महालक्ष्मी विकासका ग्राहकलाई मनकामना केबुलकार सेवामा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले मनकामना दर्शनसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १०५ को आकर्षक छुट प्राप्त गर्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर, दुई हप्तामा २६ बिघा फिर्ता
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायतको क्षेत्रमा व्यापक सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचनासँगै खेतबारीको रुपमा उपभोग गर्दै आएका छन् । यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले वर्षाैंदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खोज्ने अभियानलाइ तीव्रता दिएको छ । महानगरको बिभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीको रुपमा उपभोग गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्न अभियान चलाएको हो । अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली परिचालन गरेको छ । ‘महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रुपमा प्रयोग गर्दै आएका छन्’, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भने, ‘पहिलो चरणमा प्राविधिक टोलीले वडा नम्बर १७ र १९ मा जग्गा खोज्ने र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउने काम गरिरहेको छ ।’ ‘विगत दुई सातादेखि सुरु गरेको सार्वजनिक जग्गा खोज्ने अतिक्रमणका क्रममा अहिलेसम्म करिब २६ बिघाभन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा महानगर आफ्नो अधिकनमा ल्याउन सफल भइसकेको छ’, उनले भने, ‘हामीले छोटो समयमै थुप्रै अतिक्रमित जग्गा फिर्ता गराएर सफलता प्राप्त गरेका छौँ ।’ सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुग्न थालेपछि स्थानीयले पनि राम्रो साथ दिइरहेको जनाएको छ । महानगरको टोलीले वडा नम्बर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर खेतबारी गर्दै आएको पाँच बिघा जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सिंहको सचिवालयका हरि पोखरेलले जानकारी दिए । यस्तै वडा नम्बर १९ मा स्थानीयले अतिक्रमण गरी निजी प्रायोजनमा प्रयोग गर्दै आएको करिब सात बिघाभन्दा बढी सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको पोखरेलले बताए । उनका अनुसार सोही वडामा एकै दिन वीरगञ्ज महानगरपालिकाको टोलीले १६ बिघा अतिक्रमित सार्वजनिक जग्गा खोजी गरी महानगरको अधिकनमा नक्साङ्कन गरिएको छ । अतिक्रमित जग्गा खोज्ने अभियानका क्रममा केही दिनअघि वीरगञ्ज महानगरपालिकाको आर्दशनगरस्थित चिल्ड्रेन पार्कको जग्गा स्थानीयले अतिक्रमण गरेको पाइएको थियो । पार्कको जग्गा अतिक्रमण गरी स्थानीयले निर्माण गरेको संरचना हटाउन महानगरले सूचना दिइसकेको र खाली नगरे डोजर चलाइने पोखरेलको भनाइ छ । अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिकको समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरी संरक्षण गरिने कार्यसमेत भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि वास्तविक तथ्याङ्क नरहँदा खोजीमा कठिनाइ भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिरहेको उनको भनाइ छ । अतिक्रमित जग्गा खोजी अभियानलाई ३२ वटै वडामा सञ्चालन गरिने महानगरले जनाएको छ । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकताअनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । वर्षाैंदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै महानगरले अतिक्रमणमा परेको जग्गा फिर्ता गराउने अभियान सञ्चालन गरेर सकारात्मक सन्देश दिएको जनाइएको छ । रासस
तनहुँ जलविद्युत आयोजना समयमा सम्पन्न गर्न निर्देशन
तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेको हो । टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्रस), दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो । निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडिबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने बताए । ‘मुख्य रुपमा प्याकेज–१ को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नु पर्ने आवश्यकता देखिन्छ’, उनले भने । प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लि।का अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए । ‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ, यसका लागि दक्ष जनशक्ति र उपकणहरु थप गरी कामलाई तिब्रताकासाथ अगाडि बढाउनु पर्छ, आयोजनकातर्फबाट गर्नु पर्ने सहयोग र सहजीकरणमा हामी सँधै तयार छौं ।’ तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरु भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२को वारपार गरी (क थ्रू) कंक्रिट लाइनिङको काम भइरहेको छ । प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरु गरिरहेको छ । विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ्क निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ । प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै, ३२ वटा टावर जडान कार्य, ०।९८८३ कि।मि। तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन् । आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
विदेश जानेलाई सामाजिक सुरक्षा कोषले ऋण दिन्छ : अध्यक्ष अर्याल
काठमाडौं । सामाजिक सुरक्षा कोषका अध्यक्ष एकनारायण अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई पैसा (ऋण)को प्रबन्ध मिलाउने काम गर्ने बताएका छन् । बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्न सुरु गरेको कार्यक्रममा बोल्दै उनले विदेश जाने श्रमीकहरुलाई आवश्यक पैसाको प्रबन्ध कोषले मिलाउने बताएका हुन् । ‘अहिले विदेशमा रहेका नेपालीहरुलाई सूचीकरणको व्यवस्था गरेको छ, आगामी दिनमा कोषले विदेश जानका लागि पैसाको अभाव भयो भने ऋण दिने व्यवस्था पनि गर्नेछ,’ उनले भने, ‘हाल कोषले आवद्ध भएका ब्यक्तिलाई घर कर्जा, शैक्षिक कर्जा, सामाजिक कर्जा प्रदान गरिरहेको छ, कोषलाई आगामी दिनमा थप मजबुत बनाउन अन्य थप योजना ल्याइनेछ ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव समेत रहेका अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई राज्यले गर्नुपर्ने दायित्व सामाजिक सुरक्षा कोषले गर्दै आएको बताए । उनले अब हरेक रोजगारदाता वा श्रमीकहरुको सारथी सामाजिक सुरक्षा कोष बन्ने उनको भनाइ छ । सामाजिक सुरक्षा कोषले बैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने सिस्टम बसाल्ने उनले बताए । ‘खर्बाै रुपैयाँ रेमिट्यान्स आइरहेको छ, धेरै रकम हुण्डिमार्फत् आइरहेको छ, अब विदेशमा रहेका नेपालीहरु कोषमा आवद्ध भएपछि वैधानिक च्यानलबाट आउने रेमिट्यान्स वृद्धि हुन्छ, बैधानिक माध्यमबाट रेमिट्यान्स पठाउने योगदानकर्तालाई छुटको व्यवस्था पनि मिलाइनेछ,’ उनले भने ।
थप अन्य देशसँग श्रम स्वीकृतिका लागि पहल गर्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप अन्य देशसँग श्रम स्वीकृतिका लागि पहल गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषले बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने सुरु गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्ने बताउँदै उनले हाल श्रम स्वीकृत पाएका देशमा समय सापेक्ष सेवा सुविधाका लागि पहल गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीको स्वास्थ्यलाई ध्यानमा राखि केही दिनभित्र टेलिमेडिसिन सेवा सुरु गर्ने जानकारी दिए । यस्तै, उनले कोषमा आवद्ध हुने श्रमिकलाई जीबनको उत्तरार्धमा पेन्सब पाउनेले ठूलो मद्दत पुग्ने बताएका छन् । कोषको रकमलाई भौतिक पुर्वाधार, राज्यका योजनामा लगानी गर्नुपर्ने उनको भनाइ छ ।
सासु कोषमा आवद्ध भएपछि गैर आवासीय नेपालीलाई सहज हुनेछ : चन्द्र ढकाल
काठमाडौं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि गैर आवासीय नेपालीलाई सहज हुने बताएका छन् । सामाजिक सुरक्षा कोषले बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने सुरु गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशमा काम गर्दा कुनै सुरक्षाको व्यवस्था नहुँदा वैदेशिक रोजगारीमा रहेका व्यक्ति र परिवारले भोग्नु परेको पिडालाई सामाजिक सुरक्षा कोषले मलम लगाउने उनले बताए । पछिल्लो तथ्यांक अनुसार प्रति महिना १ खर्ब रेमिट्यान्स भित्रिएको छ, रेमिट्यान्स पठाएपछि रमाउने तर उनीहरुको पिडालाई बिर्सिने गरेका छन, सामाजिक सुरक्षा कोसले अब वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारलाई पनि राहत र पेन्सन दिने भएपछि सहज हुनेछ,’ उनले भने ।
दैलेखमा ट्रक दुर्घटनामा चालकसहित ३ जनाको मृत्यु
दैलेख । नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपकसिंह बिष्टले जानकारी दिए । घटनास्थल पुगेको अस्थायी प्रहरी चौकी रानिमक्ताका प्रहरी सहायक इन्चार्ज मोहन पुजराको टोलीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बाँकेका २९ वर्षीय चालक कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङका दुईजना अन्दाजी १८ वर्षीय विष्णु चौधरी र २७ वर्षीय लछिराम चौधरी छन् । तालपोखरी झर्ने बाटोमा ‘ब्रेक फेल’ भइ माथिल्लो सडकबाट करिब एक सय ५० मिटर तलको सडकमा खसेको स्थानीयले बताएका छन् । ओरालो सकिएर मोडमै आइपुग्दा चालकले बे्रक लागेन भनेपछि सहचालक सल्यान कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाईले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । दुर्घटनाको कारण, घटनास्थलको अवस्था, अनुसन्धान र मृतकहरुको शव उठाउन जिल्ला सदरमुकामबाट प्रहरी निरीक्षक दीपकसिंह बिष्टको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । रासस
२० लाख श्रमिक काेषमा आवद्ध हुँदा १ खर्ब रुपैयाँ नेपाल भित्रिन्छ : कुल आचार्य
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारीमा रहेका २० लाख श्रमिक सामाजिक सुरक्षा कोसमा आवद्ध हुँदा १ खर्ब रुपैयाँ नेपाल भित्रिने बताएका छन् । सामाजिक सुरक्षा कोषले बुधबार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने सुरु गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । श्रमिकको समस्या तत्काल सम्बोधन गर्न नसके पनि कोषमा आवद्ध भएपछि केही मलम लागेको उनले बताए । ‘केही समस्या पर्दा राज्यले हेर्छ भन्ने आजदेखी प्रमाणित भएको छ,’ उनले भने । सामाजिक सुरक्षा कोषमा वैदेशिका रोजगारमा रहेको श्रमिक आवद्ध भएपछि राज्यको ठूलो भार कम भएको उनी बताउँछन् । यस्तै, एनआरएनकी अध्यक्ष रविना थापाले आफ्नो जिवन विदेशमा बिताएर खाली हात नेपाल फर्किनुपर्ने अवस्थाको आजदेखी अन्त्य भएको बताएकी छिन् ।