कामना सेवा विकास बैंकले अटो तथा होटल व्यवसायीलाई व्याजमा विशेष छुट दिने

काठमाडौं । कामना सेवा विकास बैंकले यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसायीलाई व्याज विशेष छुट दिने भएको छ । विकास बैंकले यस क्षेत्र अन्तर्गत व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहकलाई विशेष राहत र सहुलियत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले २०७७ साल आषाढ मसान्त सम्मको बक्यौता रकम २०७७ साल श्रावण मसान्तसम्म भुक्तानी गरेका ग्राहकलाई साउन महिनाको ब्याज रकममा ५० प्रतिशत तथा होटल रेष्टुरेन्ट व्यवसाय अन्तर्गत ग्राहकहरुलाई श्रावण महिनाको व्याजमा ७० प्रतिशतसम्म व्याज रकममा छुट दिइसकेको छ । उक्त समयसीमा भित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीहरुलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकले समेत श्रावण महिनाको तिर्नु पर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाई श्रावण महिनाको ब्याज रकममा ५० देखि ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै व्यवसायिक प्रयोजनको लागि हायरपर्चेज कर्जा लिएका ग्राहकहरुले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रैमासको ब्याजदरमा भारी छुट प्रदान गरी ब्याजदर ९.९९ प्रतिशत कायम गरिने योजना ल्याएको समेत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यो योजनाबाट कोभिड– १९ बाट प्रभावित व्यवसायीले अधिकतम लाभ लिई व्यवसाय सञ्चालनमा थप सहजता मिल्ने समेत बैंकले विश्वास लिएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

एनटीएका कार्यक्रम: सेवा प्रदायकलाई मर्जर/एक्विजिसन गर्नेदेखि कार्यालय अटोमेसनमा लिनेसम्म

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरण (एनटीए)ले चालु आर्थिक वर्ष २०७७/७८ का लागि १४ अर्ब १४ करोड रुपैयाँ बराबरको वार्षिक कार्यक्रम ल्याएको छ । प्राधिकरणले गत आर्थिक वर्षको तुलनामा यस वर्ष २ अब रुपैयाँ कमले वार्षिक कार्यक्रम ल्याएको हो । प्राधिकरणले गत आर्थिक वर्षमा १६ अर्ब ६९ करोड रुपैयाँको वार्षिक कार्यक्रम ल्याएको थियो । प्राधिकरणले चालु आर्थिक वर्षमा ग्रामीण दूर संचार कोषतर्फ ६ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ भने प्राधिकरण तर्फ ७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ । गत आर्थिक वर्षमा ग्रामिण दूर संचार कोष तर्फ ६ अर्ब ५० करोड रुपैयाँ रहेको थियो भने प्राधिकरण तर्फ १० अर्ब १९ करोड रुपैयाँ छुट्याएको थियो । प्राधिकरणले वार्षिक कार्यक्रममा ३० नयाँ कार्यक्रमहरु ल्याएको छ । प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार अहिले कोरोना महामारी (कोभिड–१९) का कारण विषम परिस्थीति सिर्जना भएकाले पनि गत वर्षको भन्दा कम बजेटको वार्षिक कार्यक्रम ल्याएको हो । के छन् नयाँ कार्यक्रम ? प्राधिकरणले धेरै नयाँ कार्यक्रमहरु पनि ल्याएको छ । गत वर्षका कार्यक्रमहरुलाई निरन्तरता दिनेसँगै ३० नयाँ कार्यक्रम पनि प्राधिकरणले थप गरेको छ । प्राधिकरणको वार्षिक कार्यक्रममा दूरसञ्चार, ब्रोड ब्याण्ड र सूचना तथा सञ्चार प्रविधि नीति परिमार्जन गर्ने नयाँ कार्यक्रम रहेको छ । सो कार्यक्रममका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, नयाँ कार्यक्रममा प्राधिकरणका सम्पूर्ण शाखाका कार्यालयहरु अटोमेसन सिस्टमसँग एकिकृत हुने गरी आवश्यकता अनुसार सफ्टवेर निर्माण गरी लागु गर्ने जनाएको छ । त्यस मार्फ कम जनशक्तिमा धेरै काम गर्न सकिने बताएको छ । सो कार्यक्रमका लगि प्राधिकरणले २ करोड रुपैयाँ बजेट छुट्याइको छ । यस्तै, नेपाल दूर सञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन नयाँ सेवा प्रदायक छनोट तथा मर्जर एण्ड एक्विजिसन कार्यान्वयन सम्बन्धमा अन्र्तक्रिया तथा छलफल गर्ने वार्षिक कार्यक्रममा उल्लेख गरिएको छ । त्यसका लागि पनि १५ लाख रुपैयाँ बजेट छुट्याइको छ । प्राधिकरणको नयाँ कार्यक्रममा भ्वाइस सेवा प्रदायकको बिलिङ सिस्टमको इन्टीग्रीटी जाँच गरी राजश्व निर्क्याैल गर्ने पनि उल्लेख गरिएको छ । उक्त कार्यक्रमका लागि २ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, साइबर सेक्युरिटी सिमुलेसन ल्याब सीइआरटी तयार गर्ने कार्यक्रम पनि नयाँ रहेको छ । त्यसका लागि पनि प्राधिकरणले २० करोड रुपैयाँ बजेट छुट्याइएको छ । समग्रमा प्राधिकरणले दूर संञ्चार सेवा तथा सुविधा सर्वसुलभ र भरपर्दो बनाउने कार्यक्रम तय गरी रकम छुट्याएको छ । उक्त कार्यक्रममालागि १५ करोड २२ लाख रुपैयाँ छुट्याइएको छ । आधारभूत दूर सञ्चार सेवा र सुविधा नेपाल राज्यभर शहरी तथा ग्रामीण सबै क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्थापन गर्नका लागि ६ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ । आगामी दिनमा दूर सञ्चार सेवा र सुविधा सर्वाधारण सबैलाई उपलब्ध गराउन त्यस्तो सेवा र सुविधा प्रदान गर्ने व्यक्तीहरु बिच समन्वय र स्वस्थ्य प्रतिस्पर्धा हुने व्यवस्था गर्ने जनाएको छ । उक्त शिर्षकमा बजेट ६५ लाख रुपैयाँ छुट्याइएको छ । । प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति द्धारा निर्धारित नीति अनुरुप फ्रिक्वेन्सी सम्बन्धी काम गर्ने शिर्षकमा ६ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै, दूर संचार क्षेत्रमा नयाँ प्रविधिको विकास तथा उपयोगबारे अनुसन्धान गर्ने, गराउने शिर्षकमा ५० लाख बजेट छुट्याइएको छ । उपभोक्ताहरुको हकहितको संरक्षण हुने गरी दूर संचार सेवाको विकास र विस्तार गर्ने गराउने शिर्षकमा २० लाख रुपैयाँ छुट्याइएको वार्षिक कार्यक्रममा उल्लेख गरिएको छ ।

अटोमेटिक ‘कन्टेन्ट फिल्टरीङ’को तयारीमा एनटीए, अब अश्लिल सामग्री अनलाइनमा राख्ने बित्तिकै हट्ने

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष भित्रै अनाधिकृत कन्टेन्ट इन्टरनेटबाट चल्न नमिल्ने बनाउने भएको छ । प्राधिकरणका अनुसार अनलाइनमा तथा सामाजिक सञ्जालमा राखिने अनावश्यक तथा सामाजमा हानी पुर्याउने खालका विषयवस्तुहरु अटोमेटिक (आफै) रुपमा हट्ने गरी काम गरिरहेको हो । यसको लागि प्राधिकरण तीव्र तयारीमा जुटेको छ । मानिसहरुले विभिन्न अनलाइन माध्यम तथा सामाजिक सञ्जालमा राखिने अश्लिल विषयवस्तुहरुलाई अटोमेटिक रुपमा हट्ने गरी प्राधिकरणले काम गरिरहेको हो । नेपाल दुर संचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पोष्ट गरिने अश्लिल तस्वीर तथा विषयवस्तुहरु आफै हट्ने गरी त्यही किसिमले काम भइरहेको बताए । ‘हामीले चालु आर्थिक वर्ष भित्रै अनाधिकृत कन्टेन्टहरु रोक्ने तयारी गरेका छौँ, सोही सुविधाका लागि कन्टेन्ट फिल्टरिङ सेवा हामीले सुचारु गर्दैछौँ,’ उनले भने । अहिले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमहरुमा धेरै अश्लिल तथा गलत सामग्रीहरु पोष्ट भइरेहका छन्, यसले समाजमा थप हानी नोक्सान पनि गरिरहेको छ, त्यसको प्रवृतिमा परिवर्तन ल्याउन हामीले कन्टेन्ट फिल्टरीङको योजना अगाडि बढाएका हौं, उनले भने । यसले आम सर्वसाधरणहरुमा थप सुरक्षा मिल्ने उनको भनाई छ । उनका अनुसार सेवा प्रदायक तथा सर्वसाधारणहरुसँग समन्वय गरेर अगाडि बढ्ने उनले बताए । प्राधिकरणले सर्वसाधारणले खोजेका कन्टेन्टहरु कानुनी आधारमा सहि भए मात्र चल्ने बनाउने उनको भनाई छ । प्रायेगकर्ताले अनलाइनमा खोजेपनि त्यस्त खालका अश्लिल सामग्री अनलाइनमा भेटिने छैन भने त्यस्ता सामग्री अनलाइन तथा सामाजिक सञ्जालमा पोष्ट भएपनि एनटीएले त्यसले समाज तथा व्यक्तिलाई पार्ने असरलाई यकिन गरेर साइटबाट हटाउन सक्ने वा साइट नै बन्द हुन बनाउन सक्नेछ । अब संवैधानिक तथा कानुनी रुपमा प्रवाह गर्न नपाउने भनि वञ्चित गरेका कन्टेन्टहरु कसैले चलाउन पाउने छैन भने अनलाइनमा पोष्ट गर्न पनि पाउने छैन । यदि पोष्ट गरिहाले भनेपनि तत्कालै त्यो सामग्री त्यहाँबाट हट्नेछ ।

लकडाउनमै सम्पन्न भएका महत्वपूर्ण २ सरकारी काम, कसरी सम्भव भयो भन्सार अटोमेसनमा फड्को ?

काठमाडौं । अन्तराष्ट्रिय व्यापारमा संलग्न व्यवसायीले प्रत्येक वर्ष असारमा एक्जिम कोड नविकरण गर्नुपर्छ । करिब ३० हजार सेवाग्राहीले एकैपटक एक्जिम कोड नविकरण गर्नुपर्दा भन्सार विभागमा अपेक्षाकृत बढी भीड हुने गथ्र्याे । यसपाली कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण सरकारले चैत ११ गतेदेखि नै देशव्यापी लकडाउन घोषणा गरेको थियो । असार १ गतेदेखि लकडाउन केही खुकुलो बनाइए पनि हटाइएको थिएन । सार्वजनिक गाडी गुडेका थिएनन्, निजी सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू गरिएको थियो । उपत्यका बाहिरबाट काठमाडौं आउन सरकारी स्वीकृति आवश्यक हुन्थ्यो । एकातिर सरकारको नियन्त्रण र अर्काेतिर संक्रमण सन्त्रास । एक्जिम कोड नविकरण गर्न भन्सार विभाग र कार्यालयहरुसम्म जान सहज थिएन । त्यसमाथि पनि कोभिड–१९ संक्रमण सन्त्रासका कारण करिब २५ प्रतिशत कर्मचारी मात्रै भन्सारमा कार्यरत हुन्थे । ‘लकडाउन सुरु भएपछि हामीले कर्मचारी २ सिफ्टमा आउने व्यवस्था मिलायौं, विहान आएको कर्मचारी २ बजेतिर घर फर्किन्थे, दिउसो आएका कर्मचारीले बेलुकी कार्यालय समयसम्म काम गर्थे, यसो गर्दा करिब २५ प्रतिशत कर्मचारी कार्यालय समयमा काम गरिरहेका हुन्थे,’ भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले भने । असार लागेपछि भन्सार विभागलाई अर्काे पिरोलो थपियो । असारमा एक्जिम कोड लिन ठूलो संख्यामा सेवाग्राही विभाग तथा कार्यालयहरुमा लाम लाग्नुपर्नेछ । एक्जिम कोड नविकरण गर्न सेवाग्राही भौतिक रुपमै उपस्थित हुन अनिवार्य थियो । किनभने नविकरणको लागि नविकरण शुल्क बुझाएको बैंक भौचरको सक्कलप्रति अनिवार्य रुपमा पेश गर्नुपर्ने हुन्थ्यो । ‘हामी नेपाली अन्तिम समयमा मात्रै काम गर्न थाल्छौं, एक्जिम कोड नविकरणको लागि पनि अन्तिम समयमा मात्रै सबै सेवाग्राही आउने विगतको अनुभव थियो, त्यसरी लाइन लाग्नेमध्ये एक जनामा मात्रै कोभिड–१९ संक्रमण भएको रहेछ भने त त्यसले ठूलो संकट निम्त्याउँछ भन्ने हामीलाई लाग्यो, लकडाउन सुरु भएको केही दिनपछि नै भन्सारका उपमहानिर्देशकको नेतृत्वमा जिम्मेवार पदाधिकारी रहने गरी क्वीक रेस्पोन्स टीम (क्युआरटी) गठन गरेका थियौं, त्यो टीमले लकडाउनको समयमा देखापरेका समस्या तत्काल समाधान गर्ने समन्वयकारी भूमिका निर्वाह गरिरहेको थियो, त्यही टीममा एक्जिम कोड नविकरण कसरी गर्ने भन्ने विषय उठ्यो,’ सुचना अधिकारी घिमिरेले थपे । अर्थमन्त्रालय अन्तरगतका विभाग र कार्यालयहरुमध्ये भन्सार विभाग आफूलाई अग्रपंतीको सुचना प्रविधिमैत्री विभाग भनेर दाबी गर्छ । तर, एक्जिम कोड नविकरणको लागि बैंक भौचरको सक्कलप्रति पेश गर्नुपर्ने कानुनी व्यवस्थाको कारण १ हजार र १५ सय शुल्क लाग्ने कामका लागि पनि सेवाग्राही घण्टौं लाइनमा लाग्नुपर्ने वाध्यता थियो । यही परिवेशमा क्युूआरटीमा अनलाइन शुल्क बुझाउन सकिने र त्यसलाई आधिकारिकता दिन मिल्ने उपाय निकाल्न सकिन्छ कि भनेर छलफल चल्यो । क्यूआरटीमाथि विभागका निर्देशकदेखि महानिर्देशकसम्म रहने गरी कष्टम म्यानेजमेन्ट टीम (सीएमटी) हुन्छ । क्यूआरटी र सीएमटीमा यो विषयमा गम्भीर छलफल चल्यो । विभागको आइटी टीमले केही दिनमा नै यो काम गर्न सकिने सुझाव सीएमटीलाई दियो । त्यसको लागि महालेखा नियन्त्रकको कार्यालय र कनेक्ट आइपिएसको सिस्टमसँग आवद्ध गर्न यी दुई निकाय समहत हुनुपर्ने आइटी टीमको तर्क रह्यो । अनि सीएमटी महालेखा नियन्त्रकको कार्यालय र कनेक्ट आइपिएसका अधिकारीसँग छलफलमा जुटे । विभागका महानिर्देशक सुमन दाहाल ‘हाम्रो धेरै काम अनलाइन नै हुन्छ, एक्जिम कोड नविकरणका लागि आवश्यक कागजात अनलाइन नै पेश गर्न मिल्ने र नविकरण शुल्क पनि इपेमेन्ट गर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने मात्रै देखियो, अनि हामीले महालेखा नियन्त्रकको कार्यालय र कनेक्ट आइपिएससँग समन्वय गरेर इपेमेन्ट गर्न मिल्ने व्यवस्था मिलायौं, आइटीको टीमले अन्य प्राविधिक काम गर्नुभयो, करिब २० दिनमा त हाम्रो सिस्टम पूरै तयार भएर कामै गर्न थाल्यो,’ सुचना अधिकारी घिमिरेले थपे । अहिले विभागले एक्जिम कोड अनलाइन नविकरण गराउन सक्ने प्रणाली सुरु भइसकेको छ । शुल्क पनि बैंक खाताबाट सोझै सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ । आन्तरिक राजस्व विभागसँग समन्वय गरेर एक्जिम कोड नविकरण गर्न चाहने व्यक्तिसँग करचुक्ता प्रमाणपत्र भए नभएको स्वाचालित रुपमा जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ । एक्जिम कोड अनलाइन नविकरणको सोच कोरोना संक्रमण सन्त्रासले नै जन्माएको सरकारत्मक प्रयास हो । भन्सार अटोमेसनका कार्यक्रमहरु संचालनमा रहेपनि एक्जिम कोड अनलाइन नविकरणको कार्यक्रम त्यसमा थिएन । विभागले एक्जिम कोड नविकरण गर्ने म्याद असार मसान्तबाट बढाएर असोज मसान्तसम्म पुर्याएको पनि छ । लकडाउनै बीचमा भन्सारले अर्काे पनि राम्रो काम गरेको छ । लकडाउन अघिसम्म कुनै जहाजले विदेशबाट सामान ल्यायो भने आयातकर्ताको भन्सार एजेन्टले मेरो यो यो सामान आएको छ भनेर विभागमा लिष्ट बुझाउथ्यो । अनि मात्र भन्सार विभागलाई यो जहाजमा यो आयातकर्ताले यो देशबाट यो यो सामान आएको रहेछ भनेर जानकारी पाउँथ्यो । तर विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (त्रिवि) भन्सार कार्यालयमा गत बिहीबारदेखि आसिकुडा प्रणाली अन्तरगतकै मेनिफेष्टो मेडेल लागू गरेको छ । विभागले गरेको सुधारको यो काम भने भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना ५औं चरण अन्तरगतको हो । मेनिफेष्टो मोडल कार्यान्वयनमा आएपछि कुनै पनि जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केके सामान बोकेर आउँदैछन् भन्ने जानकारी जहाज आइपुग्नुअघि नै भन्सारलाई हुन्छ । अर्थात कुनै पनि एयरलाइन्सले विदेशबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउन उडेसँगै त्यसमा भएको सबै सामानको जानकारी भन्सार कार्यालयलाई हुन्छ । ‘मेनिफेष्टो मोडेल लागूभएपछि कुन देशबाट आउने कुन जहाजमा के के सामान आउँदैछ भन्ने जानकारी भन्सारलाई पहिला नै हुने भयो, पहिला नै जानकारी पाएपछि राजस्व जोखिम कम गर्न सहज हुन्छ, नमुना भन्सार बनाउने हाम्रो अभियानको यो एक महत्वपूर्ण फड्को हो,’ सुचना अधिकारी घिमिरेले भने । भन्सारमा मेनिफेष्टो मोडेल लागू भएपछि त्रिवि टर्मिनललाई सामान व्यवस्थापन गर्न पनि सहज हुन्छ । यस्तै गोदाममा रहेका सामान खोज्न पनि छिटै हुने भएकोले जाचापास पनि छिटो भएर लागत घट्ने अनुमान व्यवसायीको छ । विभागको नेतृत्व सुमन दाहालले सम्हालेपछि भन्सार अटोमेसनमा प्रभावकारी काम भएका हुन् ।

बाल्ट्राको अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा

काठमाडौं । बाल्ट्राले अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरको माध्यमबाट तपाईंले नछाेई आफ्नो हात सुरक्षित तरिकाले स्यानिटाइज गर्न सक्नुहुनेछ । नौ लिटर स्टोरेज क्षमता भएको यस ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा तुरुन्त स्यानिटाइज गर्न सकिने, छुन नपर्ने, शक्तिसाली स्पे्र जस्ता विशेषताहरु रहेको बाल्ट्राको यस अटोमेटिक ह्याण्ड स्यानिटाइज डिस्पेन्सरलाई भित्तामा समेत जडान गर्न सकिनेछ । बाल्ट्राको ह्याण्ड स्यानिटाइज डिस्पेन्सरमा १ वर्षको वारेन्टी रहेको छ भने बैंक, स्कूल, कलेज, अफिस, हस्पिटल, होटल, रेस्टुरेन्टहरुको लागि उपयुक्त रहेको छ ।

तेल चोरी र मिसावट रोक्न नेपाल आयल निगम अटोमेशनमा जाँदै

काठमाडौं । नेपाल आयल निगम तेल चोरी र मिसावट रोक्न अटोमेशनमा जाने भएको छ । निगमले पहिलो चरणमा तेल चोरी तथा मिसावट रोक्नका लागि २८ करोडको सफ्टवेयर जडान गर्ने भएको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गर्ने भएको हो । सफ्टवेयर जडान गर्दै नेपाल आयल निगमले सबै सेवाहरुलाई अटोमेशनमा लैजाने प्रक्रिया सुरु गरेको छ । इआरपी प्रणालीले निगमको एकिकृत व्यवस्थापन गर्ने छ । नेपाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल आयल निगाम अटोमेशनमा लाने काम सुरु भएको बताए । विस्तारै निगम पुर्णरुपमा अटोमेशमा जाने छ । ‘मेकानिकल लकिङ् सिस्टमले मिसावट र चोरी नरोकिएपछि अटोमेशनको काम सुरु भएको हो, इआरपी सिस्टम जडान भए पछि सबै काम कम्युटरकृत हुने छ,’ पौडेलले भने । नेपालभर १ हजार ४ सय वटा पम्पहरुबाट पेट्रोलियम पदार्थ बिक्री भइरहेको छ । तीन वर्ष भित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने छ । यो कार्यको लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिम समेतको लागि २८ करोड रुपैयाँ बजेट छुट्याएर टेन्डर भएको छ ।

तिनाउ मिसन डेभलपमेण्ट बैंक र एसबी सोलुसन्सबीच ऋण अटोमेसन गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकका कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र एसबी सोलुसनका अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लोन अटोमेसन सिस्टम माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ । यस लोन अटोमेसन सिस्टमले बैंकको पेपरमा आधारित सबै लोन(ऋण) वर्कफ्लोलाई परिर्माजित गरी, लोनका क्लाइन्टहरु मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने अपेक्षा लिइएको छ । एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ । यसैगरी, तिनाउ मिसन डेभलपमेण्ट बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त संस्था हो । तिनाउ मिसन डेभलपमेण्ट बैंकका दुई लाख भन्दा बढि ग्राहक र ५४ शाखा कार्यालयहरु रहेका छन् । तिनाउ मिसन डेभलपमेण्ट बैंकले पछिल्लो पटक मिसन डेभलपमेन्ट बैंकसँग मर्जर गरी नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको छ । त्यसैगरी, एसबी सोलुसनले विभिन्न बैंक तथा कर्पोरेट हाउसका प्रोडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन प्रदान गर्दै आएको छ । यसै अनुसार यसले विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरेको छ । लोन एप्रोभिङ सिस्टम, अनलाइन एकाउन्ट ओपनिङ, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, भेन्डर म्यानेजमेन्ट सिस्टम, बजेट म्यानेज्मेन्ट सिस्टम यस कम्पनीका मुख्य प्रोडक्टहरु हुन् ।

सिभिल र विवेक अटोमोवाईल्सबीच व्यवसायीक सम्झौता, तीन पाङ्ग्रे सवारी ६.९८ प्रतिशत व्याजमा

काठमाडौं । सिभिल बैंक र विवेक अटोमोवाईल्सबिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षेकर्जा सुबिधा प्रदान गर्ने छ । सो कर्जा नेपाल राष्ट्र बैंकद्वाराजारी ६ प्रतिशत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर६.९८ प्रतिशत मा सो कर्जा सुबिधा प्रदान गरिने छ । बैंकले हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेका छ भने सिभिल बैंकको १ सय १२ वटै शाखाहरु मार्फत सो कर्जा सुविधा प्रदान गरिने पनि बैंकले जनाएको छ ।

अब थापाथली क्याम्पसमा बि.ई अटोमोबाईल र आर्किटेक्चरको पढाई हुने

काठमाडौं । थापाथली क्याम्पसले बि.ई अटोमोबाईल र बि. आर्किटेक्चर सहितको नयाँ कोर्स पढाउने भएको छ । ईन्जिनियरिङ अध्यन हुने थापाथली क्याम्पसले बिहिबार यि दुई कोर्स पढाउने स्वीकृति प्राप्त गरेको हो । मंगलबार बसेको मन्त्रीपरिष्दको बैठकले थापाथली क्याम्पसलाई बि.ई अटोमोबाईल र बि. आर्किटेक्चर पढाउने अस्थाई स्वीकृति दिएको हो । क्याम्पसले बि.ई अटोमोबाईलमा ४८ जना र बि. आर्किटेक्चरमा ४८ जना विद्यार्थी पढाउने स्वीकृति पाएकाे छ ।

अटो एक्स्पो २०२० को मुख्य आकर्षणमा मारुती सुजुकीको ‘फ्युचरो-ई कन्सेप्ट’, के के छन् विशेषता ?

हाल भारतमा भइरहेकाे ‘अटो एक्स्पो २०२०’ मा विभिन्न अटो ब्राण्डहरुले आ-आफ्ना नयाँ उत्पादनहरुलाई प्रदर्शनमा राखेका छन् । माघ २२ गते (६ फेब्रुअरी) बाट सुरु भएकाे उक्त एक्स्पाेकाे मुख्य आकर्षणमा मारुती सुजुकीले प्रदर्शन गरेको फ्युचरो-ई रहेकाे छ । यो कारले भविष्यमा मारुती सुजुकीका मोडेलहरुमा पाइन सक्ने स्टाइलिङ्गलाई पनि झल्काएको छ । मारुतीका कारहरुको पारम्परिक डिजाइनभन्दा भिन्न रहेको यस कारलाई एसयूभी-कुपको शेपमा पेस गरिएको छ । यसको इन्टेरियर पनि एकदमै आधुनिक रहेको छ । यस कारमा चौडा स्क्रिन सहितको ड्यासबोर्ड, फ्युचरिस्टिक स्टेयरिङ्ग, इलेक्ट्रिकली कन्ट्रोल गर्न मिल्ने इन्टेरियर, एम्बियन्ट लाइटिङ्ग लगायतका विशेषताहरु समावेश गरिएको छ । मारुतीका अनुसार हाल यो एउटा इलेक्ट्रिक कारको रुपमा रहेको भएतापनि प्रोडक्सन भएर बजारमा आउँदा चाहिँ पेट्रोल र डिजेल इञ्जिन अप्शनका साथमा पनि उपलब्ध हुनेछ । फ्युचरो-ई कन्सेप्ट प्रोडक्सन भएर मिडसाइज एसयूभीको रुपमा बजार प्रवेश गर्नेछ । मारुतीले फ्युचरो-ई कन्सेप्टलाई कहिले प्रोडक्सनमा उतार्छ भन्ने वारे चाहिँ केहिपनि खुलाएको छैन । लञ्चपश्चात भने यस कारले धेरै प्रतिष्पर्धीहरुसँग सामना गर्नु पर्नेछ । अहिले कियाले मिडसाइज एसयूभी सेग्मेन्टमा राम्रो पकड जमाइसकेको अवस्था छ भने हुण्डाईले पनि आफ्नो सर्वाधिक चर्चित एसयूभी क्रेटाको सेकेण्ड-जेनेरेशनलाई छिट्टै नै बजारमा ल्याउने तयारी गरिरहेको छ । फ्युचरो-ई कन्सेप्टको लुक्सलाई ग्राहकमाझ चर्चा कमाउन सक्ने कारणको रुपमा आँकलन गरिएको छ । तर यो कुरा भने कन्सेप्ट मोडेलमै भएको स्टाइललाई प्रोडक्शन मोडेलमा कति हदसम्म यथावत राखिन्छ भन्ने कुराले नै निर्धारण गर्नेछ । यदि प्रोडक्शन मोडेलमा पनि कन्सेप्टको जस्तै शार्प स्टाइलिङ्ग समावेस गर्ने हो भने मारुतीले मिड-साइज्ड एसयूभी सेग्मेन्टमा राम्रै छाप छोड्ने चाहिँ पक्का छ ।

अटो एक्स्पो २०२०ः हिरोका तीन नयाँ इलेक्ट्रिक उत्पादन सार्वजनिक

काठमाडाैं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोले भारतमा आज बाट सुरु भएको अटो एक्स्पो २०२० मा आफ्ना तीन नयाँ इलेक्ट्रिक उत्पादनहरुलाई प्रदर्शन गरेको छ । एई-४७ नामक मोटरसाइकल, एई-२९ तथा एई-८ नामक स्कुटर र त्यसैगरी एई-३ ई-ट्राइक नामक ट्राइसाइकल प्रदर्शन गरेको हिरोले पहिलेनै इलेक्ट्रिक वाहनतर्फ आफ्नो उपस्थिती जनाइसकेको थियो । यी तीन उत्पादनहरुको मूल्य भारतीय बजारमा ८० हजारको हाराहारी पर्ने अनुमान गरिएको छ । एई-४७ एई-४७ बाइकमा रिमुभेवल ४८ भोल्टको लिथियम-आयन ब्याट्री समावेश छ जसले फुल चार्ज हुन ४ घण्टाको समय लिन्छ । त्यसैगरी यसमा ४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ८५ केएमपीएचको टपस्पिड प्रदान गर्न सक्दछ । इको र पावर गरी दुई राइडिङ्ग मोड दिइएको यस बाइकले इको मोडमा चाहिँ १६० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भनेर कम्पनीले दावी गरेको छ । एई-४७ मा क्रउल एसिस्ट, क्रुज कन्ट्रोल र रिभर्स मोड लगायतका विशेषताहरु पनि समावेश छन् । यस बाइकको दुबै चक्काहरुमा डिस्क ब्रेक जडान गरिएको छ भने स्मार्टफोन कनेक्टिभिटी, रियल-टाइम ट्र्याकिङ्ग, जियो-फेन्सिङ्ग लगायतका फिचरहरु पनि दिइएका छन् । लञ्च पश्चात् यसले रिभोल्ट आरभी ४०० सँग प्रतिष्पर्धा गर्ने बताइएको छ । एई-२९ र एई-८ एई-२९ हाइ-स्पिड इलेक्ट्रिक स्कुटर सेग्मेन्ट अन्तर्गत् पर्दछ भने एई-८ चाहिँ लो-स्पिड सेग्मेन्ट अन्तर्गत पर्दछ । एई-२९ कम्फर्ट सिरिज अन्तर्गत्को स्कुटर हो भने एई-८ चाहिँ ट्रेन्ड सिरिज अन्तर्गत्को स्कुटर हो । यी दुवै स्कुटरहरुले फुल चार्जमा ८० किलोमिटरको रेञ्ज प्रदान गर्दछन् । थोरै प्रिमियम वर्गमा पर्ने एई-२९ स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, एन्टी-थेफ्ट स्मार्ट लक, डिजिटल कन्सोल र मोवाइल चार्जर लगायतको विशेषता पनि समावेश गरिएको छ । एई-३ इ-ट्राइक हिरोले यस तीन चक्के वाहनलाई विजनेश टु विजनेश एप्लिकेशनको लागि लक्षित गरेर ल्याएको हो । एई-३ मा ३ किलोवाटआवरको लिथियम-आयन ब्याट्री दिइएको छ जसले फुल चार्जमा १०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ । त्यसैगरी यसमा २५० वाटको इलेक्ट्रिक मोटर समावेश गरिएको छ र यसले ८० केएमपीएचको टपस्पिड प्रदान गर्दछ । एई-३ इ-ट्राइकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, मोवाइल चार्जर, वाक एसिस्ट, २६ केएमपीएचको स्पिड सहितको रिभर्स एसिस्ट र एप कनेक्टिभिटी लगायतका विशेषताहरु समावेश गरिएको छ ।

मोरङ्ग उद्योग संङ्गठन संघलाई नाडाको स्वागत, अटोमोवाइल उद्योग स्थापना गर्न जोड

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले मोरङ्ग उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेको नेतृत्वमा आएको ५ सदसिय प्रतिनिधि मण्डललाई सोमबार स्वागत गरेका छन् । आगामी फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने बिराट एक्स्पो ‘२० एग्रो एण्ड इन्टरनेशनल एक्जिभिसनको प्रवद्र्धनका सन्दर्भमा आएको सो प्रतिनिधि मण्डललाई नाडाले स्वागत गरेको हो । आफ्नै सचिवालयमा स्वागत गर्दे अध्यक्ष दुलालले नाडालाई देशव्यापी बनाउन पहल भईरहेको भन्दै नेपालको पहिलो अटो उद्योग हुलास मोटर्स पूर्व मै स्थापना भएको, लुव्रिकेण्टस उद्योगहरु पनि धेरै पूर्व मै स्थापना भएको बताए । साथै, अब पनि अटोमोवाइल उद्योग स्थापना गर्नका लागि उद्योग सङ्गठन मोरङ्गले पहल गर्न आग्रह गरेका छन् । कार्यक्रममा मोरङ्ग उद्योग संङ्गठनका अध्यक्ष भिम घिमिरेले उद्योग व्यवसायको खस्किँदो अवस्थालाई उठाउन नाडाले आवश्यक पहल गरोस, अटोमोवाइल व्यवसायको प्रवद्र्धन र सम्बद्र्धनका लागि नाडाले उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । सोही छलफलमा बिराट एक्स्पो ‘२० एग्रो एण्ड इन्टरनेशनल एक्जिभिसनका संयोजक भोलेश्वर दुलालले सो एक्सपो बारे जानकारी दिँदै उक्त प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रुपमा निमन्त्रणा गरेका छन् ।

होण्डाको नयाँ शोरुम अब भैरहवामा, सिद्धि विनायक अटोले सञ्चालन गर्ने

काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले भैरहवाको अञ्चलपुरमा होण्डा मोटरसाइल तथा स्कूटरहरुको आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । होण्डाले मंसिर २६ गतेका दिनदेखि उक्त शोरुमको उद्घाटन गरेको हो । भैरहवामा अवस्थित होण्डाको दोस्रो शोरुमलाई सिद्धि विनायक अटो इन्टरनेशनलले सञ्चालन गर्नेछ । वर्षौदेखि नेपाली ग्राहकहरुलाई उच्चस्तरीय सेवा र सुविधा प्रदान गर्दै आएको होण्डाले भैरहवामा आफ्नो नयाँ शोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकहरुलाई सहज रुपमा बिक्री वितरण, सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध गराउने केन्द्रबिन्दु बनाएको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।

चितवनमा अटो रिक्सा पल्टिदा पाँचकाे मृत्यु

चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का रहेका छन् । उनीहरुको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा राप्ती नगरपालिका–९ की ३२ वर्षीया माया तामाङ र खैरहनी नगरपालिका–३ की ३९ वर्षीया मनमाया नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइते हुनेमा अटोचालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणिराम गिरी रहेका छन् । घाइते गिरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । शनिबार साँझ राप्ती नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती नगरपालिका–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो । उनीहरु सामूहिक वनभोजका लागि गएको र फर्कने क्रममा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् । रासस

५ करोडको लगानीमा खुल्यो अटो गार्डेन, साना गाडीको सबै काम मेसिनबाटै

काठमाडौं । चितवनमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने अटो गार्डेन सञ्चालनमा आएको छ । उक्त अटो गार्डेन मकवानपुरका युवा निर्माण व्यवसायी सुरेन्द्र पाठकले ५ करोडको लगानीमा सञ्चालन गरेका हुन् । भरतपुर-१२ मिलनचोकमा १५ कठ्ठा जग्गामा अटो गार्डेन सञ्चालनमा ल्याएको व्यवसायी पाठकले बताए । अटो गार्डेनका लागि केही मेसिनहरु विदेशबाट केही दिनमा नै आइपुग्ने बताए । हाल सञ्चालनमा आइसकेको अटो गार्डेनबाट सबै मेसिन आइसकेपछि पूर्ण रुपमा सेवा शुरु हुने छ । अटो गार्डेनमा ३० जनाले रोजगारी पाएका छन् । थ्रीडी प्रविधिद्वारा हृवील अलाइमेन्ट नेपालमा नै पहिलोपटक अटो गार्डेनले प्रयोगमा ल्याएको पाठकले दाबी गरे । अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट अटो गार्डेनमा अत्याधुनिक मेसिन भित्र गाडी हालेर वास र पेन्ट गरिन्छ । यसरी मेसिन भित्र हालेर गाडीको वास र पेन्टिङ गर्दा नयाँ जस्तै चमक देखिन्छ । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा गाडीको आयु लामो हुने अटो गार्डेनका सञ्चालक पाठकले दाबी गरे । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा समयको बचत समेत हुनेछ । अत्याधुनिक प्रविधिमार्फत सर्भिसङ, पेन्ट, थ्रीडी प्रविधिद्वारा अलाइनमेन्ट, अटोमेटिक मेसिनमार्फत प्युरिफाई पानीद्वारा वास गर्ने र टायर चेन्जर लगायतका सेवा अटो गार्डेनले प्रदान गर्नेछ । अटो गार्डेनभित्रै क्याफेसमेत सञ्चालित छ । आफ्नो गाडी बनाउन आउँदा ग्राहकले क्याफेमा बसेर आनन्द लिन सक्छन् । देशैभर कार तथा जिप चढ्ने प्रयोगकर्ताहरुको संख्या बढेसँगै प्रविधिको प्रयोगबाट अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट हुने गरी चितवनमै पहिलोपटक अत्याधुनिक मेसिन ल्याई अटो गार्डेन सञ्चालनमा ल्याइएको अटो गार्डेनका मेकानिकल इञ्जिनियर दिनेश पण्डितले बताए ।

युनाइटेड फाइनान्स र एस्.वी. सोलुसन्सबीच कर्जा अटोमेसन र डिजिटाजेसनसम्बन्धी सम्झौता

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड र एस् वी. सोलुसन्स् प्रा.लि.बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्स् प्रा.लि.का अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरेका हुन् । अब बैंकले सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ । यसरी, युनाइटेड फाइनान्स लि.ले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरी ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् । त्यसैगरी, एस् वी. सोलुसन्स् प्रा.लि.ले डिजिटाइजेसन र अटोमेसन बैंकिङ प्रोडक्टस् र प्रोसेस जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइल लोन इलिजीबिलिटी, अनलाइल अकाउन्ट ओपनिङ, डकुमेन्ट मेनेजमेन्ट सिस्टम, भेन्डर मेनेजमेन्ट सिस्टम, मेमो मेनेजमेन्ट र मोवाइल एप्लिकेसन जस्ता सेवा उपलव्ध गराउदै आएको छ ।

अटो एभ प्रालिले मनायो दशौँ वार्षिकोत्सव, कर्मचारी र ग्राहक सम्मानित

काठमाडौँ । सुजुकी गाडीको काठमाडौंका लागि पहिलो आधिकारिक सर्भिस सेन्टरको रुपमा स्थापित अटो एभ प्रालिले शनिबार दशौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा लामो समयदेखि कार्यरत कर्मचारीका साथै विशिष्ट ग्राहकहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा अटो एभलाई शुभकामना प्रदान गर्दै प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले अटो एभको व्यवसाय देशभर व्यवसाय देशभर फैलियोस् भन्ने कामना गरे । उनले अटोमोबाइल व्यवसायले प्रदान गर्ने राजस्वका कारण नै सरकार सञ्चालन गर्न सहज भएको बताउँदै अटोमोबाइल व्यवसायीहरुलाई समेत राज्यले सम्मान गर्ने वातावरण बनाउनु पर्ने बताए । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराई, नाडाका सचिव अनुप बराल र अन्य विभिन्न महानुभावहरुले वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्नुका साथै भविष्यमा समेत सफलताको शुभकामना प्रदान गरे । सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पका आफ्टर सेल्स सर्भिसका डीजीएम श्याम श्रेष्ठले अटो एभमा हाल मासिक रुपमा औसत ४ सय गाडी सर्भिसिङ हुने गरेको बताउदै यसको सबै श्रेय अटो एभको व्यवस्थापन र कर्मचारीहरुलाई जाने बताए । अटो एभले ९१ प्रतिशत लक्ष्य हासिल गरेको जानकारी दिदै उनले यहाँ उपलब्ध ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्स देखि लिएर विभिन्न इक्विपमेन्ट मात्र नभएर दक्ष कर्मचारीकै कारण ग्राहकको मन जित्न सफल भएको धारणा ब्यक्त गरे । अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले ग्राहक र मेकानिक्सहरुको साथ सहयोगले नै दशौं वार्षिकोत्सव मनाउन सफल भएको बताउदै सबैलाई धन्यवाद ज्ञापन गरे । अटो एभका डाइरेक्टर दीपेन्द्र डंगोलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा अटो एभमा लामो समय देखि कार्यरत टेक्निसियनका साथै मूल्यवान ग्राहकहरुलाई सम्मान गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोल र अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले अनाथहरुको सेवाका लागि कार्यरत प्रणवानन्द आश्रमलाई २१ हजार १ रुपैयाँको चेक हस्तान्तरण गरे ।

अटो वर्कसप व्यवसायीले गरे दशैँको शुभकामना आदान प्रदान

काठमाडौँ । नेपाल अटो वर्कशप व्यवसायी संघले दशैँ, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपाका सांस कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा साँसद सरकारले व्यवसायीहरूलाई थप हौसला प्रदान गर्ने समेत बताए । संघका ईकाई अध्यक्ष माधब सुबेदीले अटो वर्कशापहरू भन्ने बित्तिकै मासले नराम्रो दृष्टिकोणले हेर्ने र अभद्र व्यवहार गर्ने गरेको बताए ।

सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच सम्झौता

काठमाडौं। सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुनिलकुमारपोखरेल तथा द हबि अटो टेडिङ्का तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता पत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ । हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवाप्रदानगरिरहेको कुरा पनि बैंकले जनाएको छ

८१ हजारले अवलोकन गरे नाडा अटो शो, टोयटा र केटिएमका स्टल उत्कृष्ठ

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १४ औं नाडा अटो शो आइतबार सकिएको छ । उक्त नाडा अटो शोमा ८१ हजार अवलाेकनकर्ताले अवलोकन गरेको नाडाले जाकारी दिएको छ । नाडा अटो शोमा ९५ वटा ब्राण्डका १ सय ६० स्टलहरुको सहभागिता रहेको थियो । पहिलो दिन १० हजार, दोस्रो दिन १३ हजार, तस्रो दिन १४ हजार ८ सय, चौथो दिन १५ हजार ५ सय, पाँचौ दिन २० हजार र छैटौ दिन ८ हजारले नाडा अटो शोको अवलोकन गरेकाे नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । ८१ हजार आगन्तुकहरु मध्येबाट ओमेगा अटोमोबाइल्सले प्रायोजन गरेको जी पी एक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटर साइकल ०१२३३१ नम्बर टिकट भएका उपहार पाएका छन् । समापन समारोहमा लक्ष्मी ल्युव आयलको टोटल ल्युबको स्टल उत्कृष्ठ स्टल घोषित भएको छ । त्यस्तै दुइपांग्रेतर्फ हंसराज हुलासचन्द एण्ड कम्पनीको केटिएम बाइक तथा चारपांग्रेमा युनाइटेड ट्रेडर्स सिन्डिकेटको टोयोटाको स्टललाई घोषणा गरिएको छ । कार्यक्रममा नाडाका अध्यक्ष दाहालले नाडाको अध्यक्षको रुपमा आफ्नो कार्यकाल यही पुसमा सकिने भन्दै नाडा अटोशो २०२० आयोजना गर्ने नयाँ नेतृत्वलाई अग्रिम शुभकामना समेत दिए ।