, मेगा र सानिमा लगायतका बैंकले न्युनतम ब्याजदरमा अटो लोन प्रवाह गर्न प्रतिष्पर्धा सुरु गरेका हुन् । बैंकहरुले न्युनतम सेवा शुल्क सहित अधिकतम कर्जा अवधीमा अटो लोन उपलब्ध गराएउन लागेका हुन् । हिमालयन बैंक हिमालयन बैंकले एनबीएल हायर पर्चेज लोनका नाममा शुन्य दशमलब २५ प्रतिशत सेवा शुल्कमा ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । अटो शोका दौरान नाम गराएर ३० दिनपछिसम्म यो अफर अनुसार सवारी साधन खरिद गर्न सकिन्छ । कम्पनीले जुनसुकै कम्पनीका कारको खरिदमा यस्तो सुबिधा उपलब्ध गराउँछ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले अटो लोन नाममा ६ दशमलब २५ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म ऋण सात वर्षका लागि उपलब्ध गराउँछ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत कायम गरिएको छ । बैंकले अन द स्पट फाइनान्सको सुबिधा समेत उपलब्ध गराएको छ । ग्लोबल आइएमई बैंकले ६ दशमलब ९९ प्रतिशतमा ब्याजदरमा स्पेशल अटो लोन उपलब्ध गराएको छ । यसको सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत तोकिएको छ भने कर्जा अवधी ७ बर्ष रहेको छ । बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । एनएमबी बैंक यो बैंकले पाँच बर्षे कर्जा अवधीका लागि एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेको छ । एनएमबीको ब्याज दर ६ दशमलब ४९ प्रतिशत रहेको छ । यो बैंकले पनि स्पट फाइनान्सको सुबिधा दिएको छ । मेगा बैंक मेगा अटो लोनका नाममा बैंकले ७ प्रतिशतको ब्याजदरमा शुन्य दशमलब ७५ प्रतिशत सेवा शुल्क तोकेर ८० प्रतिशतसम्म अटो लोन दिईरहेको छ । यसले पनि ७ वर्षको कर्जा अबधि तोकेको छ । मेगाले दुई दिनमै कर्जा प्रवह गर्ने समेत बताएको छ । माछापुछ्रे बैंक एमबीएल इजी कार लोन अफरसहित माछापुछ्रे बैंकले शुन्य दशमलब ६५ प्रतिशतको सेवा शुल्कमा ८२ प्रतिशत अटोलोन प्रवाह गर्छ । यसको ब्याजद ६ दशमलब ७५ प्रतिशत मात्रै रहेको छ । बैंकले तीन दिनमा कर्जा प्रवाह गर्ने बताउँदै कर्जा अबधि ७ वर्ष नै तोकेको छ । सानिमा बैंक सानिमाले ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा एक प्रतिशत सेवा शुल्क लिएर ८० प्रतिशतसम्म अटो लोन प्रवाह गरिरहेको छ । बैंकले ७ बर्षे कर्जा अवधी तोकेको छ । लक्ष्मी बैंक लक्ष्मी बैंकले पनि शुन्य दशमलब ५ प्रतिशत सेवा शुल्कमा ६ दशमलब ९९ प्रतिशतको ब्याजदरमा सात वर्षका लागि अटो लोन दिईरहेको छ । लक्ष्मी बैंकले पाँच बर्षे कर्जा अबधिका लागि ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ । सिभिल बैंक सिभिल बैंकले फियट र स्कोडाका कारहरुको खरिदमा ४ दशमलब ५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउँदैछ । यसको सेवा शुल्क पनि शुन्य दशमलब ५ प्रतिशत मात्रै तोकेको छ । यसको कर्जा अबधि पनि ७ वर्ष नै रहेको छ । सिभिलले अन्य कम्पनीका सवारी साधनमा भने ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

नेपाली अटोबजारमा नयाँ ब्राण्डको प्रवेश, रेनो क्विड र डस्टर सार्वजनिक, मूल्य १६ लाख र ३५ लाख

काठमाडौं, १३ भदौं । फ्रान्सेली बहुदेशीय अटोमोबाइल कम्पनी रेनोका कारहरु नेपाली बजारमा प्रवेश गरेको छ । व्यावसायिक समूह विशाल ग्रुप अन्तरगतको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरु भित्र्याएको छ । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र विशाल ग्रुपका निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । उक्त कार्यक्रममा बोल्दै सुमित सहानीले भने,ूरेनो द्रूत गतिमा अगाडि बढिरहेको विश्वव्यापी अटोमोटिभ ब्राण्ड हो । हामीले रेनो ब्राण्डलाई सार्क क्षेत्रका महत्वपूर्ण देशहरुमा लैजाने प्रयास गरिरहेका छौं । त्यसैक्रममा हामी नेपालमा पहिलो बितरकको रुपमा एडभान्स अटोमोबाइल्स प्रालिको समूद्घाटन गर्न यहाँ उपस्थित भएका छौं ।’ एडभान्स अटोमोबाइल्स काठमाडौं थापाथलीमा सविधा सम्पन्न शो रुमबाट बिक्री शुरु गरेको जनाएको छ । यस कम्पनीले कालोपुल र परोपकारमा अर्कशप सञ्चालनमा ल्याएको जानकारी दिएको छ । एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले रेनो क्विडको मूल्य १६ लाख र डस्टर ३५ लाख रुपैयाँ पर्ने बताए । उनले रेनो क्विड र डस्टर साँचिक्कै अन्तर्राष्ट्रिय कार भएको बताए । यी गाडी नाडा अटो शो २०७३ मा प्रदर्शनीमा राखिने भएको छ । रेनो समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ । सन् २०१५ मा २८ लाख गाडिहरु १२५ देशहरुमा बिक्री गरेको छ । यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन । विशाल समूह नेपालमा ठूलो व्यवसायिक समूहमध्ये एक हो । यसले समूहले बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस् र बितरणको क्षेत्रमा संलग्न छ

नाडा अटो शोमा नयाँ सवारी साधन ल्याउने प्रतिष्पर्धा, धमाधम नयाँ गाडी सार्वजनिक हुँदै

काठमाडौं, १३ भदौ । भदौ १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं अटो शो हुँदैछ । नजिकिँदै गरेका चाडबाडलाई लक्षित गरेर आयोजना हुँदै आएको अटो शोमा सहभागी अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गर्दैछन् । केहि कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरिसकेका छन् भने केहिले शोकै दौरान सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । टाटाले ल्यायो टिआगो मोटर, मूल्य २२ लाख ५५ हजार रुपैयाँ नजिकिँदै गरेको चाडबाडका अवसरलाई छोपेर आयोजना गरिएको अटो शोको पुर्व सन्धयामा टाटा मोटर्सले नयाँ उत्पादन टिओगो नेपाली बजारमा भित्र्याएको हो । पेट्रोलबाट चल्ने स्पोर्टीज ह्याचव्याक मोडलको यो कारको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेशनल विजनेश हेड जोनी ओम्मेन र नेपालका लागि टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष सौर्य राणाले संयुक्त रुपमा टिआगो सार्वजनिक गरेका थिए । अत्याधुनिक डिजाईन सहित डाइनेमिक ड्राइभिङ सुविधा भएको, उत्कृष्ट फ्युल क्षमताको यो कारमा रिभोटर्न १ दशमलब २ लिटर पेट्रोल इन्जिन रहेको छ । प्रतिलिटर २३ किलोमिटर गुड्ने कम्पनीको दावी छ । हाल एक्सइ, एक्सएम, एक्सजेट तीन डाइनामिक भेरियन्टमा र विभिन्न ६ कलरमा उपलब्ध रहेको सिप्रदी टे«डिङले जनाएको छ । कार बिग्रेमा ४८ घण्टा भित्र मर्मत ग्यारेन्टी गरिएको छ । ४८ घण्टा भित्र कार मर्मत नभएमा मर्मत शुल्क नलिने सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । टिआगोको बजार मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । यो कार सन् २०१६ को फेब्रुअरीमा भारतमा पहिलो पटक बिक्री शुरु गरिएको थियो । हाल यो कार भारतमा मासिक करिब ५ हजार वटा बिक्री हुँदै आएको छ । हाल नेपालमा टाटा मोटर्सका करिब ७५ हजार सवारी सडकमा गुडिरहेको, कमर्शियल भेइकल्सतर्फ टाटाको बजार हिस्सा करिब ८० प्रतिशत रहेको र प्यासेन्जर भेइकल्सतर्फ करिव १४ प्रतिशत हिस्सा टाटाले ओगटेको कम्पनीको दावी छ । रेनाउल्टको डस्टर र क्विड आयो रेनाउल्ट कम्पनीको ह्याच ब्याग सेगमेन्टका कार डस्टर र क्विड नेपाली बजारमा भित्रिएका छन् । रेनाउल्ट इण्डियाका प्रमुख कार्यकारी अधिकृत सुमित सावानीको उपस्थितीमा नेपाली बजारमा भित्र्र्याइको हो । बिशाल ग्रुपको एडभान्स अटोमोबाइल प्रालीले रेनाउल्टको कार नेपाली बजारमा भित्र्याएको हो । अटो शोमा व्यापाक बजारीकरण गर्ने उदश्यसहित रेनाउल्टका कार नेपाल भित्र्याएको एडभान्स अटोमोबाइल प्रालीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले बताए । कियाको स्पोर्टेएज नयाँ लुक्ससहित किया मोटर्सको एसयुभी गाडी स्पोर्टेज नयाँ लुक्ससहित नयाँ भर्सनमा आएको छ । नाडा अटो शोलाई लक्षित गरेर कियाका लागि नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रुपले स्पोर्टएजलाइ नेपाली बजारमा भित्र्याएको हो । यसमा पहिलेभन्दा स्पोर्टी लुक्स थपिएको छ भने सेफ्टी फिचर्सहरु पनि बढाइएको छ । १९९९ सीसीको इञ्जीन छ रहेको कारले शहरी इलाकामा प्रतिलिटर ८ किलोमिटर र राजमार्गहरुमा १२ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । यो कार डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध छन् । यसका ८ वटा भेरियन्टहरु नेपाली बजारमा ल्याएको छ । तीमध्ये पनि पेट्रोल इञ्जिनका ३ वटा भेरियन्ट बजारमा छन् । एलएक्स वान, एलएक्सटु र इएक्स वान पेट्रोल भर्सनका स्पोर्टएज हुन् । त्यसैगरी डिजेल इञ्जिनमा ६ वटा भेरियन्ट उपलब्ध छन् । एलएक्स वान, एलएक्स टु, इएक्स वान, इएक्स टु, इएक्स (अटो ट्रान्समिसन) भेरियन्ट नेपालमा आएको छ । क्रुस कन्ट्रोल, फगलाइट, डे टाइम रनिङ लाइट, १९ इन्चसम्मको एलो ह्वील लगायतका स्पेशल फिचर्सहरु पनि गाडीमा छन् । स्पोर्टएज विभिन्न आठ कलरमा उपलब्धे छन् । क्लीयर ह्वाइट, स्नो ह्वाइट पर्ल, स्पार्किङ सिल्भर, मिरल सिल्भर, पेन्टिया गोल्ड, फेरि रेड, मर्करी ब्लु र चेरि ब्ल्याक रंगमा स्पोर्टेज उपलब्ध छ । पेट्रोल इञ्जिनको एलएक्स वानको बजार मूल्य ७६ लाख ९५ हजार रुपैयाँ, एलएक्स टुको ७८ लाख ९५ हजार र र इएक्स वानको ७९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । डिजेल इञ्जिन तर्फ भने एलएक्स वानको मूल्य ९२ लाख ९५ हजार रुपैयाँ, एलएक्स टुको ८४ लाख ९५ हजार, इएक्स वानको ८५ लाख ९५ हजार, इएक्स टुको ८७ लाख ९५ हजार र इएक्स (अटो ट्रान्समिसन)को ८९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । डाट्सुन रेडी गो कार नेपाली बजारमा, १३ लाख ९९ हजार मूल्य डाट्सुनको रेडी गो कार नेपाली बजारमा साउन ११ गते नै भित्रिएको हो । साधारण आम्दानी भएका नेपालीहरुलाई समेत कार चढ्ने अवसर प्रदान गर्न भन्दै डाट्सुनको रेडी गो कार नेपाली बजारमा भित्र्याएको पायोनियर मोटो कर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले बताए । नयाँ कारको मुल्य जम्मा १३ लाख ९९ हजार तोकिएको छ । विभिन्न पाँच रंगमा उपलब्ध हुने डाट्सुन रेडी गो कारले न्युनतम इन्धन खपत दिनेछ । यो कार सेतो, सिल्भर, ग्रे, रुबी र लाइम रंगमा उपलब्ध छन् । प्रतिलिटर २५ दशमलब १७ किलोमिटरको माइलेज, वृहत सेफ्टी प्याकेज, ३० हजार किलोमिटरको वारेन्टी सुबिधा रहेको छ । दुई वर्षअघि देखि नेपाली बजारमा भित्रिएका डाट्सुनका ८ सय वटा कार बिक्रि भैसकेका छन् । पायोनियर मोटोकर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले न्युन आय भएका नेपालीहरुका लागि समेत अब कार चढ्ने सपना पुरा हुने बताए । मासिक २५र३० हजारको आम्दानी गर्ने नेपालीहरुका लागि पनि कार चढ्ने कुरा कठिन नहुने उनलको दावी छ । हाल डाट्सुनले देशभरका १० वटा डिलरबाट कार बेच्दै आएको छ । जापानी कम्पनीको डाट्सुन कार ८ सय सिसीमा उपलब्ध छ । अशोक लेलैण्डको प्यासेजर भेइकल आउँदै नाडा अटो शो २०७३ मै आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था एलटी ईन्टरप्राईजेजले अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरु भित्र्याउँदैछ । यु२५१८ टिपर र लाइट कमर्सियल भेइकल दोस्त ल्याउन लागेको हो ।   नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न लगानी कर्ताहरुको मन जित्न सफल मानिएको दोस्त प्यासेञ्जर नामक अर्को एसीभी गाडीको सफ्ट लञ्च गर्दैछ । त्यसको बुकिङ पनि आरम्भ हुँदैछ । त्यसैगरि अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्टअन्तर्गतको नयाँ गाडी सनसाइन स्कुल बसको पनि अटो शोमै कन्सेप्ट लञ्च गरिँदैछ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु भित्रिने जानकारी दिए । टोयोटाको इनोभा आउँदै टोयोटा कम्पनीको आधिकारीक नेपाल बिक्रेता युनाटेड टे«डर्स सीण्डीकेटले टोयोटाको इनोभा एसयुभी कार बजारमा ल्याउँदैछ । नाडा अटो शोकै दौरान सो कार सार्वजनिक गरिने कम्पनीले जनाएको छ । हुण्डाइको टक्सान नयाँ मोडलमा यसैबिच, हुण्डाईले नेपाली बजारमा राम्रो हिस्सा ओगट्न सफल टक्सान कारको नयाँ मोडल अटो शोकै दौरान सार्वजनिक गर्ने जनाएको छ । आइसरको प्रो सेरिज पनि नयाँ मोडलमा आइसर मोटर्सको नेपाली बिक्रेता बतास अर्गनाईजेसनले आइसर प्रो सेरिजिका सवारी साधनको नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । करिब छ महिना पहिले नै प्रो सेरिज नेपाली बजारमा भित्र्याएको कम्पनीले त्यसको सफलतासँगै नयाँ मोडलमा ल्याउन लागिएको जनाएको छ । नेपाली बजारमा उपस्थिती जनाएका अधिकांश कम्पनीहरुले कुनै न कुनै प्रडक्ट सार्वजनिक गर्ने तयारी गरिरहेको नाडाले जनाएको छ ।  नेपालमा गत आर्थिक वर्षमा ६५ अर्ब ६९ करोड मुल्य बराबरका सवारी साधन तथा तिनका पार्टपुर्जा आयात भएको थियो । नेपाली सडकमा २३ लाख ३९ हजार एक सय ६९ वटा सवारी साधन गुडिरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

अब उद्योग विभागका सम्पूर्ण सेवा अटोमेशनमा, सेवा सञ्चालन गर्न आईएफसीको सहयोग

काठमाडौं, १२ भदौ । उद्योग विभागले आफ्ना सम्पूर्ण सेवालाई अटोमेशन (कम्प्युटर तथा अनलाइनमा प्रणालीमा आधारित) मा जाने भएको छ । अघिल्लो आर्थिक वर्षमा औपचारिक रूपमा अनलाइन सेवा सञ्चालनमा ल्याउने तयारी गरेपनि विभिन्न कारणले रोकिएको अटोमेशनको जडान कार्य करिब सम्पन्न भएको विभागले जानकारी दिएको छ । हार्डवेयर ढिलो गरी प्राप्त भएको भन्दै अटोमेशन सेवा भदौदेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी शुर गरेको हो । आवश्यक उपकरण जडानको काम सम्पन्न भएर हाल उक्त सेवाको परीक्षण भइरहेको छ । कर्मचारीको दक्षता अभिवृद्धिलगायत कामसमेत अगाडि बढिरहेको उद्योग मन्त्रालयकी प्रवक्ता यम कुमारी खतिवडाले जानकारी दिइन । मन्त्रालयका अनुसार सेवाग्राहीहरूलाई सहज सेवा प्रवाह गर्नका लागि सम्पूर्ण प्रशासनिक काम सरलीकरण गर्दै व्यावसायिक लागत सूचकहरू सुधार गर्ने उद्देश्यले अनलाइन सेवा सञ्चालनमा ल्याउन लागिएको हो । अनलाइन सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेका खतिवडाको भनाइ छ । उनका अनुसार विभागले गत वैशाखदेखि परिमार्जित रूपमा नयाँ ‘डायनामिक वेबसाइट’समेत सञ्चालनमा ल्याइसकेको छ । ‘अनलाइन सेवाका लागि लगभग सबै तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन्, ‘यसबाट विदेशी लगानीकर्ता आकर्षित हुनुका साथै विभागबाट प्रदान गरिने सेवा थप व्यवस्थित हुनेछ ।’ सरकारको सबै सरकारी कार्यालय तथा निकायलाई ‘पेपर लेस’ प्रणालीमा लैजाने तयारी स्वरुप विभागमा यो कार्यक्रम लागू गरिएको हो । विभागका सम्पूर्ण सेवालाई क्रमशः सूचना तथा सञ्चारप्रविधिमा आधारित बनाउने योजनाअनुरूप अनलाइन सेवाको तयारी गरिएको हो । प्रत्यक्ष वैदेशिक लगानी, उद्योग दर्ता, विदेशी लगानीकर्ताको भिसा, शेयर हस्तान्तरण, प्रविधि हस्तान्तरण र ऋण समझदारी स्वीकृतिसँग सम्बन्धित काम अनलाइनबाटै गर्न सकिने विभागले बताएको छ । त्यस्तै, पूँजी क्षमता वृद्धि प्रस्ताव, नामसारी प्रस्ताव, ठाउँसारी एवम् वातावरणीय प्रभाव मूल्याङ्न प्रतिवेदन स्वीकृतिलगायत कामसमेत अनलाइनबाटै गर्ने विभागको तयारी छ । विभागलाई राष्ट्रिय सूचनाप्रविधि केन्द्रको डाटा सेण्टर र कम्पनी रजिष्ट्रारको कार्यालयसँग अप्टिकल फाइबर ‘लिङ्क’ले जडान गर्ने काम भने यस अघिनै सम्पन्न भइसकेको छ । विभागको डाटा सिंहदरबारस्थित डाटा सेण्टरमा रहनेछ । विभागमा ‘कुलिङ सिष्टम’ र ‘ब्याकअप’को अभाव रहेको भन्दै सर्भर कम्पनी रजिष्ट्रारको कार्यालयमा राखिएको हो । विभागबाट अनलाइन सेवा प्रणाली शुरू भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयसँग विभागको ‘इण्टर एजेन्सी कनेक्टिभिटी’ स्थापित हुनेछ । त्यसमार्फत दुई निकायबीच आवश्यक समन्वय तथा कार्य सम्पादनको काम अनलाइनबाट नै गर्न सकिने छ । विभागमा दर्ता भएका कम्पनीलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा छुट्टै कागजात पेश गर्नुपर्ने झन्झट हुने छैन । कम्पनी रजिष्ट्रारको कार्यालयमा भने यसअघि नै अनलाइन प्रणाली सञ्चालनमा आइसकेको छ । यद्यपि राजस्व बुझाउन र कागजात प्रमाणित गर्न सेवाग्राही स्वयम् विभागमा उपस्थित हुनुपर्ने बाध्यता भने रहने छ । डिजिटल’ हस्ताक्षर र ‘ई–पेमेण्ट’को सहज व्यवस्था नभएसम्म विभाग र सेवाग्राहीबीच शतप्रतिशत ‘भर्चुअल’ सम्पर्क स्थापित गर्न कठिन भने रहने छ । हाल विदेशी लगानी शाखा र अनुमति शाखाको स्क्यानिङको काम सम्पन्न भइसकेको छ । प्रशासन शाखा र औद्योगिक सम्पत्ति शाखाको स्क्यानिङको काम भने बाँकी छ । बाँकी स्क्यानिङको कामसमेत क्रमशः सम्पन्न गर्ने तयारी भइरहेको छ । सेवा सञ्चालन गर्न आईएफसीको सहयोग अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को सहयोगमा विभागमा अनलाइन ‘अटोमेशन’को काम शुरू भएको हो । उक्त परियोजनामा आईएफसीको डेढ करोड रुपैयाँ अनुदान तथा नेपाल सरकारको ५० लाख रुपैयाँ लगानी गरिएको छ । विभागको अनलाइन सेवाका लागि आवश्यक सफ्टवेयर आईएफसीको सहयोगमा योमरी कम्पनीले नेपालमै तयार गरेको हो । अनलाइन प्रणाली शुरू भएपछिको ६ महीनासम्म आईएफसीले प्राविधिक सहयोगसमेत उपलब्ध गराउनेछ । परम्परागत ढङ्गले कागजी माध्यमबाट काम गर्दै आइरहेका कर्मचारीलाई अनलाइन सेवा दिनसक्ने गरी आवश्यक तालीम दिने कामसमेत आईएफसीको सहयोगमा योमरी कम्पनीले दिन शुरू गरेको छ । विभागका अनुसार वैदेशिक लगानी शाखाका कर्मचारीलाई प्राविधिक तालीम दिने काम सकिएको छ । ‘त्यसबाहेक अन्य शाखाका कर्मचारीलाई तालीम दिँदै गइरहेका विभाग बताउँछ । विभागका प्राविधिकहरूले भने यसअघि नै भारतमा तालिम लिएका थिए ।

अटोमोबाइलको बजार ३५ प्रतिशतले बढिरहेको छ–अञ्जन श्रेष्ठ

अञ्जन श्रेष्ठ, अध्यक्ष–नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सवारीहरुको प्रदर्शनी नाडा अटो शो २०१६ हुँदैछ । नाडा अटोमोबाइल्स एशोसिएशनले आयोजना गर्ने उक्त मेलामा नेपालमा बिक्री हुने प्राय सबै सवारी साधन, सवारी सहायक बस्तुहरुको प्रदर्शनी हुने, ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने र २ अर्ब भन्दा बढीका करोबार हुने अनुमान गरिएको छ । मेलाको तयारी कस्तो छ ? मेलाबाट सवारी पारखीले के पाउने छन् ? प्रस्तुत छ, नाडा अटोमोवाइल्स एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा उठेका प्रश्न र नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले दिएको जवाफको सारः   नाडा अटो शोको तयारी कस्तो छ ? यहि भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं नाडा अटो शोको आयोजना गर्दैछौं । सबै खाले तयारीहरु अन्तिम चरणमा पुगिसकेको छ । सहभागी हुने ब्राण्ड, तिनको लोकेशन लगायतका सबै कुरा निश्चित भैसकेका छन् । अटो शोमा अटोमोबाइल्सका कुन–कुन उत्पादन समेटिँदैछन् ? र कति स्टल रहनेछन् ? मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरु रहने छन् । त्यसमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । साथै, नाडा अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसरिजहरु समावेश गरिनेछन् । कुन–कुन ब्राण्डले सहभागीता जनाउँदैछन् ? नेपाली बजारमा उपस्थितका भएका प्राय सबै ब्राण्डलाई सहभागी गराउने प्रयास गरेका छौं । जस्तो कि चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भक्सवागन र साङयोङ रहेका छन् । त्यस्तै २–पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा रहेका छन् । त्यस्तै, हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । त्यसबाहेक पनि बिभिन्न वित्तीय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहने छ । मेला कस्तो हुने पूर्वानुमान गर्नु भएको छ ? अटोमोवाईल क्षेत्रको यो सबैभन्दा ठूलो मेला हो । ६ दिनसम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरेका छौं । उहाँहरुले मेलामा पक्कै पनि धेरै नयाँ कुरा देख्न पाउनु हुनेछ । गतसाल ४० हजारले अवलोकन गरेका थिए । गत सालको नाडा अटो शो मेलामा १५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसपाली करिब २ अर्बको कारोबार हुने अनुमान गरेका छौं । नाडा अटो शो बेच्ने मात्रै नभएर ब्राण्डिङ गर्ने स्थलका रुपमा पनि स्थापित हुँदै आएको छ । त्यसैले अब वर्षमा दुई पटक अटो शो गर्ने कि भनेर हामीबीच छलफल भैरहेको छ । अर्थतन्त्रमा अटो मोबाइल्स क्षेत्रको योगदान कति छ ? अटो मोबाइल्स क्षेत्र भनेको मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै हो । करिव बर्षेनी पाँच हजार करोड रुपैयाँ बराबर कारोबार हुने गरेको छ । देशको कुल राजस्वमा करिब २० प्रतिशत योगदान अटोमोबाइल क्षेत्रले पुर्याएको छ । बीमा बजारमा करिब ४५ प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले नै ओगटेको छ । करिब १७ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अटो मोबाइलको बजार वृद्धिको अवस्था कस्तो छ ? भूकम्प र नाका बन्दीका बाबजुद पनि गत वर्ष ३५ देखि ४० प्रतिशत बजार बढेको थियो । यसपालीमा पनि सोही मात्रामा बजार वृद्धि हुन्छ । यसको स्कोप अझै ठूलो छ, त्यसैले बजार अझै वृद्धि हुन्छ । करको दरमा सधै असन्तुष्ठि व्यक्त गर्दै आउनु भएको छ, किन ? विश्वमै नभएको भन्सार दर हामी कहाँ छ, अटो मोबाइल क्षेत्रमा । अब यसलाई बिलासिताको बस्तुबाट आवश्यक बस्तुका रुपमा मान्यता दिनु पर्छ त्यसका लागि करको दर घटाउनु पर्छ भन्ने हाम्रो माग हो । खास गरी सरकारी अधिकारी तथा नीति निर्माताले अटोमोवाईल क्षेत्रलाई विलासीका बस्तुको रुपमा लिनु भएन । यसलाई बिलासीको बस्तुबाट आवश्यकताका बस्तुका रुपमा परिभाषित गरिनुपर्छ भन्ने हाम्रो माग हो । ५ हजार करोड रुपैयाँको कारोबार हुन्छ भन्नु भयो । यति ठूलो बजार भए पनि नेपालमा नै एसेम्बल गरी मोटर निर्माण किन गर्न सकिएको छैन ? हामी पनि एसेम्बलको काम गर्नु पर्छ भन्ने निष्कर्षमा पुगेको धेरै पहिले नै हो । त्यसका लागि सरकारसँग पनि विशेष सुबिधा माग गर्दै आएका छौं । नेपालमा एसेम्बल गरियो भने त्यसले सहायक कम्पनीहरुको स्थापना गराउँछ र रोजगारीको ठूलो अवसर सृजना हुन्छ । एसेम्बलका लागि सरकारले छोटो समय सुबिधा दियो भने लामो समयसम्म अर्थतन्त्रामा योगदान पुग्छ । यसपालीको बजेट मै केहि सुबिधाका लागि आग्रह गरेका थियौं । तर त्यस्तो सुबिधा केहि पनि आएन् । बजाज मोटर साइकलको एसेम्बल युनिट स्थापना भैसकेको छ । त्यहि छुटको बिषयमा कुरा नमिलेर उत्पादन बजारमा ल्याउन नसकिएको हो । सडक मर्मत तथा सम्भार दस्तुर उठाइँदै आएको छ, तर सडकको दुर्दशा र दुर्घट्ना घटेका छैनन् नि ? सरकारलाई सडक मर्मत तथा सम्भार दस्तुर लिन र त्यस कोषले सडक मर्मत गर्न हामीले नै सरकारलाई सुझाव दिएका हौं । तर सरकारले त्यो शिर्षकमा रकम उठाए पनि काम गरेन । सुरुमा दुई प्रतिशत, त्यसपछि पाँच प्रतिशत हुँदै यसपाली ७ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर पुर्याएको छ । त्यो रकम राजश्व खातामा हालेको देखिन्छ । अब त्यो ७ प्रतिशत दस्तुर छुट्टै कोष बनाएर सडक मर्मतमा खर्च गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । ट्राफिक व्यवस्थापनमा पनि सोही कोषको केहि रकम खर्च गर्न सकिन्छ । नेपालमा यतिबेला सडक विस्तारको काम द्रुतगतिमा अघि बढेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण छिचोल्ने सडक करिडोरहरुको काम अघि बढेसँगै त्यसको पुष्टि हुन्छ । तर त्यसको गुणस्तर मापनको उपयुक्त विधि अबलम्बन गरिनु आवश्यक छ ।

भदौं १४ गतेदेखि ११ औं नाडा अटो शो, २ अर्बको कारोबार गर्ने लक्ष्य

काठमाडौं, ५ भदौं । भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं नाटा अटो शोको आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपालको आयोजना र सर्भो लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ । नाडा अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसोरिजहरु समावेश गरिनेछन् । शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ । मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरू रहने छन् । शोमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भल्कसवागेन र साङयोङ रहेका छन् । त्यस्तै २–पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा रहेका छन् । त्यस्तै, हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । अटो शोमा बिभिन्न वित्तिय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको पनि सहभागिता रहने छ । ६ दिन सम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने २ अर्बको कारोबार हुने अनुमान गरिएको छ । नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले नाडा अटो शोले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने बताए । उनले कुल राजश्वमा ठुलो हिस्सा ओगटेको अटोमोबाइल्स क्षेत्रलाई बिलासिताको बस्तुबाट आवश्यकताको वस्तुका रुपमा मान्यता दिनुपर्नेमा पनि जोड दिए ।

सिप्रदी अटोपार्टसद्धारा च्याम्पियन मिट सम्पन्न

काठमाडौं, २३ साउन । सिप्रदी अटोपार्टस् प्रालिले काठमाडौँका च्यापियन मिट २०१६ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको वार्षिक योजना अन्तर्गत सिप्रदीले अधिराज्य भरि रहेका आफ्नो अधिकारीक खुद्रा विक्रेताहरुलाई काठमाडौँ स्थित हायात होटलमा च्याम्पियन मिट सम्पन्न गरेको हो । सो कार्यक्रममा कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका उपाध्यक्ष राजेशप्रसाद गिरिले कम्पनिको आगामी योजनाको बारेमा सहभागिहरुलाई प्रष्ट पारेका थिए । साथै टाटा मोर्टस इण्डियाबाट आएका अभिनास कुमार गुप्ता, ग्लोवल हेड (पार्टस् एण्ड एग्रिगेट्सले) टाटा मोर्टसको नेपालमा आगामी रणनितिका बारेमा बताएका थिए । उक्त कार्यक्रममा नेपाल भरी रहेका सिप्रदीसँग आवद्ध उत्कृष्ट रिटेलरहरुलाई विभिन्न २९ विधामा सम्मान कार्यक्रम पनि समावेश गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख – सञ्चालन अधिकृत राजनबाबु श्रेष्ठले कम्पनीले अपनाउने आगामीे रणनितिमा प्रतिवद्धता गरेका छन् ।

साङयोङ मोटर्सको आधिकारिक वितरक आइएमएस मोटर्स् , मोवाइल व्यापारको सफलता पछि अटोमोवाईल व्यापार शुरु 

काठमाडौं, २९ बैशाख । आइएमएस ग्रुप कोरियाको चर्चित अटोमोबाइल कम्पनी साङयोङ मोटर्सको नेपालका लागि आधिकारिक वितरक बनेको छ । आइएमएस मोटर्सले आज लाजिम्पाट उत्तरढोका साङयोङ नयाँ शो रुम खोल्नुको साथै नयाँ लक्जरी कोरियन ब्राण्ड साङयोङका गाडीहरु समेत बिक्री शुरु गरेको छ । उक्त कार्यक्रमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा तथा आइएमएस मोटर्सका प्रमुख कार्यकारी अधिकृत डिकेश मल्होत्राले गरेका छन् । कम्पनीले नयाँ शोरुपमा शोरुमले टिभोली, कोराण्डो, रेक्टोन, क्यारोन, र एक्टयोन नामका लक्जरी कार तथा एसयूभीका मोडलहरु बिक्रीमा राखेको छ । हरेक मोडलमा एवीएस तथा इबीडी स्टिम, अल्ट्रा हाई स्ट्रेन्थ् स्टिलबाट बनेको बडी फ्रेम लगायतका सुविधा छन् ।टिभोलीको बढी बुटस्पेश, डुअल अटोमेटिक ए.सी., एक्टिभ एडब्लुडी, आकर्षक डे–टाइम रनिङ्ग लाइट सुविधा छ । यसको मूल्य ५३ लाख ७५ हजार रुपैयाँ राखिएको छ ।  त्यस्तै कोराल्डोमा ब्लुटुथ कनेक्टिभिटी, सात जनाको सिटिङ्गस्पेश, प्रिमियम लेदर इन्टिरियर, ३ ड्राइभरको सिट मेमोरी लगायत सुविधा छ । यसको मूल्य ७५ लाख २५ हजार रुपैयाँ राखिएको छ । रेक्टोन गाडीमा आकर्षक एचआईडी हेड ल्याम्प्स्, फ्रन्ट् डुअल एयरब्याग सुविधा छ । यसको मूल्य ९९ लाख ७५ हजार रुपैयाँ राखिएको छ । नयाँ स्पोर्ट डिजाइनमा आरामदायी इन्टीरियर, झनै उत्कृष्ट सुरक्षा दिने एक्टयोन स्पोर्टस् गाडीको मूल्य ५५ लाख रुपैयाँ तोकिएको छ । साङयोङका विभिन्न स्थानहरुमा दुई आधिकारिक सर्भिस सेन्टरहरु खोलेको छ । त्यसमा अटो होम प्रा. लि., यूएन पार्क, ललितपुर र अटो भिलेज प्रा. लि.रातोपुल, काठमाडौं रहेका छन् । आइएमएस मोटर्स्ले साङयोङको गाडी खरिद गर्नुहुने पहिलो १४ “विशेष” ग्राहकहरुका लागि स्त्र्mयाच् कुपन मार्पmत विशेष उपहारको पनि योजना राखेको उनले बताए । उक्त आकषर्क उपहारहरु बजाज पल्सर एनएस २००, सामसुङ एस७ एड्ज, सामुसुङ टीभी ४० इन्च तथा वासिङ्ग मेशिनरहेका छन् । साङयोङका गाडी नेपाली बजारमा धेरै वर्ष पहिले भित्रेको हुन् । तर हालसम्म करिव ५०० अटा गाडी मात्र गुडिरहेको छन् । आफूले यो मोटरको बजारीकरण र बिक्री पछिको सेवामा विशेष जोड दिने केही वर्षभित्रै नेपालको अटोमोवाईल क्षेत्रमा उल्लेख्य उपस्थिति जनाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिकेश मलोत्राले बताए । मोवाईल बजारमा नम्वर वान पोजिशनमा रहेको आईएमएसले अटोमोवाईल बजारमा पनि राम्रो स्थान लिन सकिने विश्वास लिएको ग्रुपका अध्यक्ष दीपक मलोत्राले बताए । अटोमोबाइल क्षेत्र एउटा प्रगतिशील उद्योग हो जहाँ नियमित रुपमा प्रोडक्ट इन्नोभेशन तथा टेक्नोलोजीमा उन्नती भइरहन्छ । यस्ता उद्योगहरुको ध्यानाकर्षण आजभोली विकासोन्मुख बजारहरुमा आएको छ । नेपाल पनि डिस्पोजेबल इन्कम तथा जीवनशैलीमा उन्नती हुँदै आएको एक उदाउँदो बजार प्रमाणित भइसकेको छ । नेपालको यहि बजारलाई सम्बोधन गर्ने लक्ष्य लिई आइएमएस ग्रुपले आइएमएस मोटर्स्को स्थापना गरेर अगाडि बढेको उनले बताए ।

अटोमेटेड कारोबार प्रणाली सुरु गर्न नेप्सेलाई बोर्डको निर्देशन, एक बर्षभित्रै सुरु गर्ने नेप्सेको तयारी

काठमाडौं, ३ चैत । नेपाल धितो पत्र बोर्डले अटोमेटेड कारोबार प्रणाली जडान गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तराष्ट्रियस्तरको सेयर बजार निर्माणका लागि अटोमेटेड कारोबार प्रणाली तत्काल जडान गर्न निर्देशन दिईसकेको जानकारी दिएको हो । यस्तो व्यवस्था मार्फत क्रस बोर्डर ट्रेडिङ तथा लिष्टिङ, एनआरएनहरुलाई लगानीको वातावरण तथा अनलाइन कारोबारका लागि समेत सहज हुने बोर्डले विज्ञप्तिमा भनेको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि बिदेशी कम्पनी पनि सूचिकृत हुन सक्छन् । एनआरएनहरुले विदेशमै बसेर नेपालको सेयर बजारमा लगानी गर्न सक्छन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अटोमेटेड प्रणाली विकास सम्बन्धी प्रक्रिया थालिएको बताए । १४ महिना भित्र त्यस्तो प्रणाली विकास गरिसक्ने गरि काम अघि बढेको प्रवक्ता पराजुलीले बताए । सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले बोर्डले भेगमा निर्देशन दिएको बताए । उनले कुनै एउटा बिषयमा ठोस निर्देशन दिनु पर्नेमा जोड दिए । विश्वस्तरीय कारोबार प्रणाली विकास गर्ने मान्यता सकारात्मक भएपनि नेप्सेमा पुर्ण सरकारी स्वामित्व रहुञ्जेल यस्ता प्रबिधी चाँडै भित्रिनेमा उनले आशंका व्यक्त गरे ।

यी हुन नाटा अटो सोमा सार्वजनिक गरिएका नयाँ गाडी

काठमाडौं, २९ भदौं । मंगबारबाट सुरु भएको नाटा अटो मोबाइल सोमा विभिन्न कम्पनीले नयाँ प्रडक्ट सार्वजनिक गरेका छन् । अन्तराष्ट्रियदेखि क्षेत्रीय हुँदै लोकल मार्केट समेत पकड जमाउन सफल कम्पनीहरुले नाडा अटो सोमा अर्थमन्त्री डा. रामशरण महत मार्फत आफ्ना प्रडक्ट सार्वजनिक गरेका हुन् । यसरी नयाँ प्रडक्ट सार्वजनिक गर्ने कम्पनीहरुमो टोयोटा, होण्डा, सुजुकी र टाटा कम्पनी छन् । टोयोटाले इटिओस क्रस डिजेल नामको कार सार्वजनिक गरेको हो । यसको मूल्य ४४ लाख ४५ हजार रुपैयाँ पर्छ । हेण्डाले नयाँ ज्याज कार भित्र्याएको छ । यसको मूल्यभने २८ लाख ३४ हजारदेखि ३९ लाख २५ हजार रुपैयाँसम्म पर्छन् । सुजुकीले एस क्रस र अल्टो के १० भित्र्याएको छ । एस क्रसको ३८ लाख ९९ हजारदेखि ६१ लख ९९ हजारसम्म पर्छन् । यी कारण बिभिन्न सिसि क्षमतामा उपलब्ध हुनेछन् । अल्टो के १० को भने १९ लाख ९९ हजार रुपैयाँ पर्छ । यो गाडी ९९८ सीसीमा मात्रै उपलब्ध छ । टाटा मोटर्सको स्टोर्म पनि भित्रिएको छ । २१७९ सीसीको यो कारमा ६३ लिटर इन्धन हाल्न मिल्छ । स्कोडाका पनि दुई वटा कार मंगलबार नै नेपाली बजारमा भित्रिएका छन् । स्कोडाले अक्टाभिया र यती कार सार्वजनिक गरेको हो । अक्टाभियाको बजार मूल्य ७१ लख ९५ हजार र ८१ लख ९५ हजार रुपैयाँ पर्छ । स्कोडा यतीको मूल्यभने ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सबै कम्पनीहरुले नयाँ डिजाईन र नयाँ सुबिधा सहित नेपाली बजारमा आफ्ना उत्पादन प्रवेश गरेको दावी गरेका छन् ।

नाडा अटो शोले अर्थतन्त्रलाई गतिशिल बनाउन मद्दत गर्छ-दाहाल

शम्भुप्रसाद दाहाल, संयोजक, नाडा अटो शो २०१५ यतिबेला नाडा अटो शो आयोजना गर्न उपयुक्त समय हो ? नेपाल अटोमोवाईल डिलर्स एशोसिएशनले भदौं २९ देखि असोज ३ गतेसम्म नाडा अटो शो २०१५ आयोजना गर्दैछ । यो एक दमै उपयुक्त समय हो । जब मुलुकमा सबै गतिविधि सामान्य अवस्थामा छैनन् भने त्यसलाई सामान्यतर्फ लैजान व्यापार मेला, प्रदर्शनी, सास्कृतिक महोत्सव गरिनुपर्छ । यस्ता गतिविधिले मानिसलाई सक्रिय बनाउँछ । अहिले मान्छेहरुसँग पर्याप्त समय छ । यस्तो समयमा आर्थिक गतिविधि गर्नुपर्छ, मेला, उत्सव गर्नुपर्छ । सबैको जीवनमा सकारात्मक सोचको आवश्यकता छ । चिया बेच्ने नरेन्द्र मोदी त्यतिकै भारतका प्रधानमन्त्री बनेका होईनन् । संकटको घडीमा पनि सकारात्मक सोचको आवश्यकता हुन्छ । समाजमा सकारात्मक सोच प्रवाह गर्नका लागि नै हामीले यस्तो समयमा अटो सोको आयोजना गर्न लागेका हौं । हामीले पनि हात खुट्टा छोड्यौं भने देशमा सकारात्मक सोँच कसले भर्छ ? नाडा अटो शोले ग्ल्यामर र इकानोमिको मिश्रणले समाजमा सकारात्मक सन्देश जान्छ । अटो भनेकै गुड लाईफको प्रतिक हो । मान्छेले आफ्नो आर्थिक हैसियत अनुसारका अटो खरिद गर्दै प्रयोग गर्छन् । अहिले जति हल्ला भैरहेको छ, त्यति नै नाजुक अवस्था छ देशको भन्ने मलाई लाग्दैन । बन्दको केहि प्रभाव पक्कै पर्छ तर धेरै असर गर्दैन । बन्दले अटो शोमा सार्वजनिक गर्ने भनिएका सवारी ल्याउन नै कठिन भएको भनिन्छ नि ? यो विलकुलै असत्य कुरा पनि होइन र सबैमा लागू हुन्छ भन्ने पनि होइन । तराई बन्दले केही कम्पनीका नयाँ प्रडक्ट रोकिएका हुन सक्छन् । टाटाको कुरा गर्नु हुन्छ भने हामीसँग सबै नयाँ प्रडक्ट छन् । ९० प्रतिशत कम्पनीसँग अटो शोका लागि ल्याउने भनिएका नयाँ प्रडक्ट छ भन्ने लाग्छ । हामीले शो मार्फत प्रडक्टहरुको ब्राण्डिङ र एउटै थलोमा बसेर उपभोक्तालाई जानकारी दिने कुरा महत्वपूर्ण हो । मेला केही समयपछि सार्दा उपयुक्त हुन्थ्यो भन्ने विचार पनि आएका छन् नि, किन सारिएन ? दुनियाँमा ओभर रियाक्सन गर्ने मान्छे जहाँ कही हुन्छन् । नाडामा पनि केहि मान्छे ओभर रियाक्सन गर्नेहरु छन् । हामीले धरातलिय अवस्थाको मूल्यांकन गर्नुपर्छ । यो विषयमा हामीले नाडामा पनि लामो छलफल गरेका हौं । टाटाको कार मेला भर्खरै सकियो । त्यो मेला इतिहासको सबै भन्दा सफल मेला रह्यो । मान्छेहरु आर्थिक गतिविधिमा जोडिन चाहान्छन । अहिले दिक्क लाग्ने समय आएको छ, त्यसैले पनि यस्ता मेलामा आवश्यक हुन्छ । गाडीको खरिद/बिक्री भनेको हेर्ने वित्तिकै हुने होइन । एउटा मान्छेले गाडी किन्ने सोचेपछि दुई चार वर्ष अघिदेखि नै योजना बनाईरहेको हुन्छ । मान्छेले गाडीको सपना देखेपछि फण्ड जुटाउन तिर लाग्छ । मान्छेले पहिला सपना देख्छ, त्यसपछि त्यसको कल्पना गर्छ र पछि कार्यान्वयनद्धारा प्राप्ति गर्छ । अटो मोबाइल पनि त्यस्तै हो । अटो शोकै समय अवधिमा संविधान जारी भयो भने नयाँ संविधानको पक्ष र विपक्षमा राजधानीमा जुलुस, नाराबाजी हुने र मेलालाई डिस्ट्रव गर्ने सम्भावना देख्नु हुन्न ? मैले त्यस्तो सम्भावना देखेको छैन । हामीलाई थाहा छ इतिहासका के के भयो ? कसरी त्यसको व्यवस्थापन भयो ? १२४ जातजाति लडेर केहि हुन्न । मैले राजधानीमा अराजकता निम्तिने सम्भावना पटक्कै देखेको छैन । के नाडा आटो शोमा सहभागि हुने व्यवसायीहरु उत्साहित छन् ? बुकिङ खोलेको दुई दिनमा सबै स्टल बुक भए । लक्की ड्रबाट स्टल बेचेका छौं । २८ वटा प्रिमियम स्टल लक्की ड्रबाट बाडेका हौं । एडभान्स पेमेन्टमा स्टल बुक भएका छन् । अटो शोमा उत्पादकहरुको सहभागिता कस्तो रहन्छ ? उत्पादकहरुको सहभागिता बिना अटो शो सफल पार्नै सकिन्न । उनीहरुले आर्थिक, भौतिक र नैतिक सहभगिता र समर्थन रहन्छ । उत्पादकहरुकै मापदण्ड भित्र रहेर सोमा भाग लिने हो । कहिले सबै खर्च उत्पादकले व्यहोर्छ भने कहिले डिलरवाला कम्पनीले व्यहोर्नुपर्छ ।

अटो उद्योग स्थापना गर्न ठूलो लगानी आवश्यकता पर्छ

नेपालको अटो मार्केटको अवस्था कस्तो छ ? नेपालको अटोमार्केटमा प्रचुर सम्भावना र थुप्रै अवसरहरू छन् । त्यसका साथै चुनौती पनि उत्तिकै छ । विश्वका जुन–जुन मुलुकमा अटोमोवाइको विकास भएको छ, ती देशहरू विकसित पनि भएका छन् । तसर्थ अटो व्यवसाय विकासको सम्वाहक हो । अटो मार्केटले एक व्यक्तिलाई स्थानान्तरण गर्न सहयोग गर्नुका साथै इफेक्टीफनेश, इफीसेन्सी र कम्पीटेटिभनेश बढाउन सहयोग गरेको छ । नेपालको हरेक जिल्ला सदरमुकाममा सडक सञ्जाल पुगेको छ । हामीस“ग विभिन्न खालका गरी झन्डै ८० हजार किलोमिटर सडक छन् । पछिल्लो समय पूर्वाधारको विकास बढिरहेको छ । जति पूर्वाधारको विकास हुन्छ उति नै अटो क्षेत्रको विकास हन्छ । तर, नेपालमा त्यसमध्ये ८ हजार किमी जति सडकमात्र राम्रोखालको छ । यसले गर्दा केही समस्या भने उत्पन्न भएको छ । नेपालमा वार्षिकरुपमा अटो मार्केट बढिरहेको छ तर किन व्यवसायीहरूले नेपालमै उत्पादन गर्न सकिरहेका छैनन् ? नेपालको अटो मार्केटको बजार बढे पनि धेरै वटा ब्राण्डका सवारीसाधनको बिक्री भइरहेको छ । धेरै वटा ब्राण्डका गाडीहरू बिक्री हु“दा ठूलो भोलूममा बिक्री भएको देखिएको हो । एउटै मोडलका गाडी यसअनुसार बिक्री हु“दैन । यस्तै, अटो उद्योग स्थापना गर्न ठूलो लगानीको आवश्यकता पर्छ । यो उद्योगका लागि पर्याप्त मात्रामा बिजुलीको आवश्यकता पर्छ । तर, हामीकहा“ दैनिक १२ घण्टाको लोडसेडिङ छ । यस्तैगरी, जग्गा पनि प्रशस्त चाहिन्छ । जग्गा प्राप्तिका लागि स्थानीय अवरोध छ । नेपालमा सवारीसाधनमा निर्माणका लागि आवश्यक दक्ष जनशक्तिको पनि अभाव छ । यस्तै, अटोमोवाइल उद्योग एसम्बलिङ उद्योग हो । एउटा गाडी निर्माणका लागि ६ देखि ७ हजार पार्टपूर्जाहरू जोड्नुपर्छ । तर, नेपालमा एसम्बलिङ उद्योगलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन । सरकारले अटो उद्योगलाई स्थापित हुनेगरी नीतिगतरुपमै छुट्टै व्यवस्था गर्नुपर्छ । यसका लागि आवश्यक पार्टपूर्जा स्वदेशमै बन्ने वातावरण बन्नुपर्छ । उदाहरणका लागि टर्कीमा हुण्डाईले उद्योग स्थापना गर्दा त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री कोरियाबाट लैजान्थ्यो । तर, अहिले ६० प्रतिशत पार्टपूर्जा टर्कीमै बन्न थालेका छन् । यसले देशको कुल ग्राह्स्थ्य उत्पादनमा ठूलो सहयोग पु¥याएको हुन्छ । नेपालमा पनि त्यस्तै वातावरण भएमा मात्र अटो उद्योग खुल्नसक्छ । यस्तै, अटो क्षेत्रमा सरकारले ठूलो मात्रामा कर लगाएको छ । यदि विद्यमान करको दरलाई घटाउने हो भने पनि बिक्रीदर दोब्बरले बढ्नेछ र अटो उद्योग खुल्ने सम्भावना पनि रहन्छ । अहिलेको जस्तै व्यवस्था रहेसम्म नेपालमा अटो उद्योग खुल्न सक्ने अवस्था छैन । नेपालको अटो मार्केटमा व्यवसायीका लागि के–कस्ता नीतिगत समस्याहरू रहेका छन् ? मुख्य कुरा सोचमा परिवर्तन ल्याउनु जरुरी छ । सरकारले अटो मार्केटलाई बिलाशिताको सूचीमा राखेको छ । यो विलाशिताको साधन हो वा होइन छुट्याउनु जरुरी छ । अटो क्षेत्रलाई विलाशिताको सूचीबाट हटाएर मध्यम बर्गमा पु¥याउनु पर्छ । सरकारले सवारीसाधनलाई राजस्वमुखी बनाएर बढी भन्सारदर लगाएको छ । विद्यमान भन्सारदर घटाउनु पर्छ । भन्सारदर घटाउने हो भने मध्यमवर्गमा सवारीसाधनको पहु“च पुग्नुका साथै राजस्व उठौतीदर पनि बढ्नेछ । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)मा गएपछि भन्सारदर घटाउनुपर्नेमा घटाईएको छैन, यसलाई घटाउन नाडाले कसरी लिएको छ ? नेपालको अटो क्षेत्रमा लगाएको भन्सारदर विश्वको सबैभन्दा बढी हो । अन्य देशले सवारीसाधन आयात गर्दा यति धेरै भन्सार लगाएका छैनन् । यसमा सरकार आपैm“ले सोच्नुपर्ने विषय हो । नेपाल डब्लूटीओमा गएपछि अन्य उद्योगलाई सुविधा दि“दैआएको छ । तर, अटो उद्योगलाई चासो दिएको छैन । अरू उद्योगले पाउनुपर्ने सुविधा अटो उद्योगले पनि पाउनुपर्छ । सरकारले सवारीसाधन पूर्णरुपमा आयातित बस्तु भएको र यसमा लाग्दै आएको भन्सारदर घटाउ“दा आयात झन् बढ्ने भएकाले नघटाएको बताउ“दै आएको छ । यसमा नाडाको के धारणा छ ? पछिल्लो २० वर्षको अवधिमा सवारीसाधन दर्ता हुने क्रम ८ सय गुणभन्दा बढीले बृद्धि भएको छ । तर, सोहीअनुरुप सडक सञ्जाल बृद्धि भएको छैन । नेपालमा सार्वजनिक यातायातको न्यून व्यवस्था भएकाले निजी सवारीसाधनको प्रयोग बढीरहेको छ । काठमाडौं उपत्यकाको जनघनत्व दिनानुदिन बढिरहेको छ । यस्तै, सवारीसाधनले कुनै पनि व्यक्तिको इफेक्टीफनेश, इफीसेन्सी र कम्पीटेटिभनेश बढेको छ । जसले गर्दा निजी सवारीसाधन किन्ने क्रम बढीरहेको छ । राज्यले आवश्यकता अनुसार स्रोत र साधनको बा“डफा“ड गर्नुपर्छ । अहिलेले अवस्थामा द्रूत गतिमा सडक विस्तार गर्नुपर्ने बाध्यता छ । सडक विस्तार गर्ने हो भने सवारीसाधन बिक्री अझै बढ्छ । नेपालका कति प्रतिशत जनसंख्याले निजी सवारीसाधन प्रयोग गरिरहेका छन् ? सम्पूर्ण निजी सवारीसाधनको प्रयोग हेर्ने हो भने कुल जनसंख्याको तुलनमा ५ प्रतिशतभन्दा कमले मात्र प्रयोग गरिरहेका छन् । त्यसमा पनि चारपाङ्ग्रे सवारीसाधनको हिस्सा जेरो दशमलव ५ प्रतिशत मात्र छ । अन्य सबै मोटरसाइकल छन् । नेपालको निजी सवारीसाधन प्रयोगकर्ताको संख्या एकदमै न्यून छ । यति न्यून निजी सवारीसाधको प्रयोगकर्ताको संख्या अन्य देशमा छैन होला । कि यस्तो भएको ? सरकारले जुनरुपमा उच्च भन्सारदर लगाउ“दै आएको त्यसअनुसार नेपाली जनताले सवारीसाधन नै किन्न सक्दैनन् । यस्तै, सवारीसाधन किनेर चलाउने ठाउ“ पनि छैन । आगामी दिनमा निजी सावारीसाधन प्रयोगकर्ताको संख्या बढाउन विद्यमान भन्सार महसुल घटाउनुका साथै सडक सञ्जाल बृद्धि गर्नुपर्छ । नेपालमा स्पेयर पार्ट चोरी पैठारी भइरहेको आरोप छ । यसमा नाडाको के धारणा छ ? नाडा जहिले पनि फ्री एण्ड फेयर ट्रेडमा विश्वास राख्छ । सरकारले व्यवसायीलाई फ्रीरुपमा व्यवसाय गर्नसक्ने वातावरण बनाइदिनुपर्छ । केही वर्षअघि गाडीहरूमा विकृति छ भन्ने गुनासो आएपछि नाडाले सरकारस“ग सहकार्य गरेर सवारीसाधनको एमआरपी प्रकाशित गर्दैआएको छ । उक्त व्यवस्था सफल पनि भएको छ । स्पेयर पार्टमा केही विकृति भने छ । यसो हुनुको मुख्य कारण भारतस“गको खुला सिमाना हो । यस्तै, सरकारले पार्टपूर्जामा पनि उच्च भन्सारदर लगाउ“दै आएको छ । जसले गर्दा चोरी पैठारीलाई प्रोत्साहन गरेको छ । स्पेयर पार्टको चोरी–पैठारी कम गर्न नाडाले सरकारलाई भन्सारदर घटाउन आग्रह गर्दैआएको छ । तर, यसमा सुनुवाई भएको छैन । नेपालमा जेन्यूयन, ओरजिनल र नक्कली गरी तीन प्रकारको स्पेयर्स पार्ट भित्रिरहेका छन् । सरकारको गलत नीतिका कारण नक्कली स्पेयर्स पार्टको बिक्री बढी भइरहेको छ । यदि स्पेयर पार्टस्मा लाग्दैआएको भन्सार दर घटाउने हो भने नक्कली स्पेयर्स पार्टको चोरी–पैठारी घट्नुका साथै सरकारको राजस्व उठौतीमा पनि बृद्धि हुनेछ । यसले दुर्घटना न्यूनिकरणमा सहयोग गर्छ । स्पयेर्स पार्ट बिक्री गर्ने प्रायः व्यवसायीहरू नाडामा आवद्ध छन् र उनीहरूले नै चोरी–पैठारीका नक्कली पार्टसहरू बिक्री गर्दैआएका छन् । नाडाले यसलाई रोक्न सक्दैन ? नाडास“ग रेगुलेटरी अथोरिटी छैन । नाडाले राम्रो कामको प्रोत्साहन गर्ने काम गरिरहेको छ । नक्कली तथा चोरी पैठारी भएर आउने सवारीसाधनको आयात रोक्ने काम सरकारको हो । पछिल्लो समय सवारी प्रदूषण मापदण्ड २०६९ आएको छ । यसको कार्यान्वयनको अवस्था चाही“ कस्तो छ ? मापदण्ड निर्माणपछि आयातमा एकदमै कडाइका साथ कार्यान्वयन भएको छ । तर, मापदण्ड आउनुभन्दा अघिका एकदमै पुराना सवारीसाधन हटाउनेजस्ता विषयमा भने कुनै पनि कार्यान्वयन भएको छैन । २०५६ सालको सवारी प्रदूषण मापदण्डले यूरो १ को मात्र सवारीसाधन आयात गर्न मिल्थ्यो । तर, नेपालमा यूरो १ मापदण्ड नै नभएका झन्डै ३ लाख सवारीसाधन चलिरहेका छन् । यसको उचित व्यवस्थापन गरिनुपर्छ । नेपालमा सावारीसाधले प्रदूषण ग¥यो भन्ने आरोपछ । तर, त्यसमा प्रयोग हुने उपयुक्त खालका पेट्रोलियम पदार्थ आयात भएको छैन । यसले गर्दा प्रदूषण बढेको छ । नेपालको लुब्रिकेन्ट्स उद्योग हेर्दा ३ अर्बभन्दा बढी लगानी भइरहेको छ । ती उद्योगहरू पूmल फेजमा सञ्चालन गर्ने हो भने नेपालका लागि आवश्यक लुब्रिकेन्ट्स उत्पादन गर्न सक्ने क्षमता छ । तर, बजार हिस्सा हेर्दा नेपाली उत्पादनको प्रतिनिधित्व ३० प्रतिशतमात्र छ । किन यस्तो भइरहेको छ ? पछिल्लो समय नेपाली लुब्रिकेन्ट्स उद्योगको बजार क्रमशः बढीरहेको छ । उद्योगी व्यवसायीहरू पनि उत्साहित छन् । तर, सरकारले लुब्रिकेन्ट्स उत्पादका लागि आवश्यक कच्चा पदार्थ बेस आयल आयातमा बढी भन्सारदर लगाएको छ । जसले गर्दा विदेशी उत्पादनस“ग प्रतिस्पर्धा गर्न कठिन भएको छ । यसमा सरकारले सोच्नुपर्ने हुन्छ । अर्कोतर्फ नेपालमा वर्षोदेखि विभिन्न विदेशी ब्राण्डका लुब्रिकेन्टसको वर्सच्व छ । यसलाई प्रतिस्थापन गर्न केही समय लाग्छ ।

अटोमोवाईल क्षेत्र उत्साहित भएको छ 

नेपालको व्यापारिक क्षेत्रमा अटोमोवाईलको हिस्सा निकै ठूलो छ । पछिल्लो सयममा अटोमोवाईल क्षेत्रको विस्तार उत्साहजनक भएको व्यवसायीहरुले बताएका छन् । अटोमोवाईल क्षेत्रको वार्षिक उत्सवको रुपमा आयोजना गरिने नाडा अटो शो २०७१ यही भाद्र १८ गतेदेखि २२ गते सम्म काठमाण्डौको भृकुटी मण्डपमा हुँदैछ । जहाँ सवारी साधन, पार्टपुर्जा तथा अन्य एसेसरीजहरूको प्रदर्शनी हुँदैछ । प्रस्तुत छ, उक्त मेलाको संयोजक तथा सिप्रदी ट्रेडिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालसँग नाडा आटो शो र अटो बजारबारे गरिएको विकास वहस यस अंकमा । नाडा अटो शो २०७१ को तयारी कस्तो छ ? तयारी सन्तोषजनक छ । यस पटक हाम्रो ध्यान व्यवस्थापनलाई पनि चुस्त बनाउने र प्रदर्शनीमा भाग लिनेलाई पनि उत्साहित बनाउनेतर्फ केन्द्रीत छ । सहभागीहरु निकै उत्साहित छन् । प्रदर्शनी बुकिङ गरेको दुई दिनभित्रै प्रमुख सबै स्टल बुकिङ भए । प्रदर्शनीमा भाग लिनेहरुलाई केले उत्साहित बनाएको छ ? व्यवस्थापन समितिले राम्रो काम गरेर नै हुनुपर्छ । हामीले पारदर्शि रुपमा काम गरेका छौं । बोल्नको लागि मात्र पारदर्शि होइन, काममा पनि पारदर्शि छ । मुखले एउटा भन्ने, व्यवहार अर्को गर्ने गर्दैनौं । हलभित्रको मुख्य स्टल लिन सबैको चाहाना हुने । पाउने दङ्ग, नपाउने रिसाउने । मिलोमत्तो भयो, आफ्नोलाई राम्रो ठाउँ दियो भन्ने गुनासा आउँथे पहिला । यसपाली हामीले चिठ्ठा प्रथाबाट स्टल बाँढफाँढ ग¥यौं । त्यसमा सबै साथीहरुले सहमति जनाउनु भयो । सबै खुशी हुनुहुन्छ । कस्ता सवारीहरुको प्रदर्शनी हुनेछ ? यस पटक ५३ वटा कम्पनीहरूले विभिन्न योजनाहरू सहित सवारी साधन, सवारी साधन जन्य वस्तु तथा अन्य सेवाहरू प्रदर्शन गर्ने छन् । पा“च दिनसम्म चल्ने नाडा अटो शो २०७१ मा १२ वटा ब्राडका ४–पाङग्रे तथा ११ वटा ब्राण्डका २– पाङग्रेसवारी साधनहरू रहने छन् । प्रदर्शनीमा वित्तिय संस्था, नयाँ प्राविधिक विकास, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, जेनेरेटर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जस्मा नेपालमै उत्पादित सामग्रीहरू समेत रहने छन् । विगतमा वर्षहरुमा नेपालमा स्थापित ब्राण्डहरु नै नाडा अटो शोमा देख्न पाईदैन थियो । यस पटक देख्न पाईन्छ ? हो, विगतमा टोयटा लगायत केही नेपालमा स्थापित ब्राण्डहरु सहभागी भएनन् । यसपटक टोयटा, निशान, हुण्डाई, महिन्द्रा, सुजुकी, मारुती लगायत ९९ प्रतिशत ब्राण्डका चार पाङ्ग्रे सवारी प्रदर्शनीमा राखिनेछ । नेपालमा बिक्री वितरण हुने १०० प्रतिशत २ पाङ्ग्रे सवारीको प्रर्दशनी यस मेलामा हुने छ । भृकुटी मण्डप प्रदर्शनी स्थलको लगभग ८ हजार ५ हजार वर्ग फिट क्षेत्रफलमा साना ठूला गरि १०० स्टलहरू रहने छन् । प्रदर्शनी क्षेत्रमा २– पाङग्रे, ४– पाङग्रे तथा कमशिर्यल गाडीहरूको छुट्टा–छुट्टै ठा“उहरू बनाइएको छ । अवलोकनकर्ताहरू रुची अनुसार ती ठा“उहरूमा आफुले खोजेको सवारी साधनहरूको अवलोकन तथा जानकारी लिन सक्ने छन् । यो प्रदर्शनी हेर्न आउने ग्राहक तथा गाडी प्रेमीहरूलाई पनि हामी उत्साहित नै बनाउने छौं । किनकी कुनै पनि महत्वपूर्ण ब्राण्ड यस प्रर्दशनीमा छुट्ने छैन । प्रदर्शनीको अवलोकन अवस्था कस्तो रहला ? ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका गरिएको छ । नाडा अटो शो २०७१ अवलोकन गर्न आउनेहरूमा सर्वसाधरण बाहेक अटो उद्योगीहरू, व्यापारीहरू, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुनेछन् । तर हामीलाई प्रदर्शनी स्थल नै सानो भयो । हामीलाई कम्तिमा २५ हजार वर्गफिट क्षेत्रफल आवश्यक हुन्छ । प्रर्दशनी स्थलको अभाव सबैले महसुस गरेका छन् । निजी क्षेत्रले प्रर्दशनी स्थल बनाएर चलाउन सक्दैन ? धेरै पुरुषार्थी मान्छे चाहिन्छ । मेरो एक जना साथी चन्द्र योञ्जन ८० करोड लगानी गर्न भनेर अष्ट्रेलियाको मेलबनबाट आउनु भएको थियो । उहाँले यहाँ के थाहा पाउनुभयो भने यहाँ सिप्रर्दी पनि बन्द हुँदो रहेछ, कान्तिपुर पनि बन्द हुँदो रहेछ, गोदावरी रिपोर्ट पनि बन्द हुँदो रहेछ । ट्रेड यूनियनको समस्या ठूलो देख्नुभयो । यहाँ कसैले ठूलो लगानी गरेर प्रर्दशनी स्थल बनाउने भन्यो भने नेता, कार्यकर्ता, व्यूरोक्र्याट्, स्थानीयबासी सबैलाई पीढा हुन्छ । फलानो धनी हुनेभयो । सबलाई डाहा हुन्छ । हामीले सिमरामा उद्योग राख्न खोज्यौ । वाल लगाउन ६ महिना लाग्यो । पश्चिममा ६० विगाह जमिन लियौं । त्यहाँ पनि समस्या आयो । त्यसपछि हिमाञ्चल प्रदेशमा अध्ययन गर्न गयौं । १०० वर्षको लिजमा सरकारले जमिन दिन्छ । पानी, विजुली सुविधा छ । अनि हामीले कसरी प्रतिस्प्रर्धा गर्ने ? विदेशमा लगानीकर्ताको सम्पूर्ण सुरक्षा सरकारले गर्छ । नेपालमा लगानीकर्ता सबैतिरबाट असुरक्षीत हुनुपर्छ । अनि यहाँ ठूलो लगानी कसले गर्ने ? नाडा अटो शो परम्परा धान्न, सचिवालयलाई आम्दानी गर्न मात्र गरिन्छ कि यो क्षेत्रको विकासमा पनि यसले योगदान गरेको हुन्छ ? नाडाको सचिवलयको खर्च जुटाउन पनि हो । अटो मोवाईल क्षेत्रका विकास गर्न पनि हो । सबैको फाइदाको लागि हो । नोक्सान खाना कोही पनि नाडा अटो शोमा भाग लिन आउँदैनन् । फाइदाको लागि काम गर्ने हो । ग्राहकलाई सेवा नदिई फाइदा पनि हुँदैन । नाडा अटो शो व्यापारिक प्रयोजनका लागि हो कि सामूहिक हितका लागि सामाजिक कार्य हो ? यसमा नाफा पनि छ । सामाजिक हित पनि छ । यस प्रर्दशनीमा बैंक, फाइनान्स, बीमा कम्पनीहरुलाई फाइदा छ । बिक्रेतालाई सोझै फाइदा हुन्छ । एउटा गाडी बिक्री हुँदो ६÷७ जनाको आम्दानी बढी हाल्छ । उपभोक्ताले पनि एकै स्थलमा धेरै प्रकारका सवारीको बारेमा, सेवा प्रदायकहरुले दिने सेवा सुविधाको बारेमा जानकारी पाउनेछन् । अटोमोवाईल क्षेत्रको बजार कस्तो छ ? पछिल्लो वर्षमा धेरे राम्रो छ । गत वर्ष कमर्शियल भेइकल्स ८ हजार ९ सय ९० बिक्री भए । अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी हो । प्यासेन्जर कारमा गत आर्थिक वर्ष ९ हजार ७ सय ३५ वटा बिक्री भए । यो अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले वृद्धि हो । बजारको ग्रोथ राम्रो छ । आगामी दिनमा यसको विस्तार अझै उच्च दरमा हुने विश्वास व्यवसायीको छ । व्यवसायीहरुबीच प्रतिस्प्रर्धा कस्तो छ ? स्वच्छ प्रतिस्प्रर्धा छ । भन्सार छलि, न्यून मूल्याङकनको समस्या छैन । सवारी बिक्री वितरणमा लाग्ने व्यवसायी पनि लब्धप्रतिष्ठत व्यक्ति हुनुहुन्छ । इज्जतको लागि पनि राम्रो काम गर्नुहुन्छ । हाम्रो प्रमोटरहरुले त हामीलाई बारम्बार भन्नुहुन्छ–कर छल्ने उदेश्यले केही पनि काम नगर्नु । स्पेयर्स पार्ट्समा त न्यून मूल्याङकन तथा चोरी पैठारीको समस्या व्यापाक छ नि होइन ? हो, यहाँ नीतिगत नै समस्या छ । स्पेयर्स पार्ट्समा भन्सारदर बढी छ । त्यसलाई घटाउन हामीले सरकारलाई सुझाव दिदै आएका छौं । अहिले नक्कली सामानको प्रयोग ज्यादै कम हुन्छ । चोर्न पनि सजिलो छैन । सिप्रदीको व्यापार अवस्था कस्तो छ ? हामीले गत वर्ष करिव १६ अर्बको करोबार गरेका थियो । यो रकम अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि हो । कमर्शियल गाडीमा कुल बजारको ७१ प्रतिशत हिस्सा टाटाको छ । जीपमा ५७ प्रतिशत बजार हिस्सा छ । प्यासेन्जर कारमा १४ प्रतिशत हिस्सा छ । कारमा पहिलो पोजीशनमा हुण्डाई छ, दोस्रोमा मारुती, तेस्रो पोजीशनमा हामी छौं । हामीले बिक्रीपछिको सेवालाई बढी जोड दिएका छौं । सिप्रदीले पछिल्लो एक वर्षमा १०० करोड रुपैयाँ सेवापछिको सुविधाको लागि खर्च गरिसकेको छ । प्रडक्ट उस्तै उस्तै हो । बिक्रीपछिको सेवा कस्तो छ ? त्यो महत्वपूर्ण हुन्छ । छल्ने डाँट्ने कामले ग्राहक आकर्षित हुँदैनन् । एक पटकको छुट वा चिठ्ठाले पनि ग्राहक आकर्षित हुन छाडिसके ।