किंग्स् कलेजले ‘हाम्रो उत्सव’को आयोजना गर्ने, फाल्गुन १७ गतेदेखि शुरु
काठमाडौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा रमनोरञ्जन विषय बस्तुअन्तर्गत यहि फाल्गुन १७ देखि १८ गतेसम्म काठमाडौं कमलादीस्थित एकेडेमी हलमा ‘हाम्रो उत्सव’को आयोजना गर्न लागेको छ । गत वर्षको किंग्स् उत्सवको अपार सफलतापछि कलेजले यस कार्यक्रमलाई आफ्नो वार्षिक फ्ल्यागसिप कार्यक्रममको रुपमा स्थापना गर्ने उदेश्यका साथ हाम्रो उत्सवको नाममा आयोजना गर्न लागेको हो । किंग्स् कलेजको प्रमख दृष्टिकोण तीनवटा ईः यजुकेशन(शिक्षा), आन्टरप्रेनरशिप (उद्यमशिलता) र इन्टरटेनमेण्ट (मनोरञ्जन) माथि प्रमुखजोड दिइएको यस उत्सव स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुकालागि नेपालको सबैभन्दा बृहत कार्यक्रम हुने अपेक्षा लिइएको छ । साथै, यस सातदिने वार्षिक कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुको ज्ञान, शिप, अनभव र प्रतिभाको प्रस्फुटन गराउन अत्यावशेक मञ्च प्रदान गर्नेछ । विभिन्न क्रियाकलाप तथा प्रतिस्पर्धाहरुको सँगालो यस उत्सवले विद्यार्थीहरुलाई उनीहरुको उद्यमशिलता क्षमताको प्रदर्शन गर्न, लुकेर बसेको श्रृजनशिलताको उद्घाटन गर्न र मनोरञ्जन र उत्साहको क्षण प्रदान गर्न सहयोग गर्नेछ । “गतवर्ष किंग्स् उत्वसको नाममाअन्तर विजनेश स्कुलप्रति स्पर्धाको रुपमा सुरु भएको यस कार्यक्रम हाम्रो उत्सवको रुपमा परिबर्तीत र बिस्तारित भइ नेपाल भरीको विद्यार्थीहरुकामाझ एक बृहत प्रतिस्पर्धाको रुपमा स्थापित हुन लागेको छ,”कलेजका कार्यकारी निर्देशकएवं प्रिन्सिपल नरोत्तम अर्यालले भने, “हामीले आफ्नो स्वरुप र क्षमताको प्रबद्र्धनद्धारा धेरै भन्दा धेरै विद्यार्थी एवं सरोकारवालाहरु सम्म पहुँच राखि हरेक पटक आफुलाई सुधार गर्दै विद्यार्थीहरुको विविधताको सम्मानमा पृकथ रुपमा प्रस्तुत हुने उदेश्य राखेका छौँ ।” “हाम्रो उत्सव जस्तो कार्यक्रमले प्रतिभाशाली विद्यार्थीलाई एकै थलोमा जमघट गराइ उनीहरुको ज्ञान र बझाइ बृद्धि गर्न र विभिन्न स्वरुपको प्रतिस्पर्धाहरुद्धारा उनीहरुमा अनेक किसिमका शैक्षिक तथा उद्यमशिलता सम्बन्धि समस्याहरुको समाधान गर्नमा नेतृत्वदायी भूमिकाको प्रबद्र्धन गर्न उपयुक्त माध्यम प्रदान गर्ने हामीले विश्वास लिएका छौँ । हामीले जोडदिने गरेको कक्षा कोठा बाहिरको शिकाइ बास्तवमा यहि नै हो ।” किंग्स् कलेजका विद्यार्थीहरुको क्लबले ब्यवस्थापन गर्ने यस उत्सवले नेपालभरीका १७ वटा कलेजहरुका विभिन्न संकायहरुको जस्तै विज्ञान, कला, मानविकी, ब्यवस्थापन, फेसन लगायत ५०० भन्दा बढी विद्यार्थीहरुलाई एकै थलोमा ल्याउने अपेक्षा लिइएको छ ।
बैंक, बीमा, पुँजीबजारलाई सहयोग गर्न फाइनान्सियल रिसर्च एण्ड ट्रेनिङ सेन्टर खोल्ने तयारी
काठमाडौं । नेपालको बैकिङ, बीमा, सेयर बजार, सहकारी क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले वृहत सहभागितामा फाइनान्सियल रिसर्च एण्ड ट्रेनिङ सेन्टर खोल्ने तयारी गरिएको छ । तालिम, सेमिनार, वर्कशप गर्ने, अनुसन्धान तथा परामर्श सेवाको काम गर्ने, बैंक, बीमा, पुँजीबजारको एकिकृत डाटा राख्ने काम गर्ने, व्यवस्थापन विषयमा डिप्लोमा र डिग्रीका कोर्ष सञ्चालन गर्ने उद्देश्यले राखिएको हो । १५ करोड चुक्ता पुँजीमा शुरु गर्ने यो संस्थामा नेपाल राष्ट्र बैंकको १० प्रतिशत, बीमा समितिको १० प्रतिशत, नेपाल धितोपत्र बोर्डको १० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, नागरिक लगानी कोषको १० प्रतिशत गरी सरकारी निकायको सेयर लगानी ५० प्रतिशत रहने प्रस्ताव गरिएको छ । त्यस्तै, नेपाल बैंकर्स संघ मार्फत वाणिज्य बैंकहरुको १० प्रतिशत र सर्बसाधारणको १० प्रतिशत, इमर्जिङ नेपालको १० प्रतिशत, सर्बसाधारणको १० प्रतिशत सेयर राख्ने प्रस्ताव गरिएको छ । त्यस कम्पनीमा नेपाल स्टक एक्स्चेञ्जको ३ प्रतिशत, पुर्नबीमा कम्पनीको ३ प्रतिशत, विकास बैंकहरुको तर्फबाट ३ प्रतिशत, वित्त कम्पनीहरुको तर्फबाट ३ प्रतिशत र लघुवित्त कम्पनीहरुको तर्फबाट ३ प्रतिशत सेयर लगानीको प्रस्ताव गरिएको छ । अन्य क्षेत्रबाट ५ प्रतिशत सेयर लगानी ल्याउने प्रस्ताव गरिएको छ । यस्तो संस्था निर्माण गर्न इमर्जिङ नेपालले प्रस्ताव गरेको हो । इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत डा विनोद अत्रेयका अनुसार फाइनान्सियल रिसर्च एण्ड ट्रेनिङ सेन्टर कम्पनी ऐन अन्तर्गत नै दर्ता हुने र पब्लिक लिमिटेड कम्पनीको रुपमा अगाडि बढाउने प्रस्ताव गरिएको छ । यस संस्थाले संस्थागत तथा व्यक्तिगत सदस्य शुल्क, संस्थाहरुसँग तालिम शुल्क, गरकारी गैरसरकारी संस्थासँग अनुदान लिएर आम्दानी गर्ने प्रस्ताव गरिएको छ । ‘संस्थाको आवश्यकता, उद्देश्य, यसका काम, आम्दानीका स्रोत तथा खर्च व्यवस्थापन लगायत धेरै विषय समेटर तयार गरेको प्रस्ताव पत्र सम्बन्धीत सबै निकायमा अध्ययनको लागि पठाइएको छ’ डा आत्रेयले भने-‘यस विषयमा वृहत छलफलको लागि आधा दिनको अन्तरक्रिया कार्यक्रम गर्ने तयारी भईरहेको छ ।’ काठमाडौंदेखि २५/३० किलोमिटर वरिपरिको क्षेत्रमा ५०/६० रोपनी जग्गा लिएर आवासीय तालिम तथा सेमिनार सेन्टर बनाउने सोच रहेको उनले बताए । ठूलो पूर्वाधार निर्माण गरिने र धेरै स्टेकहोल्डरको सहभागिता खोजिएकोले यो योजना अगाडि बढ्न लामो समय लाग्ने देखिएको छ ।
“शिक्षाका लागि टेस्ट ड्राइभ” अभियानमा १० हजार जना सहभागी, २४ विद्यालयलार्इ ५० लाख सहयोग
काठमाडौं । भारतको प्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालमा यस कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा “शिक्षाका लागि टेस्ट ड्राइभ” नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत सिप्रदी ट्रेडिङ्गले टेस्ट ड्राइभ गर्न व्यक्तिहरुबाट संकलन गरिएको ५० लाख ३६ हजार रुपैयाँ विभिन्न २४ वटा स्कूललाई वितरण गरेको छ । सो रकम सम्बन्धीत विद्यालयले विपन्न विद्यार्थीहरुका लागि छात्रावृत्तिमा खर्च गरिने भएको छ । सिप्रदीका अनुसार यस अभियानमा १० हजार ७२ जना सहभागि भएका थिए । टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुमा टेस्ट ड्राइभ गरेबाफत प्रतिव्यक्ति ५०० रुपैयाँ संकलन गरिएको थियो । कम्पनीको सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुलाई देशका विभिन्न विद्यालयहरुमा टेस्ट ड्राइभको लागि राखेको थियो । ‘‘शिक्षाका लागि टेस्ट ड्राइभ” अभियान कार्यक्रम समापन गर्दै कम्पनीले स्कूलहरुलाई रकम हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम विद्यालयहरुले आवश्यक परेका बालबालिकाहरुको शिक्षाका लागि प्रयोग गर्नेछन् । उक्त समापन कार्यक्रममा माननीय शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरुलाई चेक र मायाकाे चिनाे हस्तान्तरण गरेका थिए । विद्यालयहरुले उक्त रकमलाई छात्रवृत्ति कोष खडा गरि विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागि प्रयोग गर्ने योजना समेत बनाइसकेको कुरा जानकारी गराएका छन् । कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा शिक्षाको महत्व एवं प्रचारका लागि यो अभियानले विशेष भूमिका खेल्ने कुरा बताए ।साथै उनले नेपालमा यस्तो विशेष अभियान संचालन गरेकोमा टाटा मोटर्स, स्कूल, विद्यार्थी, अभिभावकहरुको महत्वपूर्ण भूमिका रहेको बताए । यसैक्रममा टाटा मोटर्स्, पि.भि.आई.बि. नेपालका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नेपालमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने अवस्था रहेको जनाउँद यस्तो अवस्थामा उनीहरुले एक जिम्मेवार कर्पोरेट हाउसको रुपमा विद्यालयहरुलाई छात्रवृत्ति कोष बढाई विपन्न तथा जेहेन्दार बालबालिकाहरुको शिक्षाका लागि विशेष पहल गर्नका निमित्त उक्त टेस्ट ड्राइभ अभियान संचालन गरेको बताए । सेप्टेम्बर १०, २०१६ बाट धापाखेल र सानेपा स्थित जेम्स स्कुलबाट शुरु भएको टेस्ट ड्राइभ अभियान नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रको ११ वटा शहरहरु अन्तर्गत २४ वटा विद्यालयहरुमा गरिएको थियो । ५ महिना अवधिसम्म चलेको उक्त अभियानमा सहभागी भएर टेस्ट ड्राइभ गर्ने अभिभावकहरुले टाटा र सिप्रदीको सामाजिक उत्तरदायित्वको यस विशेष पहलबारे खुलेर प्रशंसा गरेको कम्पनीले जनाएको छ ।