प्रचण्डको जित सुनिश्चित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् । रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएको छ । यहाँ कुल १९ हजार १०६ मत खसेको थियो । प्रचण्डलाई पछ्याएका नेकपा एमाले उम्मेदवार लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत प्राप्त गरेका छन् ।

अछाम-१ मा नेकपाका भीम रावल अग्र स्थानमा, रास्वपा चौथो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछाम-१ मा जारी मतगणनाको प्रारम्भिक परिणामले नेकपाकालाई अग्रता दिलाएको छ । सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार नेकपाका भीम रावलले ९५२ मत ल्याएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक बहादुर साउदले ७१३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ७३२ मत ल्याएका छन् । यसैगरी रास्वपाका ओमप्रकाश रावलले १०७ मत ल्याएका छन् । मतगणना जारी छ ।   

एक जितसहित रास्वपाको १०३ ठाउँमा अग्रता, दोस्रो स्थानमा भएको ठाउँमा पनि झिनो मतान्तर

काठमाडौं । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक जितसहित १०३ ठाउँमा अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार रास्वपा देशका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा १०३ ठाउँमा अगाडि देखिएको हो । त्यहाँ नेपाली कांग्रे, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी( नेकपा)ले पछ्याइरहेका छन् ।  पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेस ११ ठाउँमा अगाडि देखिएको छ भने नेकपा नेकपा १० र नेकपा ९ ठाउँमा अगाडि छ । यी ठाउँमा पनि रास्वपा झिनो मतान्तरसहित दोस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ ।