विकासन्युज

अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि

काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । ‘बुधबारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ’, गृहसचिव विनोदप्रकाश सिंहले भने, ‘सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिनेछ ।’ वितरणको काम चरणबद्धरुपमा गरिने उनले जानकारी दिए । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् । यसअघि २०७३ सालमा उनीहरुलाई दुई लाख राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो । तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठह¥याइएका चार हजार आठ लडाकु बाहिरिएका थिए । एक हजार चार सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए । रासस

प्रोग्रेशिभ फाईनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । प्रोग्रेशिभ फाईनान्सको शाखा कार्यालय पोखराले कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । फाइनान्सले पोखरामा रहेको उक्त  कलेजका कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । नेपाल राष्ट्र बैंकका निर्देशक तथा गण्डकी प्रदेश प्रमुख आर्या जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमको अध्यक्षता फाईनान्सको पोखरा शाखा प्रबन्धक टंक प्रसाद ढकालले गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशीले फाइनान्सियल लिटशी एण्ड ग्लोबल मनी विक २०२३ तथा यसको उद्देश्यका बारेमा र शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाईनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी दिएका थिए । कार्यक्रममा ५५ जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  

होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न

काठमाडौं । होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ सम्पन्न भएको छ । आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउन हाेन्डनाले प्रतियाेगिता गर्दै आएकाे छ । यसकाे लागि स्याकार ट्रेडिङ्ग कम्पनी सर्भिस डिभिजनको अगुवाईमा ५ वटा क्षेत्रिय प्रतियोगिता भएकाे थियाे । जसमा प्रत्येक क्षेत्रबाट २/२ जना छनाेट भएका थिए । प्रतियोगितामा प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटिसी पोखराका झलेन्द्र ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स विराटनगरका विनोद शर्माले प्राप्त गरेका थिए ।  

अब धुलिखेल अस्पतालमा मोबाइल एपबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने

काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप संचालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्नेछन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने अस्पतालले जनाएकाे छ । यसका साथै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदान गर्ने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ ।  

निगमको जहाजले तोकेभन्दा बढी समान बोकेपछि चाकलदलका सदस्य कारवाहीमा

काठमाडौं । नेपाल एयरलान्सको जहाजले तोकेभन्दा बढी समान बोकेपछि चाकलदलका सदस्यहरु कारवाहीमा परेका छन् । सोमबार ताप्लेजुङ बाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजले तोकेकोभन्दा बढी सामान बोकेको पाइएपछि चालकदलका सदस्य, ग्राउण्ड स्टाफ र फ्लाइट डिस्प्याचरलाइ कारबाही गरिएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार सो उडानमा सब्लंङन सबैलाइ कारवाही हुनेछ । टिननेटर विमानमा तोकिएकोभन्दा १०५ केजी बढी सामान रहेको बुझिएको छ । पछिल्लो समय क्यान विमान कम्पनीहरुको कामलाई सुक्ष्म ढंगले निनगरानी गरिरहेको छ । गलत गर्नेलाई तत्काल कारवाही गरिरहेको छ ।

अब अनलाइनबाटै बीमा एजेन्ट र सर्भेयरको लाइसेन्स नवीकरण हुने, डुब्लीकेशन भए के गर्ने ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्न शुरु गरेको छ । प्राधिकरणले गत चैत ५ गतेदेखि नै उक्त प्रणाली मार्फत अभिकर्ताको व्यवस्थापन शुरु गरेको हो । प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको सामान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनको लागि सो कार्य शुरु गरेको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अभिकर्ता तथा बीमा सर्भेयरको अनुगमनमा सहज हुने भन्दै एक कार्यक्रमबीच सो प्रणालीको उद्घाटन गरेका हुन् । नयाँ प्रणालीमामार्फत अभिकर्ताले कसरी गर्ने लाइसेन्स नवीकरण ? यो व्यवस्था लागू भएसँगै बीमा अभिकर्ताले लाइसेन्स नवीकरण गर्न कम्पनी धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । बीमा प्राधिकरणले अनलाइन प्रणाली लागू गरेसँगै उनीहरुले अब घरबाटै आफ्नो लाइसेन्स नवीकरण गर्न सक्ने छन् । त्यसको लागि बीमा अभिकर्ताहरु बीमा प्राधिकरणको वेवसाइटमा जानुपर्ने हुन्छ । उक्त वेवसाइटमा गई अभिकर्ताले इ-सर्भिसेस् तथा अनलाइन पेमेन्ट सर्भेयर तथा एजेन्ट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसमा गइसकेपछि अभिकर्ताले आफ्नो लाइसेन्स अर्थात इजाजतपत्र ईजाजतपत्र डुब्लीकेशन (एक भन्दा बढी कम्पनीमा आवद्ध) भए वा नभएको पहिचान गर्नुपर्छ । यदि बीमा अभिकर्ता एउटा मात्र कम्पनीमा आवद्ध भएको पाइएमा उसले नवीकरणका लागि विभिन्न दुई विवरण टिप्नु पर्छ । एउटा आफ्नो लाइसेन्स नम्बर, अर्को उक्त लाइसेन्स नम्बर जारी भएको मिति । जुन मिति नेपाली नभई अंग्रेजी डेट नै हुनुपर्ने व्यवस्था छ । अभिकर्ता एकभन्दा बढी बीमकसँग आवद्ध भएमा के गर्ने ? यदि बीमा अभिकर्ता एकभन्दा बढी बीमक (कम्पनी) सँग आवद्ध भएमा अभिकर्ताले थप प्रकृया पुरा गर्नुपर्ने हुन्छ । सिस्टमले देखाए बमोजिमको कम्पनीहरुमध्ये आफूले एउटा मात्रै कम्पनी छान्नु पर्छ । त्यससँगै आफूले छानेको कम्पनी सहि छ वा छैन एकीन गर्नुपर्ने हुन्छ । कम्पनी एकीन गरिसकेपछि सिस्टममा भएको मोबाईल नम्बरमा गएको ओटीपी (वान् टाइम पासवर्ड) सिस्टममा राख्नुपर्ने छ । तर उक्त ओटीपी कोड एक दिनमा बढीमा दुई पटक मात्रै जेनरेट गर्न सकिने सिस्टम छ । जसको समयसीमा पनि १० मिनेटको मात्रै रहने छ । त्यस्तै, ओटीपी राखिसकेपछि बीमा ऐन, २०७९ को दफा ९१(७) बमोजिम समान किसिमको एक बीमक एक अभिकर्ता छनौट भएको मानिने छ । सो अनुसार छनौट भइसकेपछि अभिकर्ताले आफ्नो लाइसेन्स नम्बर र उक्त नम्बर जारी गरिएको मिति (अंग्रेजी मिति) टिप्नुपर्ने हुन्छ । यसपछि मात्रै अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरण गर्न पाउने छन् । उनीहरुले नेपाल क्लियरिङ हाउस, कनेक्ट आईपीएस, इसेवा, प्रभु टिभी, सेल पे, खल्ती, आइएमई पे लगायतका गेटवेहरुबाट लाइसेन्स नवीकरण गर्न सक्ने छन् । बीमा सर्भेयर तथा बीमा अभिकर्ताहरुले विभिन्न भुक्तानी सेवा प्रदायक संस्था मार्फत जुनसुकै समयमा नवीकरण शुल्क तिर्न सक्ने छन् । उक्त सेवा उनीहरुले वेब र मोबाइल एप दुबै माध्यमबाट पाउन सक्ने छन् । साथै, माथिका मध्ये कुनै एक गेटवेबाट भुक्तानी गरेपछिको भौचर सुरक्षित राख्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अभिकर्ताको लाइसेन्स नवीकरणको लागि प्राप्त भएको निवेदन कम्पनीको आईआरएमआईएस सिस्टममा जाने छ । उक्त सिस्टमबाट प्राधिकरणमा सिफारिस भई आएपछि मात्रै प्राधिकरणले एप्रुभ गर्छ । प्राधिकरणले एप्रुभ गरेपछि मात्रै लाइसेन्स नवीकरण भएको मानिने समेत जनाइएको छ । सर्भेयरले कसरी नवीकरण गर्ने ? बीमा सर्भेयरको लाइसेन्स नवीकरणको प्रकृया पनि अभिकर्ताको जस्तै लगभग उस्तै छ । अभिकर्ताले प्राधिकरणको वेवसाइटमा भएको एजेन्ट म्यानुअलमा जानुपर्थ्यो भने सर्भेयरले सर्भेयर म्यानुअल भन्ने अप्सनमा जानु पर्ने हुन्छ । त्यस्तै, अभिकर्ताको लाइसेन्स नम्बर भनेकोमा सर्भेयरले स.ई.प. ३४२/०६३/०६४ टिप्नु पर्ने प्राधिकरणले जनाएको छ । त्यसैगरी, बीमा सर्भेयरहरुले २०७९ सालमा शुरु गरेका र सम्पन्न गरेका कामको विवरण पनि राख्नु पर्ने बताइएको छ । नवीकरणमा समस्या देखिए तत्काल समाधान गर्न निर्देशन प्राधिकरणका अध्यक्ष सिलवालले अनलाइन प्रणालीका माध्यमबाट बीमा अभिकर्ताको व्यवस्थापन भएपछि बीमा अभिकर्ताको परिचय, रहने स्थान र आवद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने हुँदा बीमा अभिकर्ताको अनुगमन गर्न सहज हुने बताएका छन् । साथै, उनले बीमा व्यवसायमा वृद्धि भएसँगै बीमा अभिकर्ताको संख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारी बोधका साथ बीमा अधिकर्ताले काम गर्नुपर्ने बताएका छन् । त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनलाइन प्रणालीमार्फत बीमा अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण कार्यमा कुनै समस्या आउन नदिन र आइहालेमा तत्काल समाधान गर्न निर्देशन दिएका छन् । समस्या आए के गर्ने ? लाइसेन्स नवीकरण गर्दा सम्बन्धित सेवा प्रदायकको भुक्तानी तथा डाटा इन्ट्रीमा समस्या आएमा अभिकर्ता तथा सर्भेयरले आफू आवद्ध भएको बीमा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, अन्य प्राविधिक समस्या आएमा बीमा प्राधिकरणको इजाजत शाखा तथा सूचना प्रविधि शाखाको नम्बर (०१-५४२८६१८, ५४२१०७९ मा कल गरी एक्स्टेन्सन नम्बर २२०, २०९, ११७) मा सम्पर्क गरी जानकारी लिन सक्ने छन् । त्यस्तै, उनीहरुले इमेल [email protected] मार्फत पनि आफ्नो समस्या राख्न सक्ने प्राधिकरणले जानकारी गराएको छ ।

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा दिने

काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पको तर्फबाट सह(महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका छन् । यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ । समझौताको अनुसार, योजना सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ। इभीको लागि कर्ज बेस रेट प्लस ३.५० प्रतिशतदेखि ५ प्रतिशत हुनेर कर्जा अवधि ७ वर्षको हुने बैंकले जनाएको छ । नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछ बताइएको  छ । बैंकको अनुसार यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक विक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट नेपालभरी लागु हुनेछ ।

नागरिक लगानी कोषको बैंकमा राखेको १ अर्ब रुपैयाँ डुब्यो 

काठमाडौं । नागरिक लगानी कोषले विभिन्न बैंकमा गरेको झण्डै १ अर्ब रुपैयाँ बराबरको लगानी डुबेको छ । लगानी कोषका अनुसार विभिन्न बैंकको मुद्दती निक्षेपमा गरेको लगानी डुबेको हो ।  कोषको तथ्याङ्क अनुसार समस्याग्रस्त मुद्दती खातामा ७५ करोड ७१ लाख ८३ हजार ५७४.३० रुपैयाँ फसेको छ । गत वर्ष समस्याग्रस्त खातामा ६३ करोड ५ लाख रुपैयाँ लगानी रहेको थियो । कोषले लगानी गरेका फाइनान्स कम्पनीहरू विभिन्न कारणले डुबेपछि उक्त रकम फसेको कोषकी कामु निर्देशक सोभा श्रेष्ठले बताइन् । उक्त साँवा रकमको ब्याज बढ्दै गएपछि समस्याग्रस्त रकम पनि बढेको कोषले जनाएको छ । लगानी कोषले हालसम्म २ खर्बभन्दा बढी रकम लगानी गरेको छ । तर, विभिन्न फाइनान्सको मुद्दती निक्षेपमा लगानी गरेको रकम डुबेपछि असुल हुने सम्भावना न्यून रहेको हो ।  कामु निर्देशक श्रेष्ठका अनुसार कोषले हिमालयन फाइनान्स, कृष्टल फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स र नेपाल सेयर मार्केट फाइनान्समा उक्त रकम लगानी गरेको थियो । तर, ती कम्पनीहरू नै विभिन्न कारणले सञ्चालनमा आउन नसकेपछि कोषको रकम पनि फसेको उनले बताइन् । उक्त रकम फिर्ता आउने सम्भावना न्यून रहेको उनको भनाइ छ ।  तीन वटा संस्थाको लगानी फिर्ता आउने झिनो आशा भएपनि हिमालयन फाइनान्सको मुद्दती निक्षेपमा गरेको लगानी भने डुबेको कामु निर्देशक श्रेष्ठले बताइन् ।  ‘हिमालयन फाइनान्सको रकम डुबिसक्यो, अन्य फाइनान्समा फिर्ता आउने झिनो आशा छ, क्यापिटल मर्चेन्टको लाइबिलिटीज भन्दा एसेट बढी छ, सेयर मार्केट पनि कमजोर संस्था होइन, राष्ट्र बैंकसँगको मुद्दामामिलाले गर्दा समस्यामा परेको हो, हिमालयन फाइनान्स लिक्वीडिसनमा गयो, कृष्टल फाइनान्सको एउटा भवन छ, त्यो भवन बिक्री भएपछि पैसा आउने आशा छ,’ उनले भनिन् ।