दरबार मार्गको नाङलो रेष्टुरेन्ट बन्द

६ पुस । दरबार मार्गको नाङलो रेष्टुरेन्ट बन्द भएको छ । नाङ्लो प्रा.लि ले आईतबार सूचना प्रकाशित गरी पुस ६ गतेदेखि नै रेष्टुरेन्ट बन्द गरेको जनाएको छ । ‘दुभाग्यभस प्रतिकूल बातावरणका कारण आजैको मितिदेखि हामीले हाम्रो सेवाबाट अवकाश लिएको घोषणा गर्दछौं’ कम्पनीले जनाएको छ । के कति कारणले व्यवसाय गर्न प्रतिकूल बातावरण भयो भन्नेबारे सूचना उल्लेख गरिएको छैन । केहि समय पहिले नाङलोका प्रबन्ध निर्देशक गोपालसुन्दर कक्षपतिले विदेशमा समेत शाखा विस्तार गर्ने तयारी गरिरहेको बताएका थिए । सन १९७६ मा एक लाख रुपैंयाँको लगानीबाट सुरु गरिएको नाङलो र यसका सिस्टर कम्पनी द वेकरी क्याफेका देशभर १८ शाखा विस्तार भैसकेका छन् भने करोडौंको लगानी रहेको छ । नाङलोमा हाल करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने झण्डै ५० जना अपाङगहरुले समेत काम गरिरहेका छन् । नाङलोले सार्वजनिक गरेको सुचना अनुसार केहि समय भित्रै उपभोक्ताहरुको चाहनालाई ख्याल गर्दै पुनः सञ्चालनमा आउने समेत उल्लेख छ । कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, जग्गाको मालिक, व्यवसायका पार्टनर, बैकर्स, आपूर्तिकर्ता सबैलाई धन्यवाद दिएको छ ।नेपालमा रेष्टुरेन्ट व्यवसायलाई प्रवेश गराउनेदेखि लामो समय यो क्षेत्रको रोलमोडल रेष्टुरेन्ट रुपमा चल्दै आएको थियो ।

यस्तो बन्दैछ शेष घलेको शेराटन होटल

२२ मंसिर । नेपाल मूलका अस्ट्रेलियन धनाढ्य एवं गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अक्टुवर ११ तारिखका दिन शेराटन होटल निर्माण आरम्भ गरे । उनले प्रधानमन्त्री सुशील कोइरालाका हातबाट होटलको शिलान्यास गराएका थिए । गैरआवासीय नेपालीहरू चाडबाड मान्न नेपाल आउँछन् र लगानी गर्ने गफ लगाएर फेरि विदेश फर्कन्छन भन्ने आरोपलाई चिर्दै घलेले आठ अर्ब लगानीको मेगा प्रोजेक्टका रूपमा शेराटन होटल निर्माण आरम्भ गरेका थिए । एमआईटी ग्रुप होल्डिङ्सका मालिक घलेले झन्डै चार वर्षको तयारीपछि ‘शेराटन काठमाडौं होटल’ को निर्माण कार्य आरम्भ गरेको बताएका थिए । के के छन् त शेराटन होटलमा ? पाँचतारे लक्जरी होटल शेराटन काठमाडांैमा २ सय १८ वटा गेस्टरुम र सुइट रहने छन् । हेल्थ क्लब, स्पा, वातानुकूलित स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुविधाका साथै स्थानीय र अन्तर्राष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ । विवाह तथा सभा समारोहका लागि करिब एक हजार सिट क्षमताको सभाकक्ष हुनेछ, जुन काठमाडौंमा हालसम्म उपलब्धमध्ये सवैभन्दा ठूलो हुने छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् । भवन निर्माणमा आधुनिक ‘पोस्ट टेन्सन्ड कंक्रिट’ को प्रयोग भइरहेको छ । काठमाडौंमै पहिलोपटक प्रयोग गर्न लागिएको यो प्रविधिले भवनलाई बलियो र सुरक्षित बनाउने छ । रोजगारीको अवसर होटल निर्माणका क्रममा करिब ५० हजारले प्रत्यक्ष रोजगारी पाउने छन् भने होटल सञ्चालनपछि ४ सय ५० जना दक्ष जनशक्तिले रोजगारी पाउनेछन् । के हो शेराटन होटल ? विश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल र एन्ड रिसोर्ट वल्र्डवाइड इंक’ ले सञ्चालन गर्ने विभिन्न होटल ब्रान्डमध्ये शेराटन पनि एक हो । शेराटन ब्रान्डमा विश्वका करिब ७० मुलुकमा ४ सय होटल सञ्चालन भइरहेका छन् । स्टारवुडले शेराटनबाहेक सेन्ट रेगिस, द लक्जरी कलेक्सन, डब्ल्यु, वेस्टिन, लि मेरिडियन, शेराटन, फोर पोइन्ट्स वाई शेराटन, अलोफ्ट र इलेमेन्ट ब्रान्डमा विश्वका झन्डै एक सय मुलुकमा होटल सञ्चालन गरिरहेको छ । यी होटलहरुमा करिब १ लाख ८१ हजार ४ सय कर्मचारी कार्यरत छन् । कसरी जुट्दैछ लगानी ? करिब ८ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको होटलमा सतप्रतिशत वैदेशिक (अस्ट्रेलियन) लगानी रहेको छ । होटलको प्रवद्र्धक अस्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङ्स रहेको छ भने व्यवस्थापन तथा सञ्चालन सिंगापुरको स्टारवुड ग्रुपले गर्नेछ । कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुनेछ । १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लबीसहित १३ वटा तलामा गेस्टरुम हुनेछन् । सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ । अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण उपलब्धि सावित हुने अनुमान गरिएको छ । यो नै मुलुकको सेवा क्षेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यक्ष बैदेशिक लगानी हो । के हो एमआईटी ग्रुप होल्डिङ ? एमआईटी ग्रुप होल्डिङ गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रवद्र्धित अस्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको कम्पनी हो । यसले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ । एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज सञ्चालन गरिरहेको छ । त्यहाँ करिब ३ हजारभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् । एमआईटी ग्रुपले पोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ । एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका विभिन्न व्यावसायिक भवनहरुको स्वामित्व छ ।

विश्वका ५ उत्कृष्ठ गन्तब्यहरु

इस्तानबुल, टर्की ट्रिप एडभाईजरले गरेको सर्वेक्षणमा ‘ट्राभलर्स च्वाईस’ अन्तर्गत विश्वकै उत्कृष्ठ गन्तव्यहरुका रुपमा टर्किको स्तानबुल शहर पहिलो रोजाईमा परेको छ । युरोप र एसियाको संगमस्थल हो टर्कि जहाँ हृदय छुने ऐतिहासिक कला कौशलसहित आधुनिक रेष्टुरेन्ट र रात्री जीवनको आनन्द लिन सकिन्छ । ऐतिहासिक मस्जिद, बजार, सुल्तान अहमेत कमाईको निलो मस्जिद, गलाटा ब्रिज, मिनियाटुर्क पार्क स्तानबुलका आकर्षक गन्तब्यहरु हुन् । इस्तानबुलको दश उत्कृष्ठ हेर्ने पर्ने ठाउँहरुमा क्रमशः ऐतिहासिक क्षेत्र, सुलमनिया मस्जिद, सुल्तान अहमेटको जिल्ला, रुस्टेम पासा मस्जिद, राहमी एम.कोक म्युजियम, हागिया सोफिया म्युजियम÷चर्च आयोसोफ्या, केरिया म्युजियम/चोरा चर्च, बासिलिका सिस्टर्न, साकिप साबाइन्की म्युजिमय र बोस्फोरस स्ट्रेट हुन् । यीनै मनोरम दृश्यहरुकै कारण इस्तानबुल विश्वकै एक नम्बरको उत्कृष्ठ गन्तब्यमा दर्ज भएको हो । रोम, इटाली ट्रिप एडभाईजरले गरेको सर्वेक्षण अनुसार विश्वकै दोश्रो आकर्षक गन्तब्यका रुपमा इटालीको ऐतिहासिक नगरी रोम दोश्रो नम्बरमा परेको छ । रोमन सभ्यतासँगको ऐतिहासिक पक्ष र आधुनिकता मिसिएको जीवन शैलीका कारण रोम उत्कृष्ठ ठहरिएको हो । यहाँको जायन्ट आउटडोर म्युजियम, खुल्ला बजार, ऐतिहासिक साईटस्, ट्रेभी फाउण्टेनको टसक्वाईन जस्ता मनै छुने दृश्य र गतिविधिले जो कोहीलाई लोभ्याउँछ । रोमका दश उत्कृष्ठ स्थलहरुमा क्रमशः अब्बाजिया डि सान पाउलो फुओरी ली मुरा, एर्सिबासिलिया डि सान जिओभानी इन लेटरानो, लि डोमुस रोमान डि पालाजो भ्यालेन्टिनी, चर्च अफ सान्टल्गनाजियो डि रोयोला, चर्च अफ सान लुइजी फोरम, कोलोजम, प्यालेटाईन हिल, रोमन फोरम, बासिलिका डि सान क्लिमेन्ट अल लेटरानो, बासिलिका डि सान्टा प्रसेड, इस्टाजी आफ सेन्ट टेरेसा, बासिलिका डि शान्टा मारिया म्यागिओर हुन् । लण्डन, बेलायत कुनै समयको कहिल्यै घाम नअस्ताउने बेलायत आज पनि शान, शक्ति र सौन्दर्यतामा अब्बल नै छ । बेलायतको लण्डन शहरमा बर्षेनी दशौं लाख मानिसले भ्रमण गर्छन् । लण्डनका द क्राउन ज्वेल्र्स, बकिङघम प्यालेस, कामडने मार्केट सहित ब्रिटिस कला र संस्कृतिले लण्डनलाई लोभ्याउँदो बनाएको छ । लण्डनलाई उत्कृष्ठ १० गन्तब्यका रुपमा स्थापित गराउने स्थलहरुमा ब्रिक लेन म्युजिक हल, वालेस कलेक्सन, बम्बर कमाण्ड मेमोरियल, रोयल ओपेरा हाउस, नेशनल ग्यालरी, द कोर्टाउल्ड ग्यालरी, हाउस अफ पार्लियामेण्ट, चर्चिल वार रुम, घोस्टसाईन र सेन्ट जेम्स पार्क पर्दछन् । बेईजिङ, चीन समाजवादी व्यवस्था भएको चिनमा दुई सय वर्ष पुरानो कुब्ला खाँले तयार पारेको कला कौशलदेखि आधुनिक चीनका निर्माता माओत्सेतुङका निर्माणहरु देख्न सकिन्छ । इतिहासको सम्पत्तिका रुपमा हल अफ प्रिजर्भिङ हार्माेनी, समर प्यालेस, फरबिडन सिटी हेर्न पाईन्छ । त्यस्तै, आधुनिक चीनका अभियन्ता माओत्सेतुङको सम्झानामा माओ मेमोरियल हल, तियामेन स्क्वायर, डर्ट मार्केट र सिल्क मार्केट पनि उत्कृष्ठ नमूना हुन् । छुटाउनै नहुने १० गन्तब्यहरुमा क्रमशः ग्रेट वाल एट द म्युटिन्यु, ग्रेट वाल एट द हुयङहुचेङ, द ग्रेट वाल अफ जियन्कोउ–द ग्रेट वाल अल्टरनेटिभ, समर प्यालेस, जिङसान पार्क, गोल्डेन मास्क डाईनास्टी शो, हल अफ ग्रेट हार्माेनी, टेम्फ अफ हेभन, चाओयाङ थियटर शो र जुयोङ पास अफ ग्रेट वाल हुन् । प्राग्यु, चेक रिपब्लिक समुद्रको किनारलाई समेटेर रचिएका पौराणिक कथाहरुकै कारण पनि चेकरिपब्लीकको प्राग्यु शहर प्रसिद्ध छ । त्यसमा पनि आधुनिकता मिसिएको जिवन शैलीमा ऐतिहासिकताको रंग थपेर समुद्री किनाराको बसाईले जो कोहीलाई स्वर्गको अनुभुति दिलाउँछ । त्यसैले पनि यो शहर उत्कृष्ठ गन्तब्यहरुको पाँचौ नम्बरमा अटाउन सफल भएको हो । यहाँको भ्रमण गर्नेहरुले छुटाउने नहुने १० स्थानहरुमा वल्र्ड टाउन अर्थात स्टेर मेस्टो, द स्ल्याभ इपिक, प्राग्यु जु, वल्र्ड टाउन स्क्वायर, सेन्ट भिटस क्याथेड्रल, लेजर क्वाटर, सेन्ट साईरिल एण्ड सेन्ट मेथोडियुस क्यउाथेड्रल, भिसेराड नेशनल कल्चरल मोन्युमेन्ट, चाल्र्स ब्रिज र क्यास्टल डिस्ट्रक रहेका छन् ।