फागुन १० गतेदेखि महिन्द्राले लाइफ स्टाइल अटो शो गर्दै, नयाँ गाडी भित्र्याउने

काठमाडौं । नेपालमा पहिलो पटक लाईफ स्टाईल अटो शो ‘महिन्द्राउदय’ २०१९ फेस्टीवल हुने भएको छ । उक्त फेस्टीवल अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको हो । महिन्द्राले यहि फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आफ्नो सबै रेन्जको ग्लोबल मोविलीटी सोलुसनका प्रडक्टहरुको पहिलो पटक लाइफ स्टाइल अटो शो गर्ने भएको छ । उक्त शोमा महिन्द्राले मोविलीटी सोलुसन अन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्शियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म प्रदर्शन गर्ने भएको छ । त्यस्तै, महिन्द्राको विश्वस्तरीय रेन्जका टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरदेखि जेनेरेटर जस्ता प्रोडक्टहरुको प्रदर्शनी हुने छ । नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरु, हेवी कमर्शीयल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्शियल भेइकल अन्तरगत फ्युरीयोको प्रदर्शनी गर्ने भएको छ । त्यसैगरी, उक्त शोमा स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोर ह्वील ड्राइभ ट्याक्टर, सफा हावाको गुणस्तर कायम राख्न प्रतिवद्ध मास मार्केट इलेक्ट्रिक कारहरु–ईटुओ र ईभेरिटोको प्रदर्शनी हुँदै छ । २०.७ बिलीयन अमेरिकी डलरको कम्पनी महिन्द्राले कार्यक्रममा रेसिङ् इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण गर्ने भएको छ । महिन्द्राको एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीन पाङ्ग्रे ईअल्फाको पनि प्रदर्शनी हुने आयोजकले बताएका छन् । यस इभेन्टमा सबै अन्तर्राष्ट्रिय रेन्जका प्रडक्टहरु टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरहरुको प्रदर्शनी हुनेछ । महिन्द्राले नेपालका ग्राहकहरुलाई महिन्द्रा उदय २०१९ फेस्टीभलमार्फत महिन्द्राका प्रडक्टहरुको बारेमा अनुपम अनुभव दिनेछ । यस इभेन्टको डिस्प्लेले महिन्द्राका सवारी साधनहरुको टफ र रग्ड डिएनएको बारेमा अवलोकनकर्ताहरुलाई जानकारी दिनेछ । यस फेस्टीभलमा सवारी साधनहरुको प्रदर्शनी बाहेक नेपालका चर्चित कलाकारहरुको लाइभ प्रफर्मेन्सका साथै ६ वटा भन्दा बढि बिभिन्न भेराइटीका खानाहरुको पनि स्टल रहने आयोजकले जनाएका छन् ।

२ हजार अटो व्यवसायी धर्नामा, दोहोरो करको बिरोध

सुर्खेत । सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा धर्नामा बसेका छन् । उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन् । अटो व्यवसायी खडगबहादुर दर्लामीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा चार हजार ५०० तिरेर पञ्जीकरण गरिसक्दा नगरपालिकाले थप पाँच हजार कर लादेको आरोप लगाउनुभयो । “नगरपालिकाले यति ठूलो कर लगाएर हामी व्यवसायीको ढाड सेक्ने काम गरेको छ”, दर्लामीले भने, “न्यायिक कर लगाएर अटो व्यवसायीलाई व्यवस्थापन गरियोस् ।” व्यवसायीमैत्री कर निर्धारण गर्न राखिएको माग पूरा नगरिए स्थानीय सरकारका विरुद्ध सडक आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वार्षिक रु पाँच हजार व्यावसायिक कर लगाइएको जनाए । “ऐनले स्पष्ट तोकेका आधारमा स्थानीय सरकारले अटो व्यवसायीको सुरक्षा, पार्किङ र व्यवस्थापनका लागि व्यावसायिक कर निर्धारण गरेको छ”, उपप्रमुख ढकालले भनिन्, “यसका लागि हामीले कार्यविधि पनि पारित गरेका छौँ ।” यसअघि दर्ता प्रक्रियामा आउन अटो व्यवसायीलाई सूचना जारी गरिसकेको जनाउँदै उनले व्यवसायीका लिखित गुनासो प्राप्त भएअनुसार नगरसभाबाट सम्बोधन गरिने बताए । हाल सुर्खेतमा दुई हजार २०० अटो सञ्चालन हुँदै आएको व्यवसायीले बताएका छन् ।

सिप्रदी अटोपार्टसको टाटागुरु भेलामा १२० बढी गुरु सहभागी, बिग्रिएका गाडी अब ४ घण्टा भित्रै बनाइसक्ने

काठमाडौं । टाटा मोटर्स् र सिप्रदी अटोपार्टस् प्रा.लि द्धारा टाटा गुरु कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुरदेखि महेन्द्रनगर र पोखरासम्म गरी करीब १२० भन्दा धेरै टाटा गुरुहरुको उपस्थिति रहेको थियो । सिप्रदी अटोपार्टसको प्रतिवद्घता अनुसार टाटा गुरुहरुलाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा गरिएको कार्यविवरण, आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याईने विविध कार्यक्रमहरुका जानकारी दिइएको थियो । कार्यक्रमले टाटा गुरुलाई सिप्रदीअटो पार्टसको पुर्णरुपमा सहयोग रहने र गुरुबाट पनि सहयोगको अपेक्षा रहेको सिप्रदीअटो पार्टसका माहाप्रबन्धक युवराज बुढाथोकीले बताए । सिप्रदीटाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडि बिग्रीएको अधिकतम ४ घण्टाभित्रमा बनाइसक्ने कम्पनीको योजना रहेको छ । जसको लागि टाटागुरुहरुको सहयोगको अपेक्षा रहेको र टाटागुरुलाई सक्षम बनाउन कुनै तरहको पनि सहयोग गर्न आफु तत्पर रहको कुरा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । उक्त कार्यक्रममा अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भटराईले हरेक मेकानिकले बदलिदो प्रविधिलाईलाई छिटो भन्दा छिटो अगिंकार गर्न सक्नुपर्छ भन्दै सम्पुर्ण अटो मेकानिक्सहरुलाई दक्ष बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी अटोमेकानिक्स महासघंका महासचिव ठाकुरप्रसाद न्यौपानैले विभिन्न ठाउँमा सिप्रदीले तालिमका कार्यक्रम संचालन गरी हाम्रा अटो मेकानिक्सहरुलाई सक्षम बनाउन खेलेको भुमिकाको सरहाना गरेका थिए । टाटा गाडिलाई बढी भन्दा बढी जेनयुन पार्टसको प्रयोगमा सहयोग गर्ने टाटा गुरुहरुलाई सम्मान तथा प्रोत्साहान गरीएको थियो । जसमा विशेष सम्मान प्राप्त गर्नेहरुमा, इटहरीका इस्राफील अन्सारी पहिलो, बुटवलका अशोक देवकोटा दोश्रो, महाकालीका विनोद राई तेश्रो, बुटवलका राजकुमार गौतम चौँथो, धनगढिका चतराज पाण्डे पाचौँ र हेटौँडाका गणेश बानिया छैटौँ भएका छन् । साथै सहभागी अन्य गुरुहरुलाई अन्य विधामा सम्मान गरीएको कम्पनीले जनाएको छ ।

भिजि अटोमाबाइल्सको नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ को बिक्री शुरु, मूल्य २ लाख २९ हजार रुपैयाँ

काठमाडौं । नेपालको लागि सुजुकी टु ह्वीलर्सको आधिकारिक आयतकर्ता तथा वितरक भिजि अटोमोबाइल्स प्रा.लि.ले नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ लाई नेपाली बजारमा भित्र्याएको छ । सुजुकीको प्रिमियम स्कूटर समूहमा यो नयाँ संस्करण हो । सुजुकी बर्गम्यान १२५ नेपालमा रहेका सबै सुजुकीशोरुमहरुमा आजबाटसजिलै उपलब्ध छ । यो स्कुटरमा १४ इन्चको आकारको ठूला पाँग्राहरु र ट्युबरहित टायर छन् । सुजुकी बर्गम्यान १२५ मा७५०० आरपिएममा ८.७ बिएचपि उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्रभागमा डिस्क ब्रेक र पछाडिपट्टी ड्रम युनिट रहेका छन् । सुजुकी बर्गम्यान १२४.३ मा रहेको इन्धन ट्याँकमा ५.६ लिटर इन्धन अट्ने क्षमता रहेकाे छ । यसैगरी, यो म्याक्सी स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् भनें हावाको बहाव फेर्ने, क्रोम फिनिसिङ, मध्यवर्ती लक प्रणाली, युएस बिचार्ज गर्ने स्थानएवं पञ्जा राख्ने खण्ड जस्ता विविध सुविधाजनक विशेषताहरु पनि अवस्थित छन् । यो स्कूटर सबै १२५ सिसिका स्कुटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुन सक्दछ । नेपालमा आज(शुक्रबार)बाट बिक्री शुरु भएको यस स्कुटरको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

अटो मेकानिक्स व्यवसायी संघकाे २४ अाैं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन

काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनमा अध्यक्ष ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । न्यौपाने यस अघि महासचिव पदमा कार्यरत थिए । साधारण सभाको उद्घाटन गर्दै मन्त्री विष्टले दक्ष जनशक्तिको अभाव भए तापनि लाखौ नेपाली विदेश पलायन भएको अवस्थामा अटो मेकानिक्स क्षेत्रले हजारौलाई रोजगारी प्रदान गरिरहेको जानकारी दिएकाे छ । आगामी दिनमा आत्म सम्मानका साथ वातावरण निर्माणका लागि सहयोग गर्ने बताए । अटो मेकानिक्सको रोजगारी र सहरको सुन्दरताका लागि सबै वर्कसप एकै स्थानमा उपलब्ध ‘अटोल्यान्ड’ आवश्यक भएको र यसका लागि स्थानीय निकायसँग समन्वय गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद सुवेदी, कोषाध्यक्ष मोहम्मद अस्फाक र सहकोषाध्यक्ष डालप्रसाद भट्टराई छन् । त्यसैगरी सदस्यहरुमा मोहम्मद अयुब, इन्द्रबहादुर प्रधान, बुद्धिकृष्ण गजुरेल, बद्रीकुमार श्रेष्ठ र आस मोहम्मद चयन भएका छन् । बाँकी २ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले देशमा भएका सबै सवारी साधनको गुणस्तरयुक्त तरिकाले मर्मत गर्नका लागि राम्रो वातावरण निर्माण गर्नु पर्ने आवश्यकता भएको र यसका लागि सहकार्य गर्न चेम्बर पनि तयार भएको बताए । अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपक खड्काले वैदेशिक रोजगारीका कारण अटो मेकानिक्स र प्राविधिकहरु विदेश पलायन हुने क्रम बढेकाले यसका लागि देशमा ठूला पूर्वाधार निर्माणको आवश्यकताका साथै महानगर, उपमहानगर र नगरपालिकाहरुमा अटोल्यान्ड निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिए ।

अटोलोन विस्तार हुँदा सेयर कर्जा खुम्चियो, गाडी किन्न बैंकको साढे ३ अर्ब लगानी

काठमाडौं । पछिल्लो समयमा गाडी कर्जा (अटोलोन) विस्तार भएको छ । यस्तै सेयर कर्जा भने घटेको छ । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाको गाडी अटोलोनमा २.१ प्रतिशतले विस्तार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अटोलोन १.४ प्रतिशत मात्र बढेको थियो । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ५३ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९ करोड ८७ लाख रुपैयाँ मात्र अटोलोन प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको कुल १ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ अटोकर्जा प्रवाह भएको छ । अटोलोन विस्तार भइरहदा सेयर कर्जामा भने गिरवाट आएको छ । चालु आर्थिक वर्षको भदौसम्म सेयर कर्जा ०.९ प्रतिशतले घटेको छ । २ महिनामा ३८ करोड ७५ लाख रुपैयाँ मात्र सेयर कर्जा भएको केन्द्रीय बैंकले जनाएको छ ।

मंगलबारदेखि शुरू भएकाे नाडा अटो शाेकाे झलकहरु

काठमाडौं। नाडा अटो शाे २०१८ मंगलबारबाट सुरु भएको छ। ६ दिनसम्म चल्ने अटो शोमा १९ ब्राण्डका चार पाङ्ग्रे तथा २० ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनहरु राखिएका छन्। आयातकर्ता डिलर, उत्पादक तथा विक्रेता गरी यस बर्ष ७१ कम्पनीको सहभागिताका साथै सानाठूला गरी १३४ वटा ब्लक तथा स्टलहरु रहका छन्। अटो शोमा सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजहरु राखिएका छन्। प्रदर्शनीस्थलमा जानका लागि विद्यार्थीलाई १५० रुपैयाँ र बाँकीका लागि २०० रुपैयाँ प्रवेश टिकट मूल्य रहेको छ।

गरिमा बिकास बैंकले १० प्रतिशत व्याजदरमा अटोलोन दिँदै, १२ बर्ष भित्रमा तिरे पुग्ने

काठमाडौं। गरिमा विकास बैंकले यूनाईटेड टेर्डस् सिन्डिकेट्स तथा आधिकारीक डिलरहरुबाट खरिद गरिएका टोयटा व्राण्डका सम्पूर्ण सवारी साधनहरुमा १०.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा (अटोलोन) दिने भएको छ । बैंकले टोयटा गाडी खरिदका लागि १२ वर्षका लागि १४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने भएको हो । यस सम्बन्धमा बैंक र यूनाईटेड टेर्डस्बीच सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल र यूनाईटेडका तर्फबाट महाप्रबन्धक महेशकुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

नाडा अटो शोमै अर्थमन्त्रीले भने-ऋण लिएर गाडी नचढ्नुस्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण लिएर गाडी नचढ्न सुझाव दिएका छन् । नाडा अटो शोमा प्रमुख अतिथीका रुपमा आफ्ना धारणा राख्दै उनले ऋण लिएर गाडी नचढ्न सुझाव दिएका हुन् । ‘’ऋण लिएर गाडी नचढ्नुस, यसले न व्यक्तिलाई फाइदा गर्छ न त देशलाई नै । नगदै तिर्न सक्ने क्षमता बनाएपछि मात्रै गाडी चढ्नुस’, अर्थमन्त्री डा. खतिवडाले भने । नाडा अटो शोमा बैंक तथा वित्तिय संस्थाहरु मार्फत किस्ता बन्दीमा गाडी खरिद हुँदै आएको छ । गाडी बिक्रेता कम्पनीहरुले पनि बैंकहरुसँग सहकार्य गरेर किस्ता बन्दीमा गाडी बेच्दै आएका छन् । ९० प्रतिशत सवारी साधनहरु बैंकबाट ऋण लिएरै खरिद हुने गरेका छन् । हाल बैंकहरुले ३५ प्रतिशत डाउन पेमेन्ट तिरेर गाडीका लागि ऋण दिँदै आएका छन् । अर्थमन्त्रीले नै ऋण लिएर गाडी नचढ्नुस् भनेपछि व्यवसायी तथा बैंकहरु भने झस्किएका छन् । मन्त्री डा. खतिवडाले गोरखकाली टायर उद्योग पुनः सञ्चालनको तयारी भैरहेको बताउँदै सवारी साधनका नक्कली पार्टपूर्जाहरुको आयातमा कडाई गर्ने पनि बताए । उनले अटोमोबाइल क्षेत्रले मुलुकको राजश्वमा १५ प्रतिशत योगदान दिएको बताउँदै त्यस्तो क्षेत्रको विकासमा सरकार सम्वेदनशिल रहेको दावी पनि गरे । मन्त्री खतिवडाले विद्युतिय सवारी साधन र ठूला सवारीहरुको आयातमा सरकारले बिशेष सहुलियत दिएको र त्यस्तो सहुलियतलाई निरन्तर बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले करको दर र दायरा घटाएर देशको विकास गर्ने सिद्धान्त अर्थशास्त्रमा कहिं पनि नभएको समेत स्पष्ट पारे । मन्त्री खतिवडाले आफु स्पष्ट वक्ता भएकाले सत्य मात्रै बोल्ने बताउँदै सत्य कुरा गर्दा गाली गरे सहन तयार परेको पनि बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अटोमोबाइल क्षेत्रप्रति सरकारको दृष्टिकोण नकारात्मक रहेको बताएकी छिन् ।

नाडा अटो शोमा विद्युतीय सवारी आकर्षणको केन्द्र बन्दैछ- निराकार श्रेष्ठ

निराकार श्रेष्ठ, संयोजक- नाडा अटो शो २०१८ नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म सवारी साधनहरुको वृहत प्रदर्शनी नाडा अटो शो २०१८ आयोजना गर्दैछ । मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् र यो प्रदर्शनी विगतमा भन्दा ठूलो र आकर्षक रहने बताइएको छ । के के हुँदैछ यस प्रदर्शनीमा ? मन्दीको सामना गरिरहेको अटोमोवाईल बजारलाई यो मेलाले बुमको दिशामा फर्काउँछ त ? प्रस्तुत छ नाडाका कार्यसमिति सदस्य, नाडा अटो शोका संयोजक र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठसँग गरिएको कुराकानी । नाडा अटो शोको तयारी कस्तो छ ? नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुन लागेको नाडा अटो शो २०१८ को सबै तयारी पुरा भएको छ । मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् । शोमा १९ वटा ब्राण्डका चार पाङग्रे सवारी र २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहने छन् । अटो शोमा नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहनेछ । यस वर्षको मेलाको आकर्षण के के हुन्छन् ? नाडा अटो शो आफैमा नेपालमा हुने अरु प्रदर्शनीभन्दा बृहत हुन्छ । गत वर्षभन्दा यस पटक थप चार ब्राण्डका मोटर साईकल, तीन ब्राण्डको कार थपिएका छन् । मेलाका लागि थप स्पेश आवश्यक भएकोले नयाँ डोम थपेका छौं । यस मेलामा सबैभन्दा बढी आकर्षण विद्युतीय सवारी हुनेछन् । ४/५ वटा कम्पनीले विभिन्न ब्राण्डको विद्युतीय सवारी प्रदर्शनीमा राख्ने तयारी गरेको हामीले जानकारी पाएका छौं । विद्युतीय सवारीहरु कुन कुन कम्पनीहरुले राख्दैछन् ? हुण्डाईले पहिलो पटक विद्युतीय सवारी प्रदर्शनीमा राख्दैछ । त्यस्तै टाटाले पनि पहिलो पटक विद्युतीय सवारी प्रदर्शनीमा राख्न लागेको जानकारीमा आएको छ । महिन्द्रा र कियाले यसअघि नै नेपालमा विद्युतीय कार बिक्री वितरण शुरु गरेको छन् । अरु केही कम्पनीहरुले पनि विद्युतीय सवारी राख्ने तयारीमा छन् । हुण्डाईले कस्तो गाडी ल्याउँदैछ ? हामीले हुण्डाई आयोनिक सार्वजनिक गर्दैछौं । यो सेडान गाडी हो र हुण्डाई कम्पनीको अनुसार फूल चार्जमा २८० किलोमिटरसम्म गुढ्छ । यसको मूल्य नाडा अटो शोमा मात्र घोषणा गर्ने छौं । हुण्डाई आयोनिक प्रदर्शनीमा मात्र राखिन्छ कि बिक्री पनि हुन्छ ? थोरै संख्यामा भित्रियो भने प्रदर्शनीमा मात्र रहने छ र बुकिङ ओपन हुनेछ । अलिबढी संख्यामा आयो भने बिक्रीमा पनि हुन्छन् । विद्युतीय सवारीको आकर्षण कस्तो छ ? विश्वव्यापी रुपमा हेर्दा विद्युतीय सवारीको माग ट्रेन स्पष्ट रुपमा आएको छैन । मानिसहरु वातावरणमैत्री बन्नको लागि, वातावरण प्रदुशणमुक्त बनाउने अभियानमा सहयोग गर्नको लागि विद्युतीय मोटर किनिरहेको छन् कि सरकारले विद्युतीय सवारी किन्नको लागि दिएको सहुलियतबाट लाभ लिन यस्तो गाडी किनिरहेका छन् भन्ने प्रष्ट भईसकेको छैन । हामीले विद्युतीय सवारी चढिरहेका र चढ्न चाहने सर्कलमा सानो सर्भे गरेको थियौं । त्यसमा पनि कोही वातावरणीय पक्षबाट प्रभावित भएको, कोही सरकारी सहुलियतबाट प्रभावित भएको देखियो । सरकारले विद्युतीय सवारीमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट मात्र लगाएकोले नेपालीहरु यसतर्फ आकर्षित भएको देख्छि । ग्लोबल वार्मिङका मुख्य कारणहरुमध्ये सवारीसाधनबाट निष्कने प्रदुषण पनि महत्वपूर्ण फ्याक्टर हो भनेर वातावरणविद्हरुले औल्याएका छन् । विश्वभर ग्लोवल वार्मिङको आवाज बुलन्द हुँदै गर्दा विश्वका धेरै मोटर्स कम्पनीहरुले २०३० देखि २०४० सम्म पेट्रोलियम पदार्थबाट चल्ने मोटर उत्पादन नै बन्द गर्ने घोषणा पनि गरिसकेका छन् । यसै सन्दर्भमा नेपालमा पनि जागरुक उपभोक्ताहरु विद्युतीय सवारीप्रति चनाखो भएको पाईन्छ । विद्युतीय सवारीका चुनौतिहरु के छन् ? १० वर्ष अघिदेखि विद्युतीय मोटरको प्रयोग हुन थालेको युरोपेली देशहरुमा पनि अझै आवश्यक पूर्वाधार बनेको छैन । नेपालमा आवश्यक पूर्वाधार बन्न अझै धेरै वर्ष लाग्न सक्छ । चार्जिङ स्टेशनहरु बन्न शुरु नै भएको छैन । सवारी किन्दा पर्ने लागत र सञ्चालन लागतको विसावले विद्युतीय सवारी सस्तो पर्छ कि महँगो ? सामान्यतया गाडीको आयु १५ देखि २० वर्ष हो । विद्युतीय सवारीको मुख्य चुनौति भनेको ६/७ वर्षको दौरानमा व्याट्री फेर्नुपर्छ । व्याट्री निकै महँगो छ । पेट्रोल डिजेलमा चल्ने सवारीको इन्जिनभन्दा विद्युतीय सवारीको व्याट्री महँगो छ अहिलेको बजारमा । विद्युतीय सवारीको प्रयोग बढ्यो, व्याट्रीको उत्पादन र प्रयोग बढ्यो, प्रविधिमा पनि परिवर्तन आयो भने भविष्यमा व्याट्रीको मूल्य सस्तो पनि पर्न सक्छ तर आजको दिनमा विद्युतीय सवारी भन्दा डिजेट, पेट्रेलबाट चल्ने सवारी नै सस्तो पर्छ । गाडी किनिसकेपछि हुने इन्धन खर्च, पाटपूर्जा फेर्न, मर्मत गर्न आउने खर्च भने विद्युतीय सवारीमा सस्तो पर्छ । वर्षमा १० हजार किलोमिटर गाडी गुडाउनेले ५ वर्षमा ५० हजार किलोमिटर गाडी गुडाउँछ । अहिलेको मूल्यका आधारमा पाँच वर्षमा तेलको खर्च करिब ६ लाख रुपैयाँ आउँछ । विद्युतीय कारमा १ लाख ५० हजार खर्च आउँछ । विद्युतीय कारमा मेकानिकल पार्टस् थोरै हुन्छन् । त्यसैले मेकानिकल पार्टस् फेल हुने चान्स पनि कम हुन्छ । मर्मत र स्पेयर्स पाट्समा पनि खर्च कम हुन्छ । ७ वर्षमा इन्धन र स्पेयर्स पाट्स हुने बचतले नयाँ व्याट्री किन्ने पुग्दैन ? पुग्दैन । व्याट्रीको मूल्य गाडी मूल्यको ३५ देखि ४० प्रतिशत पर्छ । यसको आधारमा विद्युतीय कार महँगो नै पर्छ । त्यसैले विद्युतीय सवारीको बजार विकासको लागि सरकारले दीर्घकालिन योजनासहित पूर्वाधार निर्माणमा काम गर्नुपर्ने देखिएको छ । कस्ता पूर्वाधार निर्माण जरुरी छ ? छिटो व्याट्री चार्जको लागि डिसि चार्जर मेसिन आवश्यक छ । यस्तो मेसिनले फूल चार्ज गर्न करिव एक घण्टा लाग्छ । यस्तो मेसिन चाइनिज किन्यो भने २५ लाख रुपैयाँ पर्छ । यूरोपियन मेरिन ल्यायो भने ४० लाख रुपैयाँ पर्छ । यी मेसिन राख्नको लागि ७० देखि ८० किलोवाट पावरको विद्युत आपूर्ति हुनुपर्छ । त्यसको लागि छुट्टै ट्रान्समिसन आवश्यक हुन्छ । मेसिन राख्ने ठाउँ पनि चाहियो । सबै लागत जोड्दा एउटा डिसि चार्जर राख्न करिव ७० लाख रुपैयाँ लगानी हुन्छ । यसरी राखिएको मेसिनले २४ घण्टामा बढीमा २४ वटा गाडी चार्ज गर्न सक्छ । पेट्रोल पम्पले १२ घण्टामा २०० भन्दा बढी गाडीमा पेट्रोल हाल्न सक्छ भने डिसि चार्जरले १२ घण्टामा १२ वटा गाडीलाई मात्र चार्च गर्न सक्छ । अबको ३/४ वर्षको विद्युत उत्पादन माग भन्दा बढी हुन्छ भनिन्छ । त्यो सम्भव पनि देखिन्छ । तर आपूर्ति व्यवस्था राम्रो छैन । विद्युतीय सवारी चार्ज हुनको लागि कम्तिमा ३२ एम्पीयरको विद्युत जोडिएको हुनुपर्छ । हाल सर्बसाधारणको घरमा १६ एम्पीयरको विजुली जोडिएको हुन्छ । विद्युतीय कार किन्नेले घरमा कस्तो चार्जिङ सिस्टम बनाउनुपर्छ ? त्यसको लागि कति खर्च गर्नुपर्छ ? गाडी किन्दा एउटा चार्जर आउँछ । त्यसबाट फूल चार्ज गर्न ८ देखि १० घण्टा लाग्छ । होम फाष्ट चार्जर किन्न दुई/साढे दुई लाख रुपैयाँ पर्छ । त्यसले ४ देखि ५ घण्टामा फूल चार्ज गर्छ । पावर सप्लाईको भने समस्या हुन सक्छ । गाडी चार्जको लागि छुट्टै वाइरिङ हुनु आवश्यक छ । नाडा अटो शोले बजारमा कस्तो प्रभाव पर्छ ? अटोमावाईल क्षेत्रमा मन्दी छ । ८० प्रतिशत उपभोक्ता बैंकबाट कर्जा लिएर गाडी किन्छन् । गत वर्ष सवारी कर्जा उपलब्ध नभएर पनि समस्या भयो । खुशीको कुरा नाडा अटो शोको सन्दर्भमा बैंकहरुले अटो कर्जाको व्याज घटाउन थालेका छन् । कर्जा लगानी योग्य पुँजी पनि उपलब्ध देखिन्छ । नाडा वा दशैं तिहारको सन्दर्भमा मुख्य बैंकहरुले १० प्रतिशतभन्दा कममा कर्जा लगानी गर्ने देखिएको छ । त्यसले बजारलाई राम्रो सहयोग गर्नेछ । नाडा अटो शोमा उपभोक्ताको लागि कति छनौटको अवसर हुनेछ ? गत वर्षको तुलनामा यस वर्ष ३ वटा नयाँ ब्राण्डका गाडी थपिएका छन्, मोटरसाईकलको ४ वटा नयाँ ब्राण्ड थपिएका छन् । सबैले आकर्षक योजनाहरु तयार गरेका छन्, उपहार राखेका छन् । यसले उपभोक्तालाई पर्याप्त छनौटको अवसर दिनेछ । फेष्टिवलको वातावरण बन्छ । शोरुममा भन्दा नाडा शोमा ग्राहकले के बढी लाभ लिन सक्छन् ? शोमा पर्याप्त छनौटको अवसर हुन्छ । मूल्यमा पनि छुट हुन्छ । निर्णय पनि छिटो हुन्छ । दशैँ तिहारको स्कीमका अतिरिक्त अटो शोको ६ दिन अवधिका लागि अतिरिक्त सुविधा पनि कम्पनीहरुले दिन्छन् ।

भदौं २६ गतेदेखि भृकुटीमण्डपमा १३औं नाडा अटो शो हुँदै, हेभी गाडी नराखिने

काठमाडौं । विभिन्न ब्राण्डका गाडीको प्रवद्र्धन गर्न राजधानीको भृकुटीमण्डपमा १३औं नाडा अटो शोको आयोजना हुने भएको छ । आउँदो भदौं २६ गतेदेखि ३१ गतेसम्म उक्त शोको आयोजना हुन लागेको हो । नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेमेन्ट सर्भिसेजको संयुक्त आयोजना अटो शो आयोजना हुन लागेको हो । अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसरिजहरु समावेश गरिनेछन् । शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ । मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् । शोमा १९ वटा ब्राण्डका चार पाङग्रे, २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहने छन् । चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनो, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भक्सवागन र साङयोङ ब्राण्डका गाडीको प्रदर्शनी हुने छ । ठाउँ अभावले गर्दा हेभी कमर्शियल गाडीहरु यस वर्षको अटो प्रदर्शनमा राख्न नसकिएकाे नाडा अटाे शाेका संयाेजक निराकार श्रेष्ठले बताए । त्यस्तै, २-पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा रहेका छन् । अटो शोमा नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहने छ । ६ दिनसम्म चल्ने नाडा अटो शोमा ६० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अटाे शाेमा प्रवेश शुल्क २०० रूपैयाँ ताेकएकाे छ । टिकटका अाधारमा प्रत्येक दिन लक्की ड्र हुने र भाग्यशाली ग्राहकलार्इ कुलप्याड माेवाइल उपहार दिइने नाडाका कार्यवहाक अध्यक्ष कृण्णप्रसाद दुवालले बताए । मेलामा सुरक्षा, पार्किेङ, व्यवस्थापन राम्राे हुने उनले बताए ।

बैंकले दिने अटोलोन ५० प्रतिशत घट्यो, अब के होला अटो व्यवसाय ?

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएपछि यसको असर सवारीसाधन कर्जा (अटोलोन) मा परेको छ । क्रेडिट क्रन्च भएपछि पछिल्ला वर्ष अटोमा बैंकको लगानी घटेको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थाको सवारी क्षेत्रमा हुने लगानी ५० प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३९ अर्ब २४ करोड रुपैयाँ सवारीसाधनमा लगानी भएको थियो । गत आर्थिक वर्षमा घटेर २१ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष १४.५ प्रतिशतले मात्र अटोलोन वृद्धि भएको छ । अघिल्लो वर्ष सवारीसाधन कर्जा ३५.५ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले अटो लोनलाई सुरक्षित र बढी नाफा हुने क्षेत्रका रुपमा लिने गरेका छन् । व्यवसायिक प्रयोजनका लागि सवारीसाधनमा १८ अर्ब र व्यक्तिगत प्रयोजनका लागि ३ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । हालसम्म १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।बैंकिङ प्रणालीमा क्रेडिट क्रन्च भएपछि पछिल्लो २ वर्षमा बैंकले गाडी खरिदमा दिने कर्जा घट्दै गएकाले यो वर्ष पनि यो व्यवसायका लागि शुभ संकेत देखिएको छैन् । अटो लोन खुम्चिदै गएपनि नेपाली बजारमा नयाँ कम्पनीको प्रवेश भएको छ ।  मंगलबार मात्रै वेलायतमा बनेको एमजी मोटर्सको नयाँ गाडी सार्वजनिक गरिएको छ । नेपालमा टाटा, हुण्डाइ, मारुती सुजिकी, डाट्सन, होण्डा, टोयटा, निसान, मित्सुविसी, इसीजी, किया, सेभरले, स्कोडा र भग्वागसनलगायत ब्राण्डका गाडी बढी बिक्री हुने गरेका छन् । केन्द्रीय बैंकले निजी सवारी साधन खरिद गर्दा मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्था गरेको छ । राज्यलाई बढी कर तिर्ने सवारी साधन क्षेत्रलाई राष्ट्र बैंकले अनुत्पादक भनेको छ । ९० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले लगानी गर्दै आएकोमा त्यसलाई घटाएर ५० प्रतिशतमात्र गर्न पाउने व्यवस्था गरेको छ ।

टाटा मोटर्स र सिप्रदी अटोपार्टसद्धारा टाटा गुरु सम्मेलन, २१ जना गुरुलाई सम्मान

काठमाडौं । टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्रा. लि.ले नेपालमा पहिलो टाटा गुरु सम्मेलनको सफल आयोजना गरेको छ । नेपालमा शुरु गरिएको यस टाटा गुरु सम्मेलनमा टाटा मोटर्सका तर्फबाट जयदीप मटकर (आईबी हेड) ले टाटा जेनुईन पार्टस्को बारेमा गुरुहरुलाई बताएका थिए । सम्मेलनमा मेकानिक्सहरुलाई एकै ठाउँमा भेला गरी टाटा ब्राण्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षित छ भन्ने कुराहरु आफ्ना ग्राहकहरुमा पुर्याउन सफल बनाएकोले उनीहरुलाई थप केही प्राविधिक ज्ञानहरु प्रदान गरिएको छ । साथै, आफ्नो दक्षताको विकास गर्ने अवसर तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरेबापत् सम्मान तथा प्रोत्साहनको कार्यक्रमको रुपमा यस सम्मेलनलाई लिईएको थियो । प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत लगायत सम्पूर्ण उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा टाटा गुरु सम्मेलनमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरुहरुलाई सम्मानित पनि गरिएको थियो । जसमा पूर्व तर्फबाट एरिया वाइज हाईएस्ट प्वाईन्ट कलेक्सन गर्न सफल गुरु ईस्राफिल अन्सारीलाई विशाल पटेल एवं प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीबाट अवार्ड प्रदान गरिएको थियो । त्यस्तै, काठमाडौबाट धर्मा श्रेष्ठलाई बढी प्वाईन्ट कलेक्सन गरेकोमा जयदीप मटकर एवं प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठको हातबाट सम्मान दिलाईएको थियो । साथै, यस कार्यक्रममा २१ जना टाटा गुरुहरुलाई सम्मान गरिएको थियो । टाटा जेनुईन पार्टस्को प्रयोगले हुने चौतर्फी फाईदाहरुलाई मध्यनजर राख्नुनै टाटा गुरुको मुख्य दायित्व हो भन्ने कुरामा जोड गरिएको थियो ।

सवारीसाधान र घरजग्गामा बैंकको लगानी घट्यो, अटोमा मात्रै १४३ प्रतिशत गिरावट

काठमाडौं । सवारी साधान (अटो) र घरजग्गा (रियलस्टेट) कर्जा लगानीमा व्यापक गिरावट आएको छ । गत वर्ष जस्तै यो वर्ष पनि बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि अटो र रियलस्टेट कर्जा लगानी घटेको हो । नेपाल राष्ट्र बैंकले सेयर, सवारी र रियलस्टेट क्षेत्रमा भएको लगानी अनुत्पादक भन्दै प्राथमिकता नदिएपछि लगानी घटेको हो । अटोलोन १४३ प्रतिशत घटेको छ । यस्तै रियलस्टेटतर्फको कर्जा लगानी ३१ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले १६ अर्ब ५६ करोड रुपैयाँ अटोलोन प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब २८ करोड रुपैयाँ अटोलोन प्रवाह भएको थियो । एक वर्षको अवधिमा २३ अर्ब ७१ करोड अटो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी घटेको हो । गत वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले व्यवसायीक सवारी खरिदमा १४ अर्ब ८० करोड र व्यक्तिगत गाडी खरिदमा १ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ मात्र प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । कर्जा संकुचन भएपछि अटोको बजार पनि घटेको छ । चालु आवको बैशाखसम्म रियलस्टेटमा बैंक तथा वित्तीय संस्थाले १३ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेका छन् । गत आवको सोही अवधिमा यस्तो कर्जा १८ अर्ब २५ करोड रुपैयाँ लगानी भएको थियो । यो वर्ष ४ अर्ब ३२ करोड रुपैयाँ घटेको छ । कर्जा लगानीमा आएको कमीले घरजग्गा कारोबार पनि घटेको छ ।  

अटो र रियलस्टेट कर्जामा बैंकको विकर्षण, के होला गाडी र घरजग्गा कारोबार ?

काठमाडौं । बैंकसंग लगानीयोग्य पुँजीको संकट भएपछि सवारीसाधन (अटोलोन) र घरजग्गा कर्जा (रियलस्टेट) लगानीमा गिरावट आएको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने अटोलोन ६१ र घरजग्गा रियलस्टेट १२.४ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले १४ अर्ब ९० करोड रुपैयाँ मात्र अटोलोन प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा बैंकले ३८ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । चालु आवमा अटो लोन वृद्धि दरमा गिरावट आई १० प्रतिशतमा झरेको छ । गत आवमा अटोलोन वृद्धिदर ३५ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले अटो र रियलस्टेट लोनलाई अनुत्पादक क्षेत्र भनेर लगानीमा सीमा लगाएपछि र बैंकसंग पनि क्रेडिट क्रन्च भएपछि यस क्षेत्रमा लगानी गिरवाट आएको हो । यसको प्रत्यक्ष मारमा अटो र रियलस्टेट व्यवसायी परेका छन् । बैंकले थप लगानी नगर्दा गाडी र घरजग्गा कारोबारमा मन्दी नै आएको छ । समीक्षा अवधिमा रियलस्टेट लोन प्रवाह पनि घटेको छ । चालु आवमो ९ महिनामा बैंक तथा वित्तीय संस्थाले यस क्षेत्रमा १४ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेका छन् । गत आवको सोही अवधिमा १६ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी थियो । गत वर्ष रियलस्टेट कर्जा १५.६ प्रतिशत बढेकोमा यो वर्ष घटेर ११.७ प्रतिशत मात्र बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा आवासिय कर्जा ५.३ प्रतिशत घटेको छ । व्यवसायीक भवन र अपार्टमेन्ट कर्जा, ७.८, जग्गाखरिद र प्लटिङ १७ प्रतिशतसम्म बढेको छ ।  

विवेक अटोमोवाइलसद्धारा ‘इ सर्भिस राईड’ र्याली सम्पन्न

काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रा.लि.ले रोयल इन्फिल्ड “इ सर्भिस राईड” र्याली आयोजना गरि सम्पन्न गरेको छ । कम्पनीको शोरुम बालाजुबाट शुरु भएको राईडमा रोयल इन्फिल्डका सर्भिस मेनेजर बिबेक मिश्राले शुभारम्भ गरेका थिए । जुन माछापोखरी, सामखुसी, पानीपोखरी, महाराजगन्ज, बासँबारी, गोल्हृुटार, हात्तिगौडा, बुढानिल्कण्ठ, शिवपुरी हुदैँ काठमाडौंको शिवपुरीमा स्थित ग्रिनभ्याली रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । राइडर रमेश अवालेले रोड क्याप्टेनको भुमिका निभाएका थिए । यस राइडमा ३३ वटा रोयल इन्फिल्ड सहित ४० जना राइडरहरुले सहभागीता जनाएका थिए । यस र्यालीको मुख्य उद्देश्य भनेको राइडर्सहरुलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना, पर्यावरण एंव वातावरण मैत्री सडक अनुशासनको सन्देश प्रवाह गरेका थिए । साथै राइडर्सहरु बिच भातृत्व कायम गरि भाइचाराको भावना र सद्भाव बढाउनु पनि यस र्यालीको उद्देश्य थियो । राइडमा सहभागि राइडहरुले वन लेन राइड र सेफ्टी राइडको नियमहरु पालना गर्दै राइड गरेका थिए । रोयल इन्फिल्ड मोटरसाइकल एउटा ऐतिहासिक प्रतिष्ठित अन्तराष्ट्रिय आइकनिक ब्रान्ड हो । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक बिक्रेता विवेक अटोमोवाइलसले १९ वटा शाखा तथा डिलर बाट बिक्री बितरण तथा बिक्री पछिका सेवाहरु प्रदान गरी रहेको छ ।

सेयर, सवारीसाधन र रियलस्टेटमा बैंकको लगानी घट्यो, अटोलोन ३०० प्रतिशत गिरावट

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाले दिने सेयर (मार्जिन नेचर लोन) र सवारी साधन (अटोलोन) र रियलस्टेटमा कर्जा लगानी घटेको छ । गत वर्ष जस्तै यो वर्ष पनि बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि कर्जा लगानी घटेको हो । नेपाल राष्ट्र बैंकले सेयर, सवारी र रियलस्टेट क्षेत्रमा भएको लगानी अनुत्पादक भन्दै प्राथमिकता नदिएपछि लगानी घटेको हो । चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले १ अर्ब ९९ करोड २१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा सेयर कर्जा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाले हालसम्म ४२ अर्ब ४६ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ ।लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ । यस्तै अटोलोनमा ३०० प्रतिशत गिरावट आएको छ । चालु आवको फागुनमा अटोलोन ८.८ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ३४.८ प्रतिशत थियो । गत फागुनसम्म बैंकले १३ अर्ब १४ करोड ७५ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको फागुनमा ३८ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । हालसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६२ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै रियलस्टेट क्षेत्रमा हुने कर्जा प्रवाह ४० प्रतिशत भन्द बढीले कमी आएको छ । चालु आवको फागुनसम्म ९.२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.७ प्रतिशत बढेको थियो । गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १८ अर्ब रुपैयाँ लगानी भएको थियो । हालसम्म यो क्षेत्रमा १ खर्ब ३७ करोड ५३ लाख रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच विपन्नवर्ग कर्जा सम्झौता, ७० प्रतिशतसम्म लगानी गर्ने

काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्रबैंकद्वारा निर्दिष्ट गरीए बमोजिम विपन्नवर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोवाईल्स प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट चिफ विजिनेस अफिसर सुजितकुमार शाक्य र अटोमोवाईल्सको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् । नेपालको विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीको लागी उपयुक्त तथा प्रभावकारी साधानको रुपमा तीन पांग्रे सवारी साधानलाई लिने गरिएको छ । उक्त सवारी सानो पूजीँ लगानीबाटै सञ्चालन गर्न सकिन्छ । सम्झौता अनुसार बैंकले विपन्नवर्ग कर्जा कार्यक्रम अन्तर्गत ईटालियन ब्राण्डको तीन पांग्रे सवारी साधान ‘पियाजो’लाई सरल तथा छरिटो तवरले ७० प्रतिशतसम्म लगानीगर्ने बताएको छ । यस सम्झौताबाट नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार युवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो बनाइ दिएको बैंकका चिफ विजिनेस अफिसर शाक्यले बताएका छन् । बैंकले यस अघि पनि शाखा रहित बैंकिङ सेवामार्फत विपन्नवर्ग कर्जा परिचालनगर्दै आइरहेको जनाएको छ ।

जिओे अटोमोवाइल्सले ल्यायो नयाँ फोर्ड मस्ताङ्ग गाडी, यस्ता छन् विशेषता (फोटोफिचर सहित)

काठमाडौं । नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले शुक्रबार(आज) एक समारोहबीच नयाँ ‘फोर्ड मस्ताङ्ग’को अनावरण गरेको छ । गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार यस फोर्ड मस्ताङ्ग ५.० लिटर, भी८ ईन्जिन जडान गरिएको छ जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसनयुक्त फोर्ड मस्ताङ्ग हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ । फोर्डका उत्कृष्ट प्रविधिबाट सु–सजित यस फोर्ड मस्ताङ्गमा भ्वाइस कमान्ड/स्टाइलिस एलईडी लाइट रहेको छ । बजारमा आएको नयाँ मस्ताङ्गले अझै राम्रो प्याकेज ल्याएका छन् । एप्पल कारप्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङ्गमा फोर्ड एसवाईएनसी थ्री कम्युनिकेशन मार्फत भ्वाइस कमान्डद्धारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिन्छ । विश्वमा नै आफ्नो स्टाइल, कार्यकौशलता, शक्तिशाली ईन्जिनको लागि प्रख्यात रहेको यस गाडीको मूल्य भने तोकिएको छैन । यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।  

आईएमई अटोमोटिभसद्धारा शत्रु गते टिमलाई २ थान यूएम बाइक हस्तान्तरण

काठमाडौं । आईएमई अटोमोटिभ्स, नेपाल अधिराज्यका लागि यूएम बाइकको आधिकारिक विक्रेताले शत्रु गते टिमलाई २ थान यूएम बाइक हस्तान्तरण गरेको छ । यस सहित कम्पनीले रिनेगेड, कमान्ड २२३सीसी र पावरम्याक्स १२५सीसीका प्रतिनिध्तिवमा उक्त टिमलाई कम्पनीको एक सोरुममा हस्तानान्तरण गरेको हो । कार्यक्रममा किरण केसीले यूएम बाइकसँगको साझेदारीले अफै लामो यात्रा तय गर्ने बताएका छन् । उनले भने-“हामीले चलचित्रमा पनि यस ब्राण्डलाई प्रोमोट गरेका छौँ र यस बाईकको कार्य क्षमता पनि उत्कृष्ट रहेको” बताएका छन् । साथसाथै, व्यक्तिगत रुपमा आफुले पनि छिटै खरिद गर्ने अठोट जानकारी गराएका छन् । शत्रु गतेको निर्माण मह सँचारको ब्यानर अन्तर्गत चर्चित कलाकारहरु जस्तै मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंशआचार्य), दिपक राजआचार्य, दिपाश्री निरौला, राजारामपौडेल, किरण के.सी, प्रियँका कार्की, पौल शाह, आँचल शर्मा लगायतका कलाकार हरुको अभिनय रहेको छ । यस चलचित्र यहि चैत्र ९ गतेदेखि अधिराज्यभरको चलचित्र घरहरुमा प्रदर्शन भइराखेको छ ।