नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन लञ्च

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जानरी नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लञ्च गरेको छ । आफ्नो वर्गको अन्य कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ फाइभ डब्लू–३० र म्याक अल्फा जेनिथ टेन डब्लू–३० र अर्काे म्याक रुवि ग्रीज पनि लन्च गरेको हो । नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इञ्जीनमा यस्को बहुबिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । म्याक लुब्रिकेन्ट भारत पेट्रोलियम कर्पोरेशनको उत्पादन मध्येको एक उत्पादन भएको सिप्रदी टे«डिङ्गका सिइओ राजनबाबु श्रेष्ठले बताए ।

गाडी र बाइकको इञ्जिन सफा गर्ने ‘एचएच ओ कार्वन क्लिनर’ नाडा अटो शोमा

काठमाडौ । अब सडकमा गुड्ने बाइक र गाडीहरुले कालो धुवा फ्याक्ने समस्याबाट सवारीसाधन प्रयोगकर्ताले मुक्ति पाउने भएका छन् । इन्जिनको समस्यालाई लक्षित गरेर ‘एचएच ओ कार्वन क्लिनर’ नेपाल भित्रिएको छ । क्याटालाइसिस अटो कम्पनीले ‘एचएच ओ कार्वन क्लिनर नेपाल भित्र्याएको छ । ‘एचएच ओ कार्वन क्लिनर’ ले गाडी र बाइकको कालो धुवा फ्याक्ने समस्याको समाधान गर्ने भएको छ । ‘नाडा अटो शो’ को विषेश अवसर पारेर ल्याएका अनेकौ नौला प्रविधि मध्ये सो क्लिनर ग्राहकहरुको रोजाईमा परेको पाइएको हो । ‘गाडीको मुख्य पार्टसको रुपमा इन्जिनलाई नै बुझ्नु पर्छ । गाडी विक्रेताहरुले पनि गाडी वा बाइकको प्रयोगकर्तलाई इन्जिनको ख्यान राख्न सल्लाह दिहिरहेका हुन्छन । एचएच ओ कार्वन क्लिनर मेसीनमा हुन्छ, हाइड्रोजन ग्यास हुने र त्यो ग्याँसले सवारीसाधनको इन्जिनलाई सफा गरि बलियो बनाउने छ । क्याटालाइसिस अटो कम्पनीका म्यानेजर खेम केसीले एचएच ओ कार्वन क्लिनर मेसीनले अक्सि हाइड्रोजन ग्यासको उत्पादन गर्ने र त्यसले इन्जिनलाई सफा गर्ने बताउछन् । यो प्रविधिको प्रयोग पछि सवारीसाधनको इन्जिन बनाउन नपर्ने र माइलेज पनि बढि दिने कम्पनीको दाबी रहेको छ । डिजेल र पेट्रोलका सबै प्रकारका सवारीसाधनहरुको इन्जिन यसले सफा गर्दछ । बाइक, गाडी र बसका लागि ग्राहकले मेसिनको प्रयोग गर्न सक्छन् । मिसिनको मूल्य भने १४ लाख रुपैयाँ कम्पनीले तेकेको केसीले बताए । सिङ्गल क्लिन र डबल क्लिनमा मिसिनका नेपाली बजारमा उपलब्ध छ । सवारी साफ गर्ने प्रविधि अमेरीकाको हो यसको उत्पादन चीनले गर्दै आएको छ । यस मेसिनले इन्जिनको सुरक्षा गर्दछ । गाडी वा बाइकको इन्जिनले कालो धुवा फाल्ने समस्याबाट हैरान भएका ग्राहकहरुको लागि यो उपयोगि हुने कम्पनीले बताएको छ । किनभने उक्त मिसिनको प्रयोग पश्चात मिसिनले कालो धुवा फाल्दैन ।  कार्वन क्लिन गर्दा कार र गाडीहरुको ५ हजार ५ सय र मोटरसाइकलको लागि १ हजार रुपैयाँ लाग्ने छ । विक्रेता कम्पनीले बजारमा आफूहरुको राम्रो प्रभाव परेको र सवारीसाधन प्रयोगकर्ताले उत्साका साथ प्रयोग गरेको बताएको छ ।  हालसम्म ८ सय भन्दा माथि मिसिन बिक्री भइसकेको कम्पनीले जनाएको छ । कम्पनील नेपाल भित्रीएको ८ महिना भएको छ । मिसिन पार्सियर्लीमा खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने पाइएको छ । कहाँ कहाँ पाइन्छ ? जिनियस अटो केयर नक्खु (एनसेलको कार्यालय नजिकै) देवी अटो केयर शंखमुल दोभान पुल, जयदुर्गा अटो सानो ठिमी, (भक्तपुर), जयदेव ट्रेडीङ्ग ग्वार्को, ललितपुर, किरण अटो वर्कसप पुरानो बानेश्वर, गुड अटो मोवाइल्स प्राईभेट लिमिटेड धुम्बाराही (पिपलबोट), भक्तपुर अटो वर्कसप सल्लाघारी (भक्तपुर) र गण्डकी इको टेक प्राईभेट लिमिटेड रहेका छन् । नाडा अटो शोको २ दिनमा नै २ सय जनाभन्दा बढीले अवलोकन गरि सकेको कम्पनीले जानकारी दिएको छ । अवलोकन कर्ताको चासो खरिदमा भन्दा बढी सर्भिसकालागि भएको कम्पनीको अनुभव छ ।  

नाडा अटो शोमा ६२ लाखसम्मका बाइक, सस्तोको मूल्य १ लाख ४९ हजार

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १४ औं नाडा अटो शोमा १४ ब्राण्डका पेट्रोलबाट चल्ने र ४ वटा ब्राण्ड विद्युतीय (इलेक्ट्रिक) मोटरसाइकल(बाइक) सहभागी भएका छन् । नाडा अटो शोमा प्रदर्शनमा राखिएका बाइकहरु मध्ये सबैभन्दा एमभी अगस्टाको एफ फो ९९८ सिसिको बाइकको मूल्य ६१ लाख ९० हजार तोकिएको छ । नाडा अटो शोमा सबैभन्दा सस्तो चीनमा बनेको भिइमा कम्पनीको एसडी वानको बाइक रहेको छ । जसको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो बाइक ४ घन्टा चार्ज गर्दा फुल चार्ज हुन्छ । एक पटक फुल चार्ज गर्दा सय किलोमिटर चल्ने कम्पनीले जानकारी दिएको छ । पेट्रोलबाट चल्ने बाइकमा सबैभन्दा सस्तो रनर मोटर्सको ८० सिसिको बाइक टिआर रहेको छ । जसको मूल्य १ लाख ५२ हजार रहेको छ । यता, विद्युतीय बाइकमा सबैभन्दा महङ्गो चीनमा बनेको जीनीएस कम्पनीको एक्स ५४ र डब्लु ५४ बाइकको रहेको छ । सो बाइकको मूल्य ३ लाख ७८ हजार रहेको छ । यी बाइकहरु ४ घन्टामा फुल चार्ज हुने र एक पटक चार्ज गरेपछि १ सय किलोमिटर गुड्ने कम्पनीले जानकारी दिएको छ । इलेक्ट्रिक स्कुटरमा सबैभन्दा सस्तोे चीनमा बनेको जीनीएस कम्पनीको सियु प्लस हो । जसको मूल्य २ लाख ३८ हजार रहेको छ । सबैभन्दा महङगोमा चिनियाँ कम्पनी नियुले उत्पादन गरेको एनजीटी विद्युतीय स्कुटर रहेको हो । जसको मूल्य ३ लाख ९८ हजार ८८८ रहेको छ । विद्युतीय सवारी साधन, त्यसका आवश्यक उपकरण, व्याट्री तथा पार्टपूर्जामा लाग्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशतमा झर्ने र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गरिएपछि यस्ता सवारीको माग बढेको हो । सन् १९९३ देखि विद्युतीय सवारी प्रयोग नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रुपमा अमेरिकी सहयोग नियोगको सहयोगमा ७ वटा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने बताएका थिए । विद्युतीय स्कुटर  

नाडा अटो शोमा टोयोटाका २ हाइब्रीड मोडल सार्वजनिक

काठमाडौँ । टोयोटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिलले नाडा अटो शो २०१९ मा दुईवटा हाइब्रीड मोडलहरु र्याभ फोहाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन लन्च गरेको छ । टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुईवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रिक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ती दिनुका साथै न्युनतम फ्युलको प्रयोजन गरी थोरै धुँवा इमिसन गर्ने कम्पनीले जनाएको छ । हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रिक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ । हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन्, सइभी मोड जसमा ब्याट्री मात्र खपत भई शुन्य इमीसन हुन्छ, इको मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडले हाइब्रीड ब्याट्रीको सहायतामा गतीवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ । नयाँ र्याभ फो हाइब्रीडको चाखलाग्दो विशेषतानै साधारण ड्राइभिङमा यस सवारीले २४ किमि प्रति लिटर माइलेज दिन्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यो सवारीको मुल्य रु. १३,४००,०००/– रुपैँया रहेको छ । यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ किमि प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड सइको मोड, स्पोर्ट मोड र इभी मोडहरु रहेका छन् । बजारमा यस सवारीको मुल्य रु. १३,१००,०००/– रुपैँया रहेको कम्पनीले जनाएको छ ।

नाडा अटो शोः ‘एक पटक चार्ज गरेपछि ४ सय किलोमिटर गुड्ने कारमा अवलोकनकर्ताको चासो’

काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डमा शुरु भएको नाडा अटो शोमा महेन्द्रा, टाटा, सुजुकी, बीवाइडी, ससाङयोङ, हुन्डाइ र इसुजुले नयाँ कार सार्वजनिक गरेका छन् । बीवाइडी कम्पनीले सार्वजनिक गरेको एमथ्री र ई सिक्स विद्युतीय गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ । यो गाडी फास्ट चार्जरले चार्ज गर्दा २ घण्टा फूल चार्ज हुने र ४०० किमि गुड्ने कम्पनीले जनाएको छ । बीवाइडीका बिजनेश डेभलपमेन्ट एक्जुकेटिभ लुजाह मर्हजनले उक्त गाडी चार्ज गर्न ८० युनिट बिजुली खर्च हुने जानकारी दिए । साथै एक पटक पूरा चार्ज गर्दा ४ सय किलो मिटर गुड्ने उनले बताए । कम्पनीले इ सिक्सको मूल्य ६६ लाख छ भने एमटीको मूल्य ४९ लाख रुपैयाँ तोकेको छ । त्यस्तै नाडा अटो शोमा इसुजु ब्राण्डले ४४ लाख ९० हजारको डिम्याक्स पिकअप ट्रक नेपाली बजारमा ल्याएको छ । यो गाडी टु होल्ड ड्राइभ हो । इसुजुका म्यानेजिङ ड्राइरेक्टर दीपकराज गिरीले नयाँ गाडीको ३ वर्षको ग्यारेन्टी रहेको जानकारी दिए । उक्त ट्रकको च्यासिस बलियो र लोड पनि धेरै बोक्न सक्छ । यो सय वर्ष पुरानो ब्राण्ड हो । नेपालको भूगोलमा सुहाउँदो छ । नाडा अटो शोमा कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी ससाङयोङ मोटर्सले मुस्सो ग्राण्डमा ससाङयोङको नयाँ सुट लन्च गरेको छ । ससाङयोङकी सेल्स अप्रेशन म्यानेजर सृष्टी मानन्धरले कारको सुरुवाती मूल्य रु. ७३ लाख ९९ हजार रहेकोे जानकारी दिइन् । ससाङयोङले एक वर्षको बीमा, एक वर्षको सवारी कर, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर र २५ हजार सम्मको एसेसरिज सुविधा दिने जनाएको छ । यसैगरी, टाटाले नाडा अटो शोमा एच फाईव प्रर्दशनीमा राखेको छ । उक्त गाडी मंगलबार लञ्च भएको हो । टाटाका हेड प्यासेन्जर भेइकल्स सावन्तजंग सिजापतिले यो गाडीको मूल्य ५६ लाख ५५ हजारबाट बिक्री शुरु भएको बताए । ७.१ किलोमिटरको माइलेन्ज दिन्छ । हाइक्लिरियन्स २०५ मिमि रहेको छ । यता, महिन्द्राले ‘एक्सीवी थ्री डबल ओ’ र ‘मराजो’ गाडी नाडा प्रर्दशनीमा राखिएको छ । यी गाडीको मूल्य क्रमशः ३९ लाख ७५ हजार रुपैयाँ र ५६ लाख ५० हजार रुपैयाँसम्म राखिएको छ । महिन्द्राका भेइकल्स सेल्स डिपार्टमेन्ट सन्तोष कार्कीले नाडा अटो शोको अवसरमा ग्राहकहरुलाई ५० हजार रुपैयाँसम्म छुट दिइने व्यवस्था रहेको बताए । २ वर्ष ग्राहकहरुले मर्मत सुविधा समेत प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यी गाडी पहिलो दिनमा नै आठ ओटा बुकिङ भएको छ । नेपाली बजारमा महिन्द्राको स्कार्पिओ, बोलेरो जस्ता गाडीहरु समेत संचालनमा छन् । हुण्डाईले भेन्यू कार पनि नाडा अटो शोमा प्रर्दशनीमा राखेको छ । भेन्यू कार नेपाली बजारमा गत बिहीबार नै सार्वजनिक गरेको थियो । भेन्यू कारको मूल्य ३४ लाख ९६ हजारदेखि ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हुन्डाईका स्टलहरुमा अवलोकनकर्ताहरुको आकर्षण रहेको जेनेरल म्यानेजर रुपेश शर्मा भटट्ले बताए । यसैगरी अटो शोमा सुजुकीले नयाँ ३ मोडलका गाडी प्रर्दशनीमा राखेको छ । सिआज, आरटीका र एसक्रस अटो शो मार्फत सार्वजनिक गरेको हो । यी कारहरु स्मार्ट हाइब्रिड मोडलमा उपलब्ध छन् । सुजुकीका सिनियर मार्केटिङ म्यानेजर करण चौधरीले सिआजको ३८ लाख २९ हजार, आरटीकाको मूल्य ३८ लाख ९९ हजार र एसक्रसको मूल्य ४२ लाख तोकेको जानकारी दिए । यी कारमा डुअल(डबल) ब्याट्री रहेको छ । कारमा ब्रेक लगाउँदा (काइनेटिक) शक्तीले चार्ज बढ्छ । पेट्रोल कारमा विद्युतले समेत सर्पोट गर्दछ । ब्रेक लगाउँदा (काइनेटिक) शक्तीले चार्ज बढ्छ । पेट्रोल कारमा विद्युतले समेत सर्पोट गर्छ । गाडी मूल्य सस्तो र वातावरण अनुकुल रहेको कम्पनीले जनाएको छ ।

महिन्द्राद्वारा नाडा अटो शोमा एक्सयूभी ३०० सार्वजनिक, मूल्य रु. ३९ लाख ७५ हजारदेखि ४१ हजार २४ हजार

काठमाडौं । महिन्द्रा ग्रुपको नयाँ कम्प्याक्ट एसयूभी, एक्सयूभी ३००( एसयूभी थ्री डबल ओ उच्चारण हुने) मंगलबार नाडा अटो शोमा सार्वजनिक भएको छ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल डब्लू फोर वर्गका लागि रु ३९,७५,०००/– र डिजेल डब्लू फोर वर्गका लागि रु ४१,२५,०००/– तोकिएको छ । यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जनाइएको छ । यो एक्सयूभी ३००, चित्ताकर्षक(हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा वर्गीय परिभाषित आन्तरिक सजावट/बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित हुनेछ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । कार्यक्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय सञ्चालन (दक्षिण एसिया) विभागका उपाध्यक्ष सञ्जय जाधवले “एक्ययूभी ३०० बजार प्रवेश गराउनका र यो नेपाली जनतामाझ प्रस्तुत गर्नका लागि नाडा अटो शो सही अवसर भएको बताए । बजार प्रवेश समारोहमा बोल्दै अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले झन्डै तीन दशकदेखि महिन्द्रासँग आवद्ध हुन पाउँदा अग्नि मोटर्स गौरवान्वित भएको बताउँदै एक्सयूभी ३०० नेपालमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । एक्सयूभी ३०० तीन प्रकार डब्लु ४, डब्लु ६, डब्लु ८ मा उपलब्ध छ भने डब्लु ८ अफ्सनल प्याकमा पनि । यो एसयूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भर मा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । यसै सालको फेबु्रवरीमा नेपालमा भएको महेन्द्र उदय मेलामा एक्सयूभी ३०० प्रस्तुत गरिएको थियो, जसलाई ग्राहकहरुले रुचाएको कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा ससाङयोङको नयाँ गाडी लञ्च, मूल्य ७३ लाख

काठमाडौँ । नाडा अटो शोमा कोरियाको चौथो ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी ससाङयोङ मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता जनाएको छ । भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा कम्पनीका गाडीहरु स्टल नं.ःएच १४ प्रदर्शन गरिएको छ । कम्पनीले अधिकत्तम छुटका साथ माइन्ड ब्लोइङ अफर ल्याएको छ । नाडा प्रदर्शनी २०१९ मा ससाङयोङ कम्पनीका गाडीको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका हुन् । प्रमुख अफरहरु बाहेक ससाङयोङ मोटर्सले एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँचवर्षको निःशुल्क सर्भिसिङ्ग, तीनवर्षको वारेन्टी, मासिक सरल किस्ता, उचितब्याजदर र रु. २५ हजार सम्मको एसेसरिज सुविधा दिने जनाएको छ । नाडामा लन्च भएको मुस्सो ग्राण्डमा ससाङयोङको नयाँ सुटको सुरुवाती मूल्य रु. ७३,९९,०००/- छ ।

भृकुटीमण्डपमा शुरु भयो नाडा अटो शो, ‘गाडी बनाउने उद्योगलाई २५ प्रतिशत अनुदान दिने’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विदेशबाट गाडी ल्याएर बिक्री गर्नुभन्दा पनि स्वदेशै गाडी एसेम्बलिङ गरेर बिक्री गर्न सुझाव दिएका छन् । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । अर्थमन्त्री खतिवडाले नेपालमा विद्युतीय गाडी (एसेम्बलिङ) बनाउने उद्योगहरुलाई सरकारले २५ प्रतिशत अनुदान दिने बताए । सरकारले निजी गाडी भन्दा पनि सार्वजनिक सवारी साधनलाई प्रोमोट गर्ने बताए । ९० प्रतिशत परम्परागत इन्धन(डिजल/पेट्रोल) बाट सञ्चालन हुने गाडीलाई हाइब्रिड भन्न नमिल्ने उनले बताए । ब्याट्रीबाट मात्रै स्टार्ट हुने सवारीलाई समेत अटो क्षेत्रले हाइब्रिड भनिरहेको बताए । १० वर्षमा ४ गुणाले गाडी आयात बृद्धि भइरहेको प्रशंग उल्लेख गर्दै उनले भने–‘नेपालीको आम्दानीले धान्न सक्ने गाडी मात्रै भित्र्याउदा राम्रो हुन्छ ।’ उनले जबसम्म अटो व्यापारीहरुले फाइदा मात्रै खोजिरहन्छन, तबसम्म सरकारले पनि घाटाको नीति नल्याउने बताए । २० प्रतिशत मूल्य अभिबृद्धि नहुने अटो क्षेत्रमा बहस नै नगर्ने उनको अभिव्यक्ति थियो । गाडी आयातकर्ताले प्रविधिको प्रयोग गरेर जुनसुकै नाकाबाट गाडी भित्र्याएपनि राजस्व पायक पर्ने ठाउँमा तिर्ने व्यवस्था मिलाउनेतर्फ सरकार लागि परेको उल्लेख गरे । १४ औँ नाडा अटो शो उद्घाटन समारोहमा आयोजक नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष शम्भु दाहालले प्रर्दशनी स्थल सानो भएका कारणले ठूला सवारीसाधन शोमा राख्न नसकिएको बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अटो मोवाइल क्षेत्र प्रगतिको सूचक भएको र अटो क्षेत्र बिना विकास नहुने बताए । उनले भने–‘नेपालमा सबैभन्दा धेरै रोजगारी दिएको अटो क्षेत्र विकासको सूचक हो । ’ नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले अब कारलाई विलासितको बस्तुका रुपमा हेर्ने दिन सकिएको बताए । जबसम्म निजी क्षेत्र फष्टाउँछ, तब मात्र देश विकास हुने उनको भनाई थियो । अटो शो भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । यी समाचार पनि पढ्नुहोस् : सवारी कर्जाकाे ब्याज साढे ९ प्रतिशत, ८० प्रतिशतसम्म फाइनान्स सुविधा नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?(सूची सहित) सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा हाइब्रिड कारमा कर छुट दिने व्यवस्था विवादमा, व्यवसायीबीच विवाद हुँदा सरकार रमिते  

मंगलबारदेखि भृकुटी मण्डपमा १४ औं नाडा अटो शो (फोटो फिचर)

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटी मण्डपमा १४ औं नाडा अटो शो शुरु हुँदैछ । उक्त नाडा अटो शोमा ९५ वटा ब्राण्डका १ सय ६० स्टल रहने छ । भदौ १० गतेदेखि १५ गतेसम्म संचालन हुने गाडीहरूको उक्त कुम्भ मेला ७० हजारले अवलोकन गर्ने आयोजक नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले जानकारी दिएको छ । नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?  हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दो, पुग्नै लाग्यो २ खर्ब सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा  

नाडा अटो शोमा टाटाका गाडी किन्दा यस्ता छन् अफर

काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि विशेष र अविश्वसनीय अफरहरू ल्याएको छ । सिप्रदीका अनुसार नाडा अटो शोमाटाटा एच फाइभ, टाटा एनआरजी, टाटाटिगोर, टाटाटियागो र टाटा नेक्सन बिक्रीमा राखिदैँ छन् । नाडा अटो शोमार्फत् टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । सिप्रदीले ल्याएको योजनाअनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकहरूले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन्तथा लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन् । नाडा अटो शोमा टाटाका जुनसुकै गाडीहरु बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउनेछन् अथवा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै स्योर सट पुरस्कारअन्तर्गत टाटाका गाडीहरू बुकिङ गर्ने प्रत्येक ग्राहकहरूले बुकिङ गरेपछि तथा नाडा अटो शोमा गाडीहरू डेलिभरी गर्ने बेलामा आईफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन् । त्यस्तै नाडा अटो शोमा टाटका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत् एकजनाले ५५ ईन्चको स्काइ वर्थ स्मार्ट टेलिभिजन जित्नेछन् ।

नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?(सूची सहित)

काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा मंगलबारदेखि सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’  हुँदैछ । भदौ १० गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा हुने उक्त अटो शोमा चार पाङ्ग्रे र २ पाङ्ग्रे २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने भएको छ । १३ प्रकारका कार, ६ प्रकारका बाईक र २ प्रकारका स्कुटर सार्वजनिक गर्ने अटो कम्पनीहरुले जनाएका छन् । नाडा अटो शोमा नयाँ कार फोर्डले १५ सय सीसीको इको स्पट फन्डबर कार सार्वजनिक गर्दैछ । उक्त कारको मूल्य भने मंगलबार नै सर्वजनिक हुने भएको छ । जीपले अफरोड फोकस्ड एसयूभी सार्वजनिक गर्नेछ । जीपको मूल्य भने सर्वजनिक गरिएको छैन । निसान कम्पनीको १५ सय सीसीको किक्सस फुल अप्सनको कार सार्वजनिक हुँदैछ भने सो कारको मूल्य ६५ लाख २५ हजार तोकिएको छ । यता, टाटाले एच फाइभ कार सार्वजनिक गर्ने भएको छ । २ हजार सीसीको सो कारको मूल्य ६० लाख ८५ हजार निर्धारण गरिएको छ । महिन्द्राले यसवर्षको नाडा अटो शोमा एक्सयूभी ३०० र एमपीभी मराजो सार्वजनिक गर्दैछ, उक्त कारको मूल्य भने शोमा नै सर्वाजनिक हुने छ । रेनल्टले पनि १ हजार सीसीको टाइभर कार सार्वजनिक गर्ने भएको छ । मूल्य भने शोमा नै सार्वजनिक गरिने छ । टोयोटाले क्याम्ब्री र र्याभ फोर हाइब्रिड कार सार्वजनिक गर्ने भएको छ । क्याम्ब्रीको १ करोड ३० लाख र र्याभ फोर हाइब्रिड कारको १ करोड ३४ लाख मूल्य तोकेको छ । फक्सवागेनले पनि २ हजार सीसीको टेक्वान अलस्पेस कार शोमा सार्वजनिक गर्ने भएको छ । सुजुकीले एर्टिगा, सियाज र स्क्रस हाइब्रिड कार शोमा सार्वजनिक गर्ने भएको छ । नयाँ बाइक कुन-कुन सार्वजनिक होलान ? बेनेलीले बेनेली लिएन सिनो २५० सीसी र टीआरके २५१ सीसीको बाइक सार्जजनिक गर्ने छ । हिरोले २०० टी बाइक ल्याउने भएको छ । केटीएमको १२५ सीसीको ड्युक बाइक सार्वजनिक हुँदैछ भने मूल्य अटो शोमा नै सर्वाजनिक हुने छ । टिभिएसले ११० सीसीको रिडियन र १६० टुभी आपाजी सार्वजनिक गर्ने भएको छ । मूल्य क्रमशः १ लाख ८९ हजार ९ सय र २ लाख ६४ हजार ९०० तोकिएको छ । कस्ता स्कुटर सार्वजनिक हुन्छन् ? एनआयूको एनजीटी इलेक्ट्रोनिक स्कुटर सार्वजनिक हुने भएको भएको छ । सो स्कुटरको मूल्य ४ लाख २५ हजार तोकिएको छ । हिरोले प्लेजार प्लस स्कुटर सार्वजनिक गर्ने जनाएको छ । यी कम्पनी सहभागी हुँदैछन् यसवर्षको नाडा अटो शोमा चार पाङ्ग्रेतर्फ इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होण्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान, बीवाईडी र दाय कम्पनी सहभागी हुने भएका छन् ।  दुई पाङ्ग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली भेस्पाको सहभागिता रहने छ । फाइल फोटो सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा

नाडा अटो शोमा महिन्द्राका दुई नयाँ सहित ४ गाडी प्रदर्शनी हुने

काठमाडौं । नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँ गाडी सहित ४ वटा गाडीहरु शोकेस गर्ने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले यही भदौ १० गते देखि शुरु हुने नाडा अटो शोमा बहुप्रतिक्षित एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप शोकेसमा राख्ने जनाएको हो । यस पटकको अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ । भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनीक सैग्मेन्ट फस्ट थूप्रै विशेषतासहित आएको यङ्ग एसयूभी हो । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । एक्सयूभी ३०० मा थुप्रै सेग्मेन्ट फस्ट सेफ्टी फिचर समेत दिइएको छ । यसका साथै यसको ‘सिक्स स्पिड ट्रान्समिसन’ प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको छ । नयाँ एसयूभी १.२ लि टर्बो पेट्रोल इन्जिन जसमा ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क र १.५ लि टर्बो डिजल इन्जिन जसमा विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहित ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क गरी दुईवटा इन्जिन अफ्सनमा उपलब्ध रहने छ । एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ । त्यस्तै महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । यो गाडि सार्क माछाबाट प्रेरित भएर बनाइएको एक आधुनिक मल्टि पर्पोज भेहिकल (एमपीभी) हो । होटल, ट्राभल एजेन्सी र फेमिली कारको रुपमा समेत प्रयोग हुन सकिने यो एमपीभी आधुनिक फिचरहरुले सुसज्जित रहेको कम्पनीले जनाएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड फिचरको रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू रहेको छ । मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम रहेकोले पछाडि बस्ने यात्रुहरुलाई पनि एसिको हावा सजिलै पुग्नेछ । यो एमपीभीको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम रहेको छ । गाडीमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ । महिन्द्रा मराजोमा नयाँ १.५ लिटरको ४ सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको सबैभन्दा सफल पिकअप हो महिन्द्रा स्कर्पियो । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप एकदमै उपयोगी हुन्छ । किनकी पिकअपमा यात्रृका लागि आरामदायी सिटका साथै सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । महिन्द्राको स्कर्पियो पिकअपमा सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामानसहित धेरै अफरोड यात्रा गर्नेहरु माझ लोकप्रिय भएको छ । स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो । डबल क्याबमा उपलब्ध पिकअप तीन मोडल एस–६ टूह्वील ड्राइभ, एस–६ फोरह्वील ड्राइभ र एस–१० छ । एस–१० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोललगायत विशेषता रहेको छ । टियूभी ३०० नेपाली बजारमा परिचीत एसयूभी हो । यो एसयूभीमा ७ सिटिङ्ग क्यापासीटी भएको एक बोल्ड एसयूभी हो । रियर ह्वील ड्राइभ भएकोले यो एसयूभी नेपालका उकालो आरोलोका साथै कच्ची बाटाहरुमा एकदमै राम्रो प्रफर्मेन्स रहेको छ । चालीस लाखमै खरिद गर्न सकिने यो एसयूभीमा अगाडि दुबै साइडमा एयसब्याग, लेदर सिट, रुफ रेल, अलोय ह्वील र आकर्षक इन्टेरियर रहेको छ ।

द हबि अटो ट्रेडिङबाट गाडी किन्दा सांग्रिला बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्ग प्रालि बीरगंज वडा न. १५ बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्राÞलिका तर्फबाट अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका ग्राहकहरुले द हबि ट्रेडिङ प्रालिबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्र्तगत खरिद रकमको अधिकतम ७० प्रतिशतसम्म कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

ट्रस्ट रिसिप्टमा ऋण नदिए गाडीको मूल्य बढ्ने, अटो मोबाइल्स क्षेत्र अझ धरासायी हुने

काठमाडौं । सरकारले ट्रस्ट रिसिप्ट (टिआर) मा ऋण नदिने व्यवस्था लागू गरे गाडीको मूल्य बढ्ने व्यवसायीहरूले बताएका छन् । जेठ १३ गते सरकारले व्यापार घाटा न्यूनीकरण गर्ने कार्ययोजना पारित गरेर टिआरमा कर्जा नदिने व्यवस्था ल्याएको छ । सो व्यवस्था अनुसार व्यवसायीहरूले गाडी आयात गर्दा अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । अहिलेसम्म व्यवसायीहरूले टिआर लोनबाट गाडी आयात गर्दै आएका छन् । यदि टिआर ऋण उपलब्ध नहुने हो भने गाडीको परल मूल्यमा डब्बल हुने नाडा अटोमोबाइल्स एशोसियशनका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए । गाडी व्यवसायीहरुले आफै पैसा हालेर गाडी भित्र्याउन सक्दैनन् । व्यवसाय बन्द हुन्छ,’ उनले भने-‘यसको असर बिक्रेतामा मात्रै होइन खदिरकर्ता (उपभोक्ता) मा अझ ठूलो पर्छ । यदि विक्रेताले अग्रिम पैसा भुक्तानी गरेर गाडी भित्र्याउने हो भने गाडी महङ्गो पर्न जाने गो अटो मोबाइल्सका संचालक आकाश गोल्छाले बताए । बैंकले कर्जा नदिएपछि एकातिर अहिलेको गाडीको मूल्य परल मूल्यमा बृद्धि हुने र बजार मूल्यमा २०-२५ प्रतिशतसम्म बढ्छ, उपभोक्ताले गाडी किनेर चढ्न सक्दैनन् , बिक्री ९० प्रतिशतले घट्छ,’ नाडा अटोमोबाइल्स एशोसियशनका उपाध्यक्ष दुलालले भने । पुरै पैसा तिरेर गाडी आयात गर्न नसकिने गो अटो मोबाइल्सका महाप्रवन्धक सुनिल क्षेत्रीले बताए । पुरै पैसा भुक्तानको गाडीको मूल्य स्वभाविक रुपमा बढ्छ । पुरै पैसा तिरेर ल्याएको गाडी उधारोमा बिक्री गर्न सकिदैन भने अर्कोतिर गाडी आयातकै क्रममा रकम भुक्तानी गरिसक्नुपर्ने भएकोले उपभोक्ताले गाडीको मूल्य बढी तिर्नु हुन्छ । त्यसो त अहिले गाडी किन्दा उपभोक्तालाई बैंकले ५० प्रतिशतसम्म लोन दिने व्यवस्था छ । त्यसै त गाडीको आयात ३०/३५ प्रतिशतले घटेको छ । एशोशिएसनले टिआर लोन र अटो लोनका विषयमा अर्थमन्त्री र गभर्नरसँग छलफल गरिसकेको छ । अर्थमन्त्री र गभर्नर दुबैले यस विषय जस्ताको जस्तै लागू गर्न सम्भव नभएको बताएको दुलालले बताए । ‘व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ, उहाँहरूले भन्नु भएको छ । सम्भवतः यो कार्ययोजना लागू हुँदैन । भइहाल्यो भने व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउँछ ।’ राष्ट्र बैंकले यस विषयमा अहिलेसम्म कुनै निर्णय नगरेको बताएको छ । यस विषयमा छलफल भइरहेको छ, तर निर्णय भने भएको छैन,’ राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले भने- ‘माथिबाट कार्यान्वयन गर्नुपर्छ भनेर आएको छ, व्यवसायीले हुँदैन भन्दै आएका छन्, निर्णय भने भएको छैन ।’ गत जेठ १३ गते सरकारले पारित गरेको व्यापार घाटा न्यूनीकरण सम्बन्धि राष्ट्रिय कार्ययोजना ६ महिनाभित्र लागू गर्नुपर्ने भनिएको छ । राष्ट्र बैंकले यहि साता मौद्रिक नीति ल्याउदै छ । के हो टिआर लोन ? अहिले गाडी आयात गर्नको लागि स्थानीय बिक्रेताले नेपाली बैंक मार्फत प्रतितपत्र (एलसी) खोल्छ । बिक्रेताले गाडी ल्याउन चाहेको देशसँग स्थानीय बैंकले गाडी आयातका लागि सम्पर्क गर्छन् । गाडी आयात गर्न चाहेको देशबाट गाडी हिडेपनि स्थानीय बैंकले बिक्रेताले अडर गरेअनुसारको गाडी हिड्यो हिडेन भनेर चेकजाँच गर्छ । अडर गरे अनुसारको कागजात ठिक भएमा स्थानीय बैंकले गाडी आयातका लागि सम्पर्क गरेको बैंकलाई ९० प्रतिशतसम्म भुक्तानी गर्छ । गाडी बिक्री भएपछि भुक्तानी प्रतिवद्धता सहित स्थानीय बैंकसँग व्यवसायीले कर्जा माग गर्छ । यो एक प्रकारको विश्वासका आधारमा चल्दै आएको व्यवसाय हो ।

जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा

काठमाडौं । दुई पांग्रेका साथै ठूला गाडीहरुका लागि समेत आवश्यक जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा भित्रिएका छन् । एसडीआई अटोमोबाइल्स प्रालिले रिटेलर भेलाका साथ जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारका लागि सार्वजनिक गरेको छ । सो अवसरमा जेके फेनर र यसका उत्पादनका वारेमा आवश्यक जानकारी समेत प्रदान गरिएको थियो । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दीपक खड्का, संस्थापक अध्यक्ष महेश बज्राचार्यका साथै जेके फेनरका सिईओ मनिषकुमार सिन्हा लगायतको उपस्थिति थियो । सो अवसरमा उपत्यका र काभ्रे जिल्लाका विभिन्न स्थानमा कार्यरत अटो मेकानिक्स, अटो पार्ट्स व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

टोयोटाको नयाँ गाडी अब जनकपुरको श्रेया अटोमोबाईल्समा, एकदिनमै ७ वटा गाडि बुकिङ्ग

जनकपुर । विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले जनकपुरमा पनि आफ्नो डिलर विस्तार गरेको छ । विगत केहि महिनादेखि सञ्चालनमा आएको श्रेया अटोमोबाईल्स डिलरको बिहीबार मात्र उद्घाटन भएको हो । उक्त अटोमोबाईल्सले जनकपुरमा हालसम्म २५ वटा गाडि बिक्री गरिसकेको छ । उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।

नाडा अटो शो भदौ १० देखि १५ गतेसम्म हुने, सोमबारदेखि स्टल बुकिङ खुला

काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशनको आयोजननामा यसवर्षको नाडा अटो शो भदौ १० गतेदेखि १५ गतेसम्म हुने भएको छ । नाडाले प्रत्येक वर्ष अटो शो गर्दै आएको छ । यसवर्षपनि भृकुटी मण्डपमा अटो शो गरिने नाडाले जनाएको छ । शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ । उक्त शो मा स्टल राख्न इच्छुक कम्पनीहरुले यही जेठ २७ गतेदेखि ३० गतेसम्म स्टल बुकिङ खुला गरेको जनाएको छ ।

अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सो सम्मेलन सम्पन्न भएको थियो । पाँचौ ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा धुलिखेल स्थित काठमाडौँ विश्व विद्यालयको हलमा आयोजना भएको सम्मेलनको दोस्रो दिन शनिबार सांसद डा. डिला संग्रौलाले मुख्य वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना दिएकी थिइन् । त्यसैगरी, एसएई इन्डियाका कोषाध्यक्ष कमल किशोर छगनलाल भोराले सेफ, स्मार्ट एन्ड सस्टेनेबल मोबिलिटी शीर्षकमा, नासाका महासचिव गोविन्द भट्टराईले पाँचौ ग्लोबल रोड सेफ्टी विकको बारे, ई. प्रेम लामाले वर्कसप व्यवस्थापन बारे, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले अटोल्यान्ड शीर्षकमा, नेपाल मोटरसाइकल फेडरेसनका सचिव सन्तोष न्यौपानेले इन्टरनेसनल ड्राइभिङ परमिट शीर्षकमा, काठमाडौँ विश्वविद्यालयका छात्र रमन सिलवालले प्यासेन्जर कारमा स्पेस कुलिङको सम्भावना वारेमा र सीटीईभीटीकी प्रतिनिधि इन्जिनियर निशी श्रेष्ठले अटोमोटिभ एजुकेसन सम्बन्धी शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कन्फ्रेन्समा आईएई नेपालका महासचिव बासुदेव तिमिल्सिनाले ७ बुँदे घोषणापत्रका साथ कार्यक्रमलाई समापन गरेका थिए । १५० जनाको सहभागिता रहेको सो दुई दिने सम्मेलनको पहिलो दिन हिजो कुल १० वटा कार्यपत्र प्रस्तुत भएका थिए । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका अध्यक्ष अशोक ब्यन्जु श्रेठले कार्यक्रमलाई सम्बोधन गरेका थिए । एसएई इन्डियाका कोषाध्यक्ष कमलकिशोर छगनलाल भोरा, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, नासाका महासचिव गोविन्द भट्टराई, पूर्वमन्त्री गणेश साह, काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा.ड्यानियल तुलाधर तथा सफल उद्यमी कपिल शिवाकोटी किनोट स्पिकरको रुपमा सहभागी भएका थिए । यातायात व्यवस्था विभागका बरिष्ठ इन्जिनियर रामचन्द्र पौडेल, आईएई नेपालका महासचिव बाशुदेव तिमिल्सिना, दीगोका प्रतिनिधि अस्मित बजगाईं, इलेक्ट्रिक भेइकल एसोसिएसनका अध्यक्ष उमेश श्रेष्ठ र अन्तर्राष्ट्रिय पेशागत स्वास्थ्य संगठनका सदस्य युबराज भट्टले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स (एएमईएस) काठमाडौं विश्वविद्यालय, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको पनि साथ रहेको आईएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुसुदन सिग्देलले जानकारी दिए ।

दुगड ग्रुप अन्तरगतको विवेक अटोमोबाइल्सले थाइल्याण्डमा मनायो वार्षिकोत्सव

काठमाडौँ । नेपालमा पियाजियो थ्री ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले आफ्नो पहिलो वार्षिकोसत्वको उपलक्ष्यमा देश बाहिर पहिलो अन्तराष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ । थाइल्याण्डको पट्टाया शहरमा सम्पन्न कन्फरेन्समा ४६ ब्रान्च तथा डिलरहरुलाई संलग्न गराइएको थियो । कार्यक्रममा ५ उत्कृष्ट बिधाहरुमा अवार्ड समेत दिईएको थियो । कार्यक्रममा बेस्ट डिलर रिजन अवार्ड, बेस्ट ब्रान्च रिजन अवार्ड, १०० क्लब अवार्ड, अपकमिङ स्टार अवार्ड र गोर्खाली अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उक्त अवार्ड एमभि दुगडका उपाध्यक्ष विवेक दुगड, डाईरेक्टर उर्भि दुगड, पियाजियो भेहिकल प्रालि ईण्डियाका उपाध्यक्ष सूधान्सु अग्रवाल, निर्यात बिक्री म्यानेजर दिपककुमार र हेड अफअपरेसन विजय महत्तोले हस्तान्तरण गरे । तीन पाङ्ग्रेले हिमाल, पहाड र तराईलाई जोडेको हुँदा यसप्रति हरेक नेपालीको आत्मियता गासिएको र आगामी दिनहरुमा यस्तै थप कार्यक्रमहरुका साथ एमभि दुगड ग्रूप अग्रसर रहने उपाध्यक्ष विवेक दुगडले बताए ।

मोट्रेक्सले अटोमोवाईल बजारमा ७ वर्ष एकाधिकार माग्यो, गाडीकाे मूल्य ४० प्रतिशत घटाउने दावी

काठमाडौं । सरकारले मोटर उत्पादन र व्यापार गर्न लाईसेन्स दिएको मोट्रेक्स कम्पनी लिमिटेडले नेपालको अटोमोवाइल्स बजारमा एकाधिकार मागेको छ । उसले ७ वर्षसम्म कुनै पनि कम्पनीलाई लाईसेन्स दिन नहुने र ७ वर्षपछि पनि १० करोड अमेरिकी डलर भन्दा कम लगानी गर्ने कम्पनीलाई अनुमति नदिन माग गरेको छ । यस्तो माग गरेको कम्पनीलाई गत फागुन २९ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैंठक विदेशी लगानी अनुमति स्वीकृति दिएको छ । लगानी बोर्डको पैतिसौ बैठकको माइन्यूटको अनूसूचि २ मा लेखिएको छ–‘सो कम्पनीको उल्लेखित परियोजना प्रस्तावमा भेइकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्ट निर्माण सम्पन्न भएको ७ वर्षसम्म यस्तै प्रकृतिका अन्य भेइकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्टलाई अनुमति नदिने तथा ७ वर्षपछि पनि यस्तै प्रकृतिका यूएस डलर १०० मिलियन भन्दा ठूला परियोजनालाई मात्र अनुमति दिनुपर्ने शर्त छ ।’ मोट्रेक्सले मोतिपुर औद्योगिक क्षेत्रमा एसेम्ब्ली प्लान्ट लगाउने र ९/१० महिनाभित्र उत्पादन शुरु गर्ने जनाएको छ । परियोजनामा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने उसको प्रस्तावलाई लगानी बोर्डले स्वीकृत दिएको छ । यस कम्पनीले वार्षिक ५० हजार निजी तथा व्यवसायिक सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले पहिलो वर्षमा ५ हजार ८२०, दोस्रो वर्षमा ९ हजार ५३०, तेस्रो वर्षमा १५ हजार ८० र चौथो वर्षमा २० हजार मोटर उत्पादन गर्ने लक्ष्य लिएको छ । सवारी उत्पादनमा अनुभव शुन्य भएको यस कम्पनीले सरकारी अधिकारीहरुलाई प्रभाव पार्न विदेशमा किनेर ल्याउने सवारी साधानभन्दा ४० प्रतिशत सस्तो मोटर उत्पादन गर्ने जनाएको छ । कम्पनीले गाडी आयात र बिक्री वितरण पनि गर्न पाउनुपर्ने माग राखेको छ । उसले एसेम्ब्ली प्लान्ट राख्द, एसेम्ब्ली पार्टस् आयात गर्दा लाग्ने सबै भन्सार छुट दिनु पर्ने र आयकरमा छुट दिनुपर्ने प्रस्ताव गरेको छ । माेट्रेक्सले उत्पादन गर्ने सवारीमा प्रयाेग हुने इन्टरटेन्टमेन्टका सामाग्री सवारी आयात तथा बिक्री वितरणमा नेपाली व्यवसायीहरु अब्बल देखिएकोले सरकारले मोट्रेक्सलाई गाडी आयात र बिक्री वितरणमा पूर्णत रोक लगाउनु पर्ने व्यवसायीहरुले बताएका छन् । तर सरकारलाई कुनै आर्थिक भार मोट्रेक्सको प्रस्ताव कार्यान्वयनमा लैजान लागिएको लगानी बोर्डका अधिकारीहरुको दावी छ । विवादका विषय टुङ्गाउन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत संयोजक रहेको वार्ता टोली पनि गठन गरिएको छ । उक्त टोलीमा अर्थमन्त्रालय, उद्योग, वाणिज्य आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका सहसचिवहरु र लगानी बोर्डको उपसचिव सदस्य रहेका छन् । अनुभव छैन, वित्तीय अवस्था खस्कदाे कोरियामा मोटरको स्पेयर पार्टस उत्पादन गर्दै आएको कम्पनी ‘मोट्रेक्स’ सँग सवारी उत्पादन गरेको अनुभाव छैन । यो कम्पनीले प्रविधिमा आधाररित पार्टस्हरु अडियो भिज्युअल नेभिगेशन र अडियो भिडियो लगायतका इन्टरटेन्टमेन्टका सामाग्री उत्पादन गर्दै आएको छ । तर पछिल्लो समय यस कम्पनीको वित्तीय अवस्था खस्कदै गएको छ । अन्तराष्ट्रिय बजारमा यस कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । एक वर्षमा यस कम्पनीको सेयर मूल्य ४६ प्रतिशतले घटेको छ । सन् २०१८ जुनमा प्रतिकित्ता ७ हजार ५६० कोरियन वन रहेकोमा २०१९ मार्चमा ४ हजार ७० कोरियन वनमा झरेको छ । ‘वित्तीय अवस्था खस्कदै गएको कम्पनीलाई लाईसेन्स दिनु लाईसेन्सको व्यापार गर्न अनुमति दिनु हो’ एक जना अनुभवी व्यवसायीले भने–‘उत्पादनमा अनुभव नभएको कम्पनीलाई उत्पादन र बिक्री वितरण दुबै कामको लागि अनुमति दिनु भनेको सवारी व्यापारमा विदेशी लगानी भित्र्याउनु हो ।’