समाचार

  २०७९ असोज २५ गते ९:४३     विकासन्युज

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले...

  २०७९ असोज २५ गते ९:३६     विकासन्युज

मुगु । मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक...

  २०७९ असोज २५ गते ९:२१     विकासन्युज

चौतारा । सिन्धुपाल्चोकमा उत्पादित अर्ग्यानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती सुरु गरेका छन् । जिल्लामा उत्पादित कफीको गुणस्तर भएपछि जापान, कोरिया र जर्मनीमा व्यापारीले निर्यात गर्न थालेका छन् । आउँदो सिजनमा उत्पादन हुने...

  २०७९ असोज २५ गते ९:१२     विकासन्युज

काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले...

  २०७९ असोज २४ गते १८:३९     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते...

  २०७९ असोज २४ गते १७:४८     सिबी अधिकारी

काठमाडौं । नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको...

  २०७९ असोज २४ गते १७:०३     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै देउवाविरुद्ध उजुरी परेको हो । देउवाका प्रतिस्पर्धी कर्ण मल्लले जन्ममिति...

  २०७९ असोज २४ गते १६:४०     विकासन्युज

क्वालालमपुर । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी...

  २०७९ असोज २४ गते १६:१३     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको बताएका छन् । आजदेखि यहाँ सुरु भएको ग्रीन हाइड्रोजन समिटलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । शर्माले जलवायु परिवर्तनका कारण विश्वव्यापीरुपमा उत्पन्न...

  २०७९ असोज २४ गते १५:३६     विकासन्युज

काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने बताएका छन् । सोमबार काठमाडौंमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।...

  २०७९ असोज २४ गते १५:१४     विकासन्युज

बर्दिया । लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा पारेको र डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको...

  २०७९ असोज २४ गते १५:०५     विकासन्युज

काठमाडौं । स्मार्टफोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा छुट दिने भएकाे छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ...

  २०७९ असोज २४ गते १४:५९     विकासन्युज

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ...

  २०७९ असोज २४ गते १४:५२     विकासन्युज

चितवन । जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय...

  २०७९ असोज २४ गते १४:३४     विकासन्युज

लखनउ । भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ ।गुरुग्राम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या...

  २०७९ असोज २४ गते १४:३४     विकासन्युज

काठमाडौं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य...

  २०७९ असोज २४ गते १४:१२     विकासन्युज

राँझा । दशैंमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दशैं र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात सय खसी बिक्री गर्ने...

  २०७९ असोज २४ गते १३:४१     विकासन्युज

मुगु । अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन...

  २०७९ असोज २४ गते १३:२३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सेवाग्राहीलाई गत आर्थिक वर्षको असार मसान्तसम्मको कागजपत्र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा लिन आउन अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उपत्यका ट्राफिक प्रहरीले २०७८-७९ सम्म खिचिएका सवारी चालक...

  २०७९ असोज २४ गते १३:२०     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताएकी छिन् । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि...